झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

उर्लाबारी, १४ असोज । विराटनगर महानगरपालिका– ४ स्थित भित्री सडक खण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । गए राति पार्किङ गरेर सडक किनारमा राखिरहेको ना५ख ५८८६ नं को ट्रकमा को८प ७२१५ नं को मोटरसाइकल ठोक्किँदा मोरङ, पथरीशनिश्चरे नगरपालिका– ९ का २३ वर्षीय रोशन शेर्पा र विराटनगर–४ का १९ वर्षीय अनिश राजवंशीको मृत्यु भएको हो । शेर्पाको घटनास्थलमै र राजवंशीको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिनुभयो । ट्रकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको र चालकको खोजी भइरहेको प्रहरीले…

Read More

झापा, १४ असोज । झापाको मेचीनगरबाट लागूऔषध ब्राउन सुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । ब्राउन सुगर लिएर भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शनिबार मेचीनगर–६ बाट बिर्तामोड–७ का २१ वर्षीय अनिष उप्रेती र बिर्तामोड–३ का २४ वर्षीय आकाश राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उप्रेतीलाई चार ग्राम ब्राउन सुगरसहित मेची भन्सार गेटबाट इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले पक्राउ गरेको र उनकै बयानका आधारमा घटनामा संलग्न राईसमेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । पक्राउ परेका उप्रेती र राईलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको…

Read More

बिर्तामोड, १४ असोज । झापाको मेचीनगरमा सुन सफा गर्न बहानामा नेपाली महिलालाई ठग्ने दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्य भागलपुर १३ निवासी ४५ बर्षीय हरी शाह र सोही स्थानका ३६ बर्षीय केदार शाह रहेको प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले जनाएको छ । प्रहरी अनुसार मेचीनगर ७ स्थित इटाभट्टा निवासी ४२ बर्षीय भुमिका घिमिरेको सुनको गरगहना सफा गर्ने वहानामा सुन ठगी गरेको पिडितले प्रहरीमा उजुरी दिएपछि दुवै भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय काकँडभिट्टाका खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसंन्धान गरिरहेको प्रहरीले…

Read More

बिर्तामोड, १३ असोज । नेपाल प्रेस युनियन झापाको अध्यक्ष पदमा पहिलोपटक पत्रकार महिला इन्दु पूर्वेली निर्वाचित हुनुभएको छ । युनियनको नवौँ जिल्ला अधिवेशनका क्रममा आज साँझ सम्पन्न निर्वाचनमा ६४ मत प्राप्त गरी पूर्वेली निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका अर्का प्रतिष्पर्धी राजेन्द्र गौतमले ४१ मत प्राप्त गर्नुभएको थियो । इन्दु पूर्वेली विर्तामोडबाट प्रकाशित हुने जनआन्दोलन साप्ताहिककी सम्पादक हुनुहुन्छ । नेतृत्वका लागि सहमतिको प्रयास भए पनि अन्तिममा गौतम र पूर्वेलीबीच अध्यक्ष पदमा चुनावी प्रतिष्पर्धा भएको थियो । कूल मत १२७ मध्ये १०६ मत खसेको थियो भने एक मत बदर भएको थियो । यसैगरी कार्यसमिति सदस्यमा दिपक ढुंगाना, रोशन भट्टराई, राजन बाँस्कोटा,…

Read More

काठमाडौँ, १३ असोज । लेखक सङ्घर्ष क्षेत्रीद्वारा लिखित प्रेमकथामा आधारित उपन्यास ‘साकुरा’ सार्वजनिक गरिएको छ । क्षेत्रीको सो पहिलो कृतिको आज राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष एवं साहित्यकार हरिहर अधिकारी ‘श्यामल’ ले विमोचन गर्नुभएको हो । अध्यक्ष श्यामलले मानिसका सम्बन्ध र द्वन्द्वका परिणामलाई उपन्यासमा उतार्नु सजिलो नभए पनि लेखक क्षेत्रीले चुनौती मोलेर युवती साकुरा र राइटर (प्रभाकर) लाई मुख्य पात्र बनाएर प्रेमको आख्यानीकरणको प्रयत्न गरेको बताउनुभयो । उहाँले प्रेमलाई कोरारुपमा मात्र नहेरी यसको सामाजिकीकरण गरी हरेक झुपडीमा रुमल्लिएका पीडालाई कलापूर्ण र घनीभूतरुपमा प्रस्तुत गर्न सकेमा लेखकको सामाजिक उत्तरदायित्वसमेत पूरा हुने बताउनुभयो । पत्रकार रामकुमार एलनले उपन्यासको प्रभाकर पात्रले समाजमा उज्यालो छरेको…

Read More

काठमाडौँ, १३ असोज । सरकारले स्वरोजगार बढाउने र आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ विभिन्न सात शीर्षकमा सहुलियत कर्जा प्रदान गर्ने भएको छ । अर्थ मन्त्रालयले हालै स्वीकृत गरेको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ अनुसार लक्षित ऋणीलाई व्याज अनुदान दिने र स्वरोजगार बनाउने लक्ष्य राखिएको छ । मन्त्रिपरिषद्ले गत भदौ २१ गते शैक्षिक कर्जासम्बन्धी कार्यविधि पारित गरेको थियो । पारित कार्यविधि यही असोज ६ गते अर्थ मन्त्रालयले सार्वजनिक गरेको थियो । सरकारले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा रु पाँच करोडसम्म प्रदान गर्ने छ । यस्तै कार्यविधिअनुसार शिक्षित युवा स्वरोजगार कर्जा रु सात लाखसम्म तथा विदेशबाट फर्केका…

Read More

लमही, १३ असोज । माटोको ढिस्कोले पुरिएर आज एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका– ४ मौरीघाटका ३० वर्षीया श्यामकुमारी चौधरी, ३५ वर्षीया मीनाकुमारी चौधरी र चार वर्षीया रेजिना चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । मीना श्यामकुमारीकी भाउजु तथा रेजिना मीनाकी भतिजी हुन् । घर पोत्नका लागि माटो ल्याउन गएका तीनैजनाको घटनास्थलमै मृत्यु भएको हो । शव परीक्षणका लागि लमही अस्पताल लगिएको छ ।

Read More

काठमाडौँ, १३ असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वर्तमान सरकार सदैव श्रमजीवि जनताको पक्षमा रहेको बताउनुभएको छ । नेपाल इलेक्ट्रिसियन सङ्घको नवौँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले विद्युतीय क्षेत्रमा काम गर्ने श्रमिकले अत्यन्त ठूलो जोखिम बहन गरेर काम गर्नुपर्ने भएकाले ती श्रमिकको सुरक्षा र स्वास्थ्यमा सरकराले यथोचित ध्यान दिने बताउनुभयो । मन्त्री विष्टले इलेक्ट्रिसियनले प्राप्त गर्ने सेवा, सुविधा र ज्याला तोकिएबमोजिम कार्यान्वयन नभए सरकारले कडाईका साथ लागू गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले श्रमिक वर्गको अधिकारको रक्षा गर्नेछ, इलेक्ट्रिसियनको सुरक्षा गर्नेछ ।” बढ्दो शहरीकरणसँगै यस क्षेत्रका प्राविधिकको माग बढ्दै जाने हुँदा धेरै सङ्ख्यामा दक्ष जनशक्ति उत्पादन…

Read More

चलचित्र ‘मालीका’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्र रेखा फिल्मस्को ब्यानरमा निर्माण भएको हो । चलचित्रको निर्देशन अभिनेत्री रेखा थापाले गरेकी छन् भने चलचित्रको मुख्य भूमिकामा पनि रेखा थापा स्वयम छिन् । चलचित्रले नेपाली समुदायमा हुने बालविवाह, बढ्दो बलात्कारका घटनाका कथा बोल्ने बताइएको छ । ट्रेलरमा अभिनेत्री रेखा थापा र कमला वलीलाई विशेष रुपले प्रस्तुत गर्ने प्रयास गरिएको छ । ट्रेलरमा नारीमाथिको अत्याचार र उसले त्यसविरुद्ध लिएको बदलालाई देखाउने प्रयास गरिएको छ । ट्रेलर रेखाको एक्सन र डायलगबाट भरिपूर्ण छ । चलचित्र कात्तिक १६ गतेबाट नेपालभर प्रदर्शनको तयारीमा रहेको छ…

Read More

महिलाले लगाउने स्याण्डिलको अधिकतम मूल्य कति पर्ला ? अनुमान लगाउनुस् त । अनुमान आ–आफ्ना होलान् तर यदि दुनियाँको सबैभन्दा महंगो स्याण्डिलको मूल्य थाहा पाउनुभयो भने तपाइँले जिब्रो टोक्नुहुनेछ । जिब्रो नटोकियोस् पनि किन ? आखिर खुट्टामा लगाउने एकजोर स्याण्डिलको मूल्य हजार, लाख, करोड रुपैयाँमा नभई अर्ब रुपैयाँ पर्दछ । हो युएइको दुबई सहरमा झण्डै २ अर्ब रुपैयाँ पर्ने दुनियाकै महंगो स्याण्डिल बनेको छ । यो स्याण्डिलको मूल्य १ करोड ७० लाख डलर छ । बहुमूल्य हिरा र सक्कली सुनबाट बनेको यो एकजोर स्याण्डिल बुधबार सार्वजनिक गरिएको छ । यतिधेरै महंगो भएपछि यो चिज बनाउन पनि कम्ता मेहेनत लागेन होला ।…

Read More