झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

अनिल वाग्ले झापा, २० कात्तिक । अपराध रोकथाम, सामाजिक विकृति विसंगति विरुद्ध जनचेतना फैलाउने, सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्ने एवम् समग्रमा सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न नेपाल प्रहरी र स्थानीय तहको बीचमासम्बद्ध सरोकारवालाई समेटी संस्थागत साझेदारी निर्माण गर्ने उद्देश्यले देशभरका स्थानीय निकायमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सुरु भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम देशभर यही कात्तिक २९ गतेसम्म भइसक्ने झापाका प्रहरी प्रवक्ता प्रहरी नायव निरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताएका छन् । प्रहरी प्रवक्ता श्रेष्ठका अनुसार झापाका १५ वटै स्थानिय तहमा पनि कार्यक्रम लागू हुनेछ । ‘धेरै स्थानीय तहमा समिति गठन भईसकेको छ ।’ प्रवक्ता श्रेष्ठले भने, ‘बाँकी स्थानीय तहमा पनि २९ गते अगाडि…

Read More

राँझा, १९ कात्तिक । भारतको दिल्लीमा अलपत्र परेका ४० जना नेपाली महिलालाई उद्धार गरी स्वदेश ल्याइएको छ । खाडी मुलुकमा रोजगारीका लागि जानेक्रममा दिल्लीमा अलपत्र परेका ३७ जना र दिल्लीस्थित कोठीमा बेचिएका तीन नेपाली महिलालाई उद्धार गरि स्वदेश ल्याइएको हो । गाजियावादको इन्द्रपुरममा अलपत्र परेका ३७ महिलालाई भारतीय प्रहरीको सहयोग तथा दिल्लीस्थित नेपाली राजदूतावासको समन्वयमा माइती नेपाल र माइती इण्डियाले गत कात्तिक ६ र ७ गते उद्धार गरेको थियो । उनीहरूलाई आवश्यक परामर्शपछि पारिवारिक पुनःस्थापनाका लागि आज नेपालगञ्ज ल्याइएको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो । भारतीय प्रहरीको सुरक्षामा उनीहरूलाई नेपालगञ्ज पु¥याइएको थियो । उद्धार गरिएकामा झापाका सबैभन्दा…

Read More

गुल्मी, १९ कात्तिक । गुल्मीको मदाने गाउँपालिकामा श्रीमतीको हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । श्रीमती सीताको हत्या गर्ने मदाने गाउँपालिका–६ का दुर्गाबहादुर नेपाली आइतबार पक्राउ परेका हुन् । कात्तिक १५ गते राति मान्छे नबस्ने स्थानीय राजकुमार थापाको खाली घरमा श्रीमतीलाई आफूले हानेर हत्या गरेको दुर्गाबहादुरले प्रहरीसामु बयान दिएको प्रहरीले जनाएको छ । तीजमा माइत गएकी श्रीमती लामो समयसम्म घरमा नआएको रिस र आफूले मादकपदार्थ सेवन गरेको झोंकमा श्रीमतीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख र इलाका प्रहरी कार्यालय पुर्कोट दहको प्रहरी टोलीले खोजतलास गर्दा शनिबार राति धाराचौर गहुँछरे जङ्गलमा लुकेर बसेको…

Read More

बुधबारे, १९ कात्तिक । झापाको बुद्धशान्ति–१ स्थित त्रिभुवन माध्यमिक विद्यालयले नेपालीहरुको विभिन्न चाडपर्वको उपलक्ष्यमा सोमबार शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ । चाडपर्वको अवसरमा विविध सांस्कृतिक कार्यक्रमका साथ शुभकामना आदान–प्रदान र कक्षा–११ का नवप्रवेशी विद्यार्थीलाई स्वागत गरिएको हो । कार्यक्रममा कक्षा–११ मा भर्ना भएका ५४ जना विद्यार्थीहरुलाई स्वागत गरिएको थियो । त्रिभूवन माविमा यसै शैक्षिक सत्रदेखि कक्षा–११ को पठनपाठन सञ्चालनमा आएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापक कुमार आचार्यले गरेका थिए भने कार्यक्रमको औचित्यबारे शिक्षक अभिभावक संघका अध्यक्ष नन्दकुमार तिम्सिनाले स्पष्ट पारेका थिए । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले विद्यालयको उत्तरोत्तर…

Read More

सुरुङ्गा , १९ कार्तिक । झापाको शरणामतीमा भोली कार्तिक २० गतेबाट २२ गतेसम्म प्रदेश नम्बर एक स्तरीय अन्तर नगर गाउपालिका स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । झापा गाउँपालिका भलिवल युवा परिवारद्धारा आयोजित यस प्रतियोगितामा प्रदेश नम्बर १ का विभिन्न १३ पालिकाहरुको सहभागिता रहने आयोजक समितिका संयोजक तथा नेपाल भलिवल संघका वरिष्ठ पुव उपाध्यक्ष समेत रहनुभएका गजेन्द्र ताम्लीले बताउनुभयो । प्रतियोगितामा आयोजक झापा गाउँपालिका , कनकाई नगरपालिका , भद्रपुर , मेची , कमल , बाह्रदर्शी गाउपालिका , दमक , गौरादह र विर्तामोड नगरपालिका , पाख्रीवास नगरपालिका धनकुटा , उर्लावारी नगरपालिका , सागुरीगढी गाउपालिका र सिदिङवा गाउँपालिकाको टिमको सहभागिता रहने ताम्लीले…

Read More

कृष्णराज गौतम र सञ्चिता घिमिरे काठमाडौँ, १९ कात्तिक । मुलुकमा विगतमा भएका राजनीतिक अस्थिरताका कारण गरिबी निवारण सम्बन्धी नीति बन्न सकेको छैन । सरकारले देशभरका गरीबको पहिचान गरी उनीहरुलाई आयमूलक कार्यमा संलग्न गराउने उद्देश्यले २०६९ सालमा गरिबी निवारण तथा सहकारी मन्त्रालयको स्थापना गरेको हो । उक्त मन्त्रालयले कार्य सम्पादन नियमावली, क्षेत्राधिकार निर्माण गरेको थियो । समय समयमा मन्त्रालय थपघट गरिएका कारण गरिबी निवारण महाशाखा कहिले कुन मन्त्रालय त कहिले कुन मन्त्रालयमा पुगेको, सम्बन्धित मन्त्रालय र गरिबी निवारण कोषबीच आवश्यक समन्वय नहुँदा गरीब घर परिवारलाई लक्षित कार्यक्रम सञ्चालन गर्न नसकिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपिनाथ मैनालीले जानकारी…

Read More

भद्रपुर, १९ कार्तिक । भद्रपुर १० स्थित विभूति विद्या मन्दिर माध्यमिक विद्यालयल चन्द्रगढीले २५ औं वर्ष गाँठको अवसर पारेर विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम लम्सालको अध्यक्षता तथा भद्रपुर १० नम्बर वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा सम्पन्न विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो । विभिन्न जातीय भेषभुषा सहित कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका ४ सय ५० जना विद्यार्थीले नृत्य, गायन फेसन सो, र नाटक समेत प्रस्तुत गरेका थिए । कार्यक्रममाथि चौचित्य प्रस्तुत गर्दै प्राज्ञिक निर्देशक पुरुषोत्तम लम्सालले प्राथमिक तहबाटै विद्यार्थीलाई कला सँस्कृतिको पहिचान दिलाउन विद्यालय लागि परेको प्रष्ट पारेका थिए । कार्यक्रममा संस्थापक…

Read More

दीपक चापागाई हामी नेपाली सयौँ वर्षदेखि अन्तत समस्यामा जकडिरहेका छौँ । हाम्रा अनेकौँ समस्या दुबो झाँगिए झैं झाँगिरहेका छन् । समाधानका बाटाहरु भन्दा पनि समस्यामा चाङ्गहरु बग्रेल्ती छरिएका छन् । यो मुलुकको समस्या समाधान समृद्ध र समुन्नत नेपालका लागि धेरै नेपालीले बलिदान दिइसकेका छन् । त्यसपछि अधिकारको लडाई पनि धेरै लडिसकिएको छ । अब अधिकार भन्दा रोजगारको लडाई लड्नुपर्ने भएको छ । समृद्धि कोरा भाषण र कागजमा मात्र सीमित रहेर हामी सुखी नेपाली बन्न सक्दैनौँ । जसका लागि यो मुलुकको नेतृत्व गर्ने मानिसले व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्नु पर्छ र मुलुकको हितमा काम गर्नुपर्छ । राष्ट्र समुन्त बनाउन प्रत्यक नागरिकको…

Read More

सुरेन्द्र भण्डारी सुरुङ्गा, १९ कात्तिक । “देब्रे स्तनदेखि काखीसम्म नै एक पाटो दुख्छ, सुने र जाने जति सबै अस्पताल पुगिसकें, रोग निको भएन” बाह्रदशी गाउँपालिका–५ की ४३ वर्षीया हरिमाया थापाले आफ्नो शरीरको दुखेको अङ्ग देखाउँदै भन्नुभयो – “डाक्टरसाब मलाई जसरी पनि निको पारिदिनुहोस् ।” चिसोमा बिहान बेलुका खप्नै नसक्ने गरी सिङ्गै पातै दुख्ने उहाँको थप समस्या रहेछ । सोही गाउँपालिका–५ निवासी गुदु राजवंशीको पनि समस्या उस्तै छ । उहाँ पनि घुँडाको जोर्नी दुखेर हिँड्डुल गर्नै समस्या भएपछि चकचकी आयुर्वेद औषधालयमा पुग्नुभयो । आयुर्वेद औषधालयका कविराज निरीक्षक अनिल ठाकुरले उहाँहरु दुवैको स्वाथ्य जाँच गर्दै औषधालयमा रहेको स्वेदन यन्त्रद्वारा स्नेहन स्वेदन गराउन…

Read More

विराटनगर, १९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रको विकास र जनताको दीर्घकालीन उन्नति हुने सोचका साथ सरकार तीव्र गतिमा अघि बढिरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँगको सङ्क्षिप्त कुराकानीमा उहाँले सो कुरा बताउँदै सरकारले निर्वाचनका समयमा जनता माझ गरेको घोषणा पाँच वर्षभित्रमा पूरा गर्ने अठोट गरेको छ भन्नुभयो । अध्यक्ष दाहालले पार्टीमा भोलि आउन सक्ने समस्यालाई अहिले नै निराकरण गर्ने उद्देश्यले तल्लो तहसम्मको एकतामा ढिलाइ भएको हो भन्नुभयो । केन्द्रमा विवाद भएर पार्टी एकतामा ढिलाइ भएको नभइ यसका लागि बनेको कार्यदलको सुझावअनुसार नै पार्टी अघि बढ्ने भएकाले केही ढिलो भएको हो भन्दै उहाँले पार्टीका दुवै अध्यक्षबीच…

Read More