
झापा, २३ फागुन । झापा–४ मा हालसम्मको मतगणनाले निकै रोचक तस्वीर देखाएको छ । ४३ हजार ९११ मत गणना भइसकेको अवस्थामा स्वतन्त्र उम्मेदवार शम्भु ढकाल सुस्केरा घण्टी चिन्हबाट २२ हजार ६९ मतसहित फराकिलो अग्रतामा छन्। एमालेका एलपी साँवा लिम्बू ६ हजार ७२६ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका देउमान थेवे ४ हजार ४३७ मतसहित तेस्रो स्थानमा छन्।
अन्य उम्मेदवारमध्ये श्रम संस्कृति पार्टीकी अमृता देवी राईले ५ हजार ४०९ मत पाएकी छन्। राप्रपाका भक्ति सिटौला, नेकपाका पुरुषोत्तम चुडाल, उज्यालो नेपालका सन्तोष तामाङ लगायतका उम्मेदवारले सयौं मत प्राप्त गरेका छन्।

कुल १ लाख ३० हजार ७१२ मतदाता रहेको यस क्षेत्रमा ८३ हजार ४६६ मत खसेको थियो, जसमा २ हजार ५९२ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। बाँकी मतगणना अझै जारी छ, त्यसैले अन्तिम नतिजा आउन बाँकी छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

