
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
कृष्णराज गौतम काठमाडौँ, १ साउन । मुलुकमा धान, मकै, गहुँ, जौ, फापर र कोदोजस्ता अन्नबालीको आयात केही वर्षदेखि बढ्दै गएको पाइएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार आव २०७४÷०७५ को जेठ मसान्त ९११ महिना० भित्र रु ४१ अर्ब ३२ करोडको अन्न आयात भएको छ । सोही अवधिमा करीब रु एक करोड ६४ लाख बराबरको स्वदेशी अन्नबाली निर्यात भएको छ । आव २०७३÷०७४ मा रु ४० अर्ब १४ करोडको ती बाली आयात भएको अभिलेख मन्त्रालयसँग छ । यस अवधिमा ती बालीको निर्यात भने नगण्यरुपमा करीब रु तीन करोड बराबरको भएको वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले जानकारी…
सन्तोष पुर्कुटी ताप्लेजुङ, १ साउन । बस्तीमाथि रहेको भिरालो जमीनमा सडक खनेपछि आफूहरु पहिरोको जोखिममा परेको भन्दै सिरिजंघा गाउँपालिका–७ खेवाङका छ घर दलित परिवारले घर नै छाडेर अन्तै सरे । तीमध्ये कोही तराईतिर बसाइँ सरेर गए भने कोही नजिकैका बस्तीमा गएर बसे । जेठ लाग्दै घर छाडेकाहरु अहिले खेती कमाइका लागिमात्रै त्यहाँ जाने गरेका छन् । एक दुई परिवार भने घरमै फर्किएर डरैडरमा बस्न थालेका छन् । उनीहरुको घरमाथि खनिएको सडकबाट ठूलठूला ढुंगा झर्ने गरेकाले र वर्षा हुँदा पहिरो झर्ने डरले नै अन्तै सर्नुपरेको हो । ‘बस्ती नै जोखिममा पर्ने देखिएपछि शुरुमा यहाँबाट बाटो निर्माण नगर्नुहोस् भन्दा पनि कुनै जोखिम…
रमेश लम्साल काठमाडौँ, १ साउन । आर्थिक वर्ष २०७४/७५ मा साना ठूला गरी कूल १५ आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा १०० मेगावाट विद्युत् थप भएको छ । विद्युत् विकास विभागका अनुसार नेपाल विद्युत् प्राधिकरणको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना नै सो आवमा सम्पन्न भएको सबैभन्दा ठूलो आयोजना हो । दार्चुलामा आयोजनास्थल रहेको सो आयोजना निर्माण शुरु भएको करीब ११ वर्षपछि सम्पन्न भएको हो । यस्तै ११ वटा मझौला प्रकृतिका आयोजनासमेत सो आवमा सम्पन्न भएका छन् । दुईवटा लघु जलविद्युत् आयोजनासमेत सोही अवधिमा सम्पन्न भएका छन् । विभागका अनुसार सोही अवधिमा पञ्चकन्या हाइड्रो पावरको माथिल्लो माई सी आयोजनासमेत…
बिर्तामोड, १ साउन । झापाको बिर्तामोड नगरपालिका क्षेत्रमा ब्रोइलर कुखुरापालक कृषकले नगर समिति गठन गरेका छन् । विराटज्योति स्कूलमा सम्पन्न नगर भेलाले समिति गठन गरी कृषकहरुले झेल्दै आएका समस्या समाधानका लागि नगरपालिकाले खेल्नुपर्ने भूमिकासहित किसानलाई निश्चित मूल्य निर्धारण गरिदिनु पर्ने लगायतका बारेमा वृहत छलफल भएको हो । गरामनीका कृषक सौरभ प्रसाईंको अध्यक्षमा गठित ११ सदस्यीय तदर्थ समितिले ब्रोइलर कुखुराको बजार व्यवस्थापनको लागि नगरपालिकाले उचित भूमिका खेल्नुपर्ने ठहर गरेको छ । किसानले कहिलै नाफा पाएका छैनन्, बजारीकरण राम्रो छैन अनि खोरमै कुखुरा मर्छन् छलफलमा सहभागी किसानको गुनासो थियो । अर्कोतर्फ कुखुराको चारो (दाना) र औषधीको मूल्य बढेर किसान सधैं मारमा परिरहेका…
अभिनेता अनुप विक्रम शाही स्टारर फिल्म ‘झमक बहादुर’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । पहिलो ट्रेलर सार्वजनिक हुँदा यो फिल्म दक्षिण भारतीय फिल्म मुम्बई एक्सप्रेसु को फोटोकपी भन्दै चर्को आलोचना भएको थियो । दोस्रो ट्रेलरले फिल्म कमेडी जनरामा निर्माण भएको प्रष्ट हुन्छ । पैसा र सुनका लागि पात्रहरुको बीचको तनाव र द्वन्द्वलाई ट्रेलरमा देखाइएको छ । यो फिल्ममा अभिनेता शाहीले कान नसुन्ने युवकको भूमिका निर्वाह गरेका छन् । निर्देशक भोमन कटुवालले ‘झमक बहादुर’, ‘मुम्बई एक्सप्रेस’ को फोटोकपी नरहेको बताउँदै नितान्त नेपाली परिवेश सुहाउँदो फिल्म रहेको बताएका छन् । सुन तस्करी, लुटपाट र अपहरणलाई फिल्मको मुख्य विषय बनाइएको छ ।…
काठमाडौं, ३२ असार। भुटानमा नेपाली भाषी माथि गरिएको अत्याचारमा केन्द्रित रहेर नेपाली भाषी भुटानी साहित्यकार तुम्बेहाङ लिम्बूले तयार गरेको ‘किनाराको प्रश्न’ कविता संग्रह सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा साहित्य परिषद् भुटानको आयोजना र घनश्याम सांस्कृतिक प्रतिष्ठानको सहआयोजनामा भएको कार्यक्रममा संग्रहको समालोचक तथा सौन्दर्य चिन्तक निनु चापागाईं, समालोचक प्रा। डा। गोपीन्द्र पौडेल, प्राज्ञ तथा कवि श्रवण मुकारुङ, र साहित्यकार सीता शर्माले संयुक्त रुपमा सार्वजनिक गरे । उक्त संग्रहसँगै नेपाली भाषी भुटानी कथाकारको संयुक्त कृति ‘समकालीन भुटानी नेपाली कथा’ को समेत विमोचन गरियो । भुटानमा नेपालीे साहित्यको अवस्था निकै नै कमजोर रहेको समालोचक तथा सौन्दर्यचिन्तक निनु चापागाईंले बताए । भुटानबाट…
एक्काइसौँ शताब्दीको यो युगमा केही मुस्लिम देशहरु महिला अधिकारको क्षेत्रमा कति क्रूर छन् भन्ने कुरा साउदी अरबको पछिल्लो घटनाले पुष्टि गरेको छ । साउदी अरबमा हालै एकजना गायकलाई अंकमाल गरेको अभियोगमा एकजना महिला दर्शक पक्राउ परेकी छिन् । साउदीको पश्चिमी सहर तैफमा शुक्रबार यो घटना भएको हो । त्यहाँ लाइभ कन्सर्ट भैरहेको बेला प्रस्तुती दिइरहेका गायक माजिद अल मोहन्जितलाई एक महिलाले स्टेजमै गएर अंकमाल गरेकी थिइन् । त्यसपछि त्यहाँ उपस्थित महिला सुरक्षाकर्मीहरुले ती युवतीलाई तत्कालै पक्राउ गरे । ती युवतीलाई पुलिसको हिरासतमा राखिएको र उनीमाथि आपराधिक उत्पीडन सम्बन्धी कानूनका आधारमा सरकारी मुद्धा चलाइने बताइएको छ । स्मरण रहोस् साउदीमा महिलालाई…
काठमाडौँ, ३२ असार । भारतमा काम गरी फर्केका पुरुष आप्रवासीका श्रीमतीहरुमा एचआइभीको वृद्धिदरमा उल्लेखनीय परिवर्तन आउन सकेको छैन । सन् २०१०मा सो दर शून्य दशमलव ८ रहेकामा आठ वर्षको अन्तरालमा सो दर शून्य दशमल ५ मा मात्र झरेको छ । सन् २००८ मा सो दर ३ दशमलव ३ रही उच्चबिन्दुमा रहेको थियो । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले आज यहाँ सार्वजनिक गरेको प्रतिवेदनमा अछाम, डोटी, कैलाली र कञ्चनपुर गरी चार जिल्लाका ४०० महिलामा गरिएको सर्वेक्षणले सरकारका एचआइभी नियन्त्रणका कार्यक्रम खासै प्रभावकारी नभएको देखाएको हो । अर्कोतर्फ महिला यौन व्यवसायीहरुमा एचआइभी वृद्धिदरमा भने सर्वेक्षणले केही सुधारको संकेत देखाएको छ ।…
काठमाडौँ, ३२ असार । नेपाल दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा तीन ठूला उपाधिसहित नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ । नेपालले समग्रमा ५३ स्वर्ण, ५५ रजत र ८० कास्य, भारतल ४३ स्वर्ण, ४० रजत र ३९ कास्य तथा तुर्किमिनिस्तानले सात स्वर्ण, दुई रजत र एक कास्य जिते । नेपालले जुनियर र सिनियर दुवै समूहमा पनि टिम च्याम्पियनको उपाधि हात पारेको छ । जुनियरतर्फ प्रथम स्थान हात पारेको नेपालले ३४ स्वर्ण, ४३ रजत र ६१ कास्य प्राप्त गर्दा दोस्रो स्थानमा रहेको भारतले ३४ स्वर्ण, १२ रजत र १२ कास्य पदक ल्याएको छ । सिनियरतर्फ नेपालले पहिलो स्थानका लागि १९ स्वर्ण,…
विर्तामोड, ३२ असार । झापा गोल्डकप फुटबल प्रतियोगिताको आय–व्यय आज सार्वजनिक गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा दर्तासमेत भइसकेको संस्था ‘झापा गोल्डकप’को बचत १९ लाख रहेको मूल आयोजक समितिले बिर्तामोडमा पत्रकार सम्मेलतमार्फत् हिसाब सार्वजनिक गरेको हो । गत फागुन १९ देखि २८ गतेसम्म बिर्तामोडमा सञ्चालित तेस्रो संस्करणको झापा गोल्डकपबाट १८ लाख ९८ हजार ७४ रुपैयाँ बचत भएको झापा गोल्डकपका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए । अध्यक्ष गिरीका अनुसार गोल्डकपमा कुल १ करोड २३ लाख ५ हजार ८ सय ५० रुपैयाँ आम्दानी र १ करोड ४ लाख ७ हजार ७ सय ७६ रुपैयाँ खर्च भएको थियो । दाताबाट समयमै रकम संकलन…