
काठमाडौँ, २३ असोज । चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटीको रुख काट्ने क्रममा आज बिहान निधन भएको छ ।
बोगटीको घर टीकाथली नजिकै रुख काट्ने क्रममा रुखले लागेर बिजुलीको खम्बा ढलेर बोगटीलाई लागेको थियो । गम्भीर घाइते भएका बोगटीको बि एण्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको चलचित्र कलाकार सङ्घका महासचिव सरिता लामिछानेले जानकारी दिनुभयो ।
अहिले बोगटीको शव परीक्षणका लागि पाटन अस्पताल लगिएको लामिछानेले जानकारी दिनुभयो । बोगटी दुई वर्षअघि चलचित्र कलाकार सङ्घको अध्यक्षमा विजयी हुनुभएको थियो। ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



