
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, १७ असोज । विर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले क्यान्सर रोगबाट पीडित सात सदस्यलाई रु २५ लाख सहयोग प्रदान गरेको छ । उपचाररत शेयर सदस्यलाई ‘जीवन वरदान कार्यक्रम’ अन्तर्गत रकम दिइएको संस्थाका सचिव महेन्द्र गिरीले जानकारी दिनुभयो । सचिव गिरीका अनुसार गिजाको क्यान्सर उपचार गराइरहनुभएका शिवसताक्षीका कर्णबहादुर विकले रु दुई लाख ५० हजार, आन्द्रा क्यान्सर पीडित विर्तामोड–५ की रीमा लिङ्देनले रु पाँच लाख, टाउकोको क्यान्सर पीडित बाह्रदशी–५ की केन्द्रमाया कार्कीले रु दुई लाख र घाँटीको क्यान्सरबाट पीडित विर्तामोड–५ का टिका पकुवालले रु पाँच लाख उपचार सहयोग पाउनुभएको छ । राजीवगान्धी क्यान्सर अस्पताल दिल्लीमा आन्द्राको क्यान्सरको उपचार गराइरहनुभएको…
गाईघाट, १७ असोज । उदयपुरको कटारी नगरपालिका–४ का एक १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालतले मङ्गलबार दश वर्ष ६ महीना जेल सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बालिका बलात्कार गर्ने पाँचै जनालाई जेल सजायसँगै रु दुई लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो । दण्ड सजाय पाउने चारै जनाको उमेर १५ वर्षदेखि १८ वर्ष रहेको छ । जिल्ला अदालतका नायब सुब्बा कमला निरौला १६ वर्ष नपुगेका एक जनालाई तत्काल सुधारगृहमा पठाउने तथा १६ वर्ष माथिकालाई कारागार पठाउने तयारी भइरहेको छ । पन्ध्र वर्षीय अभियुक्तलाई भने सात वर्ष जेल सजायको फैसला भएको हो…
काठमाडौँ, १७ असोज । आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोटका लागि नेपालले आज म्यानमारसँग भिड्ने भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा खेल अपराह्न १२ बजे हुने नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो । नेपालको राष्ट्रिय टोलीले सन् २००६ पछि म्यानमारसँग खेल्न लागेको हो । सन् २००६ को एसिसी ट्रफीमा नेपालले म्यानमारलाई १० विकेटले पराजित गरेको थियो । छनोटमा नेपालले आयोजक मलेसिया, भूटान, सिङ्गापुर, चीन, म्यानमार, थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । यही असोज २६ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यानमार र थाइल्याण्ड सहभागी छन् । राउन्ड रोबिनको आधारमा हुने सो प्रतिस्पर्धाबाट शीर्ष तीन टोली…
काठमाडौँ, १६ असोज । नेपाल शिक्षक महासङ्घले शिक्षक संस्था र सरकारबीच गरिएका विगतका सम्झौता कार्यान्वयन नगरिएकाले आन्दोलनमा उत्रिनुपरेको जनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष बाबुराम थापाले महासङ्घले निवृत्त शिक्षक र सबै स्थायी शिक्षकको निवृत्तिभरण, उपदान र औषधोपचार खर्च सङ्घीय सरकारले गर्नुपर्ने, विद्यालय कर्मचारीको तहगत दरबन्दी सिर्जना गरी सोहीअनुसार पारिश्रमिक निर्धारण गर्नुपर्ने, राहत शिक्षकलाई स्थायी दरबन्दीमा रुपान्तर गर्नुपर्नेलगायत माग राखेको जानकार दिनुभयो । महासङ्घले यही असोज २१ देखि मङ्सिर २१ सम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । यसैगरी महासङ्घले शिक्षासम्बन्धी हरेक अङ्गमा आफूहरुको अनिवार्य उपस्थित गराउनसमेत माग गरेको छ ।
भीमदत्तनगर, १६ असोज । कञ्चनपुरको भीमदत्तनगरमा नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले यहाँस्थित जिल्ला सरकारी वकिल कार्यालयमा आज तोडफोड गर्नाका साथै कर्मचारीमाथि हातपात गरेका छन् । नेविसङ्घले भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै आज एकदिने कञ्चनपुर बन्दको आह्वान गरेको थियो । बन्द अवज्ञा गरेको भन्दै नेविसङ्घ कार्यकर्ताले जिल्ला सरकारी वकिल कार्यालयमा कार्यरत नायब सुब्बा कृष्णदत्त भट्ट, अपरेटर मञ्जु भट्ट र कार्यालय सहायक धनवीर भाटमाथि हातपात गरेका हुन् । साथै कार्यालय परिसरमा रहेको बा २ झ २७१५ नम्बरको कारसमेत तोडफोड गरिएको छ । भीमदत्तनगरमा प्रदर्शन गर्दै आइरहेका नेविसङ्घ कार्यकर्ताले बन्दमा कार्यालय किन खोलेको भन्दै कुटपिट र तोडफोडमा उत्रिएको…
उर्लाबारी, १६ असोज । मोरङको विराटनगर–रङ्गेली सडकखण्डअन्तर्गत कटहरी गाउँपालिका–३ मा आज ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । विराटनगरबाट रङ्गेलीतर्फ जाँदै गरेको को १ख २९४४ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको को २५प २८९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार कटहरी–४ का ५० वर्षीय जगदीश गुप्ताको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका गुप्तालाई उपचारका लागि गोल्डेन अस्पताल विराटनगर पु¥याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिनुभयो । दुर्घटनामा मृतकका छोरा २२ वर्षीय प्रमोद भने घाइते भएकाले उहाँको गोल्डेन अस्पतालमै उपचार भइरहेको छ । ठक्कर दिने चालकसहित ट्रक…
विराटनगर, १६ असोज । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशसभाको यही अधिवेशनभित्र प्रदेशको नाम र स्थानीय राजधानीको टुङ्गो लाग्ने बताउनुभएको छ । उहाँले राष्ट्रिय समाचार समितिसँग आज कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश संसदीय दलको दुई दिनदेखि भइरहेकोे बैठकमा चर्चामा आएका प्रदेशको नाम र स्थायी राजधानीका लागि शहरका विषयमा छलफल भएको बताउनुभयो । उहाँले नामको ट्ङगो लागेपछि विभिन्न राजनीतिक दलसँगको छलफलपछि प्रदेशसभामा पेश गरी यही अधिवेशनभित्र प्रदेशको नाम र स्थायी राजधानीको घोषणा गरिने जानकारी दिनुभयो । आजसम्म २० प्रदेशसभा सदस्यले बोलिसकेको बताइएको छ । प्रदेश नं १ मा नेकपाका ६७ प्रदेशसभा सदस्य छन् ।
हाम्रो देशमा पछिल्लो समयमा बलात्कारका जघन्य अपराधका घटनाहरु बढिरहेका छन् । उता विश्वको सबैभन्दा विकशित तथा शक्तिशाली देश अमेरिका पनि बलात्कारको मामिलामा कम छैन । हालै त्यहाँ एकजना पुरुषले बालिकामाथि बलात्कार गरेको आरोपमा १ सय ६० वर्षको जेल सजाय सुनाइएको खबर प्रकाशमा आएको छ । अमेरिकाको जर्जियामा यो घटना भएको हो । एटलान्टामा बस्ने ३४ वर्षका निकोलस डिओन नामका व्यक्तिले आफ्नै गर्लफ्रेण्डकी १० वर्षीया छोरीमाथि बलात्कार गरेको हो । १० वर्षीया बालिकामाथि बलात्कार गर्ने डिओनलाई एटलान्टाको अदालतले १ सय ६० वर्षको जेल सजाय हुने फैसला गरेको हो । अदालतले ती व्यक्तिको कार्य निकै शर्मनाक र जघन्य रहेको ठहर गरेको छ…
काठमाडौँ, १६ असोज । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाइमा हाइड्रो–१ नामको रसायन मिसावट भएको फेला पारेको छ । अनुगमनका क्रममा आज फेला परेको सो पाउडर सेतो कपडामा प्रयोग गरिने वस्तु (नीर) भएको प्रमाणित भएको छ । स्थानीय बानेश्वरमा सङ्गम शर्माले सञ्चालन गरेको सङ्गम स्विट््स एण्ड स्न्याक्स प्रालिको मिलन चोक गोदाममा उक्त पाउडर फेला परेको हो । मिठाइमा हाइड्रो–१ नामको अखाद्य वस्तु मिसावट भएको फेला परेका कारण शर्मालाई खाद्य ऐन २०२३ र नियमावली २०२७ अनुसार कानूनी कारवाही गरिने खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिनुभयो । खाद्यान्नमा अखाद्य वस्तु मिसावट गरेको प्रमाण फेला परेमा सो ऐन र नियमावलीमा कम्तीमा…
गौरादह, १६ असोज । गौरादह नगरपालिका वार्ड नं. ७ स्थित ग्वालडुब्बा बजार क्षेत्रमा साना गाडीहरुको पार्किङ् व्यवस्थित गरिएको छ । पार्किङ् स्थलको अभावमा साना गाडीहरु अस्तव्यस्त रुपमा सडक छेउमा पार्किङ् गर्ने गर्दथे । जनसंख्याको वृद्धि सँगै ग्वालडुब्बा बजार समेत सागुरो भइसकेको जनमाससबाट गुनासो आइरहेको समयमा सडकमा नै साना गाडीहरु पार्किङ् गर्दा दुर्घटनाको प्रवल सम्भावना रहेको देखिन्छ । साँघुरो सडकको दुवै छेउमा साना गाडीहरु पार्किङ् गर्दा ठूला गाडीहरु र पैदलयात्रीहरुलाई आवतजावत गर्न समस्या भएकाले पार्किङ् स्थलको व्यवस्था गरी पार्किङ कार्यलाई व्यवस्थित गरिएको ग्वालडुब्बा बजार व्यवस्थापन समितिका अध्यक्ष राजकुमार अधिकारीले बताए । विशेषगरी हाट बजारको दिन मानिसहरुको चहलपहल बढी हुने र नजिकिदै…