
विराटनगर, १६ असोज । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशसभाको यही अधिवेशनभित्र प्रदेशको नाम र स्थानीय राजधानीको टुङ्गो लाग्ने बताउनुभएको छ ।
उहाँले राष्ट्रिय समाचार समितिसँग आज कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश संसदीय दलको दुई दिनदेखि भइरहेकोे बैठकमा चर्चामा आएका प्रदेशको नाम र स्थायी राजधानीका लागि शहरका विषयमा छलफल भएको बताउनुभयो । उहाँले नामको ट्ङगो लागेपछि विभिन्न राजनीतिक दलसँगको छलफलपछि प्रदेशसभामा पेश गरी यही अधिवेशनभित्र प्रदेशको नाम र स्थायी राजधानीको घोषणा गरिने जानकारी दिनुभयो ।

आजसम्म २० प्रदेशसभा सदस्यले बोलिसकेको बताइएको छ । प्रदेश नं १ मा नेकपाका ६७ प्रदेशसभा सदस्य छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
