
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २४ असोज । विप्लव समुहको नाममा नक्कलीको बिग्बिगी यति बढ्यो कि, उनैको पार्टीका तर्फबाट काठमाडौंमा नक्कली खोज्न र कारवाही गर्न अलग्गै टास्कफोर्स बनाउनु परेको छ । बेला कस्तो भने, विप्लव समुहको हुँ मात्रै भन्दा पनि मान्छे आत्तिने । त्यसमाथि नक्कलीले माग गरेका रकम सुन्दै अत्यासलाग्दो । नक्कलीले यस्तो आतंक मच्चाएपछि विप्लव समुहले क। भृकुटीको कमाण्डमा आफ्नो दस्तालाई सक्रिय बनाएको छ । मृकुटि महिला हुन्, नाम धीरेन्दा उपाध्याया, घर कलंकीसहित विभिन्न म्यानपवार कम्पनी, होटल, रेष्टुरेण्टमा चनाखो भएर नक्कली खोजिरहेको छ । टास्कफोर्सका एक सदस्यका अनुसार गौशला, कलंकी र कोटेश्वरतिरका टिकट काउण्टरदेखि तीन र पाँचतारे होटलसम्म नक्कली विप्वलव समुह बनेर पैसा…
गोरादह, २४ असोज । चाडपर्व आएसंगै गौरादह नगरपालिका वार्ड नं. १, २ र ३ अन्तर्गत पर्ने डिपु, तथा बजार आसपासमा सडक सरसफाइ तथा ग्राभेल फिलिङ कार्य तीब्र रूपमा अगाडि बढाइने भएको छ । पेट्रोल पम्प बाट डिपु चोक सम्मको सागुरो सडकलाई साइडबाट माटो पुरेर फराकिलो पार्ने कार्य समेत तिब्रताका साथ अगाडी बढाउनको लागि विशेष पहल थालिएको छ । सडक लाई फराकिलो पार्नको लागी भेला बोलाएर सर्व पक्षीय सहमतिमा कार्य अगाडि बढाउन लागिएको टोल विकास संस्थाका अध्यक्ष मातृका भट्टराईले बताए । नगरप्रमुख, उपप्रमुख, वार्ड अध्यक्षहरु, वाणिज्य संघ पदाधिकारी तथा सामाजिक राजनीतिक व्यक्तिहरुको आम भेलाबाट सडक संरचना सुधार, पार्किङ व्यवस्थापन लगायतका विषयमा…
कचनकवल, २४ असोज । नेपालकै होचो स्थानमा रहेको झापाको कचनकवल गाउँपालिका असोज २४ गते बुधबार खुल्ला दिसामुक्त घोषणा गर्ने पूर्वसन्ध्यामा मंगलबार दीपावली गरिएको छ । कचनकवलका मुख्य स्थान र केन्द्र रहेको बनियानी बजारमा दीपावली गरिएको हो । कचनकवल खुल्ला दिसामुक्त अभियानका क्रममा झापा जिल्लामा सबैभन्दा धेरै घरधुरीमा चर्पी बनाउने स्थानीय तह पनि हो । ९ हजार ६६ घरधुरी रहेको कचनकवलमा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा खुल्ला दिसामुक्त अभियान थालनी हुनुअघि ३ हजार ४ सय ३ घरमा सुरक्षित चर्पीको पहुँच रहेको थियो । अभियानको क्रममा बाँकी ५ हजार ६ सय ६३ घरधुरीमा चर्पीको निर्माण गरी खुल्ला दिसामुक्त घोषणा गर्न लागिएको हो…
बिर्तामोड, २४ असोज । बिर्तामोड–४ स्थित सुन्दरटोलकी ५४ वर्षीया खिनाकुमारी बुढाथोकीलाई धारिलो हतियार (खुकुरी) प्रहार गर्ने सोही स्थानका २१ वर्षीय मौसम माझीलाई प्रहरीले पक्राउ गरेको छ । माझीको खुकुरी प्रहारबाट बुढाथोकीकोे बाया हातको पाखुरा तथा पेट चोट लगेको छ । घटनापछि फरार भएका उनलाई पक्राउ गरी जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिर्तामोड, २४ असोज । बिर्तामोड–२ स्थित चारपाने चोकमा महिलालाई दुव्र्यवहार गर्ने अर्जुनधारा–५ का २६ वर्षीय साझामाल आलमलाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड–२ की सर्मिला त्रिखत्री लगायत अन्य महिलालाई विभिन्न अश्लिल शब्दले गाली–गलौज गरी डर, त्रास देखाएको अभियोगमा आलमलाई प्रहरीले पक्राउ गरेको हो । बिर्तामोड– ११ स्थित सार्वजनिक स्थलमा सोही स्थानकी सीता रनपहेली लगायतका अन्य महिलालाई विभिन्न अश्लिल शब्दले गाली–गलौज गरी हातपात गर्न खोज्ने इलाम नपा–१ नेपालटारका २५ वर्षीय मुकुन्द मगरलाई प्रहरीले पक्राउ गरेको छ । उता, अर्जुनधारा–९ का रेवतमणि हमालसहित स्थानीयबासीलाई अश्लिल शब्दले गाली–गलौज गरी हातपात गर्ने अर्जुनधारा–११ का २२ वर्षीय उमेश राईलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ…
काठमाडौँ, २४ असोज । यातायात व्यवस्था विभागले आजदेखि सार्वजनिक सवारी साधनलाई इजाजत पत्र (रुट परमिट) खुला गरेको छ । विभागले नेपालीहरूको महान् पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन आजदेखि असोज ३१ गतेसम्मलाई इजाजत पत्र ९रुट परमिट० खुला गरेको हो । विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले रुट परमिट खुला भएसँगै सवारी चालकले यात्रुलाई सहज गन्तव्यमा ल्याउन तथा लैजानका लागि पालो पर्खनु नपर्ने बताउनुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले रुट परमिट खुला भएसँगै चाडबाडको समयमा यात्रुलाई सुरक्षित गन्तव्यमा ल्याउन तथा लैजानका लागि सहज हुने बताउनुभयो । विभागले सो…
रोल्पा, २४ असोज । रोल्पाकी एक १४ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । रोल्पा नगरपालिका–६ की ती बालिका आफ्नै बाबुबाट पटक–पटक बलात्कार भएको खुलेको हो । गत भदौ २७ देखि आफू लगातार तीन पटक बलात्कारमा परेको बालिकाले बताएकी छिन् । आमाको मृत्युपछि बाबुले पटक–पटक बलात्कार गरेपछि बालिका भागेर दाङमा रहेको आफन्तकोमा पुगेकी थिइन् । आफन्तसँग आफू बाबुबाट पटक–पटक बलात्कृत हुने गरेको जानकारी दिएसँगै घटना सार्वजनिक भएको हो । बलात्कृत बालिकासँगै आफन्तले रोल्पामा रहेका महिला अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय रोल्पामा उजुरी दिएपछि आरोपीलाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ४३ वर्षीय आरोपीलाई आवश्यक अनुसन्धानका लागि…
काठमाडौँ, २३ असोज । चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटीको रुख काट्ने क्रममा आज बिहान निधन भएको छ । बोगटीको घर टीकाथली नजिकै रुख काट्ने क्रममा रुखले लागेर बिजुलीको खम्बा ढलेर बोगटीलाई लागेको थियो । गम्भीर घाइते भएका बोगटीको बि एण्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको चलचित्र कलाकार सङ्घका महासचिव सरिता लामिछानेले जानकारी दिनुभयो । अहिले बोगटीको शव परीक्षणका लागि पाटन अस्पताल लगिएको लामिछानेले जानकारी दिनुभयो । बोगटी दुई वर्षअघि चलचित्र कलाकार सङ्घको अध्यक्षमा विजयी हुनुभएको थियो। ।
काठमाडौँ, २३ असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले विश्वमा रहेका नेपाली श्रमिकको सुरक्षा तथा अधिकारका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । यहाँ आज एफइएस नेपालले आयोजना गरेको ‘खेल तथा आप्रवासन अन्तरसम्बन्ध’ विषयमा आयोजित विश्व सम्मेलको समापन कार्यक्रममा मन्त्री विष्टले रोजगारदाताले श्रमिकको जीवन गुणस्तरीय तथा सम्मानजनक वातावरणको सिर्जना गरी तिनले पाउनुपर्ने सेवासुविधा, सुरक्षा, अधिकार, सामाजिक तथा आर्थिक व्यवस्थापनलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न आयोजक राष्ट्र कतारले खेल मैदान निर्माण गर्न भित्र्याइएका धेरै विदेशी श्रमिकमाथि दवावपूर्ण कार्य गर्नु नहुनेमा जोड दिनुभयो । मन्त्री विष्टले…
फिदिम, २३ असोज । पाँचथरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला पार्टी कार्यालय स्थापना गरिएको छ । तत्कालीन नेकपा (एमाले) जिल्ला कमिटी पाँचथरको कार्यालयमा नेकपा पाँचथरको कार्यालय स्थापना गरिएको हो । यहाँ आज आयोजित कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य डम्बरसिंह सम्बाहाम्फेले नेकपाको झण्डा उठाई पार्टी कार्यालयको उद्घाटन गर्नुभयो । गत जेठ ३ गते एकता भएका एमाले र नेकपा ९माओवादी केन्द्र०को जिल्ला तहमा एकता प्रक्रिया पूरा भएको छैन । एकता प्रक्रिया पूरा नहुँदा पार्टी गतिविधि सञ्चालनमा समस्या सिर्जना भएकाले प्रदेश कमिटीको निर्देशनबमोजिम पार्टी कार्यालय स्थापना गरिएको नेकपाका जिल्ला नेता एवं तत्कालीन माओवादी केन्द्र पाँचथरका इञ्चार्ज हर्कबहादुर नेम्वाङले जानकारी दिनुभयो । पाँचथरमा जिल्ला…