
लमही, १३ असोज । माटोको ढिस्कोले पुरिएर आज एकै घरका तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राप्ती गाउँपालिका– ४ मौरीघाटका ३० वर्षीया श्यामकुमारी चौधरी, ३५ वर्षीया मीनाकुमारी चौधरी र चार वर्षीया रेजिना चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । मीना श्यामकुमारीकी भाउजु तथा रेजिना मीनाकी भतिजी हुन् ।
घर पोत्नका लागि माटो ल्याउन गएका तीनैजनाको घटनास्थलमै मृत्यु भएको हो । शव परीक्षणका लागि लमही अस्पताल लगिएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


