झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, २ मंसिर । ६५ बर्षका व्यक्तिसमेत साईबर क्राईमको मुद्धामा पक्राउ परेका छन् । महिला चिकित्सकलाई प्रेम गर्ने भन्दै फेसबुकमा अश्लील सन्देश पठाउने ती वृद्ध हालसालै पक्राउ परेको डिएसपी बोगटीले बताए । यस्तै, पारिवारिक विवादमा आफ्नै भाईबुहारीबारे फेसबुकका अश्लील टिप्पणी गर्ने कृष्णकुमार खड्का क्षेत्री एक महिनाअघि पक्राउ परेका थिए । आफ्नै छात्रालाई फेसबुकमा बारम्बार अश्लील सन्देश पठाएर यातना दिएको आरोपमा दुई महिनाअघि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिक मेघराज तिवारी पक्राउ परेका थिए । उनी धरौटीमा छुटिसकेका छन् । कतिपय संस्थागत विवाद पनि सामाजिक सञ्जालमा छताछुल्ला हुने गरेका छ । आजको नयाँ पत्रिकामा खबर छ ।

Read More

काठमाडौं, २ मंसिर । एक व्यक्तिले भुवन केसीको नाममा अकाउन्ट खोलेर युवतीहरुलाई डेटिङको प्रस्ताव गरेका थिए । केही युवताीले नायक भुवन केसीकै अकाउन्ट ठानेर च्याटसमेत गरे । तर, अकाउन्ट भुवन केसीको नभएको खुलेपछि युवतीहरुले प्रहरीमा उजुरी दिएका थिए । तर, नक्कली अकाउन्ट खोल्ने व्यक्ति भने पक्राउ परेन् । अभिनेता केसीले पनि प्रहरीमा उजुरी गर्न चासो दिएनन् । अर्का अभिनेता आयुषमान जोशीको नाममा अकाउन्ट बनाएर युवतीहरुसँग अश्लील कुराकानी गरेको उजुरीसमेत अपराध महाशाखामा पुगेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

Read More

दोलखा, २ मंसिर । बर्ष दिनअघि सिंगो देश संघीय तथा प्रदेशसभा निर्वाचनमा केन्द्रित थियो । सबैतिर चुनावको वातावरणले छपक्कै छापेको थियो । तत्कालीन एमालेसँग पार्टी एकीकरण गर्ने घोषणासहित चुनावी गठबन्धन गरेर निर्वाचमा होमिएका त्यतिखेरको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अघिल्लो बर्षको मंसिर १ गते केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा भएको चुनावी सभामा सम्बोधन गर्न झापा पुगेका थिए । झापाका सभा सकेर उनी काठमाडौं फर्किने तरखर गर्दै थिए । अचानक काठमाडौंबाट एउटा अपत्यारिलो खबर आयो जसले उनी छाँगाबाट खसेझैँ भए । अघिल्लो बर्ष मंसिर २ गते झापामा केपी ओलीजीको चुनावी क्षेत्रमा थिएँ, शनिबार खोलखा सदरमुकामा चरिकोटमा दाहालले बर्ष दिनअघिका घटना…

Read More

वीरगन्ज, २ मंसिर । टोलकै चार जनाले एक महिलालाई सामुहिक बलात्कार गरे । वीरगन्ज महानगरपालिका १८ भवानीपुर सौराहा टोलकी दलित महिला दुई दिनसम्म कतै उजुरीबाजुर गर्न गईनन् । डरले मौन बसिन् । श्रीमान ३ बर्षदेखि वैदेशिक रोजगारमा छन् । बलात्कृत भएको दुई दिनपछि एक युवकले मोवाईलमा भिडियो देखाउँदै पैसा मागे । पैसा नदिए अरुलाई पनि देखाईदिने भन्दै धम्क्याए । त्यसपछि पीडित महिलाले गाउँकै एक सामाजिक कार्यकर्तासँग सल्लाह गरी कात्तिक १२ गत्ते जिल्ला प्रहरी कार्यलय पर्सामा ती चार जनाविरुद्ध किटानी जाहेरी दिईन् । मुद्धा प्रहरीकोमा आएपछि आरोपित फरार छन् । कात्तिक ५ गते राति घरबाहिर शौच गर्न गएका बेला सौराहा टोलका…

Read More

मेलम्ची, १ मङ्सिर । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ मृत फेला परेका छन् । गएराति ३ बजे घरबाट निस्कनुभएका अध्यक्ष श्रेष्ठ इन्द्रावतीनदीमा डुबेको अवस्थामा आज दिउँसो फेला परेका हुन् । श्रेष्ठले हाम फालेको या डुबेको के हो भन्ने अहिलेसम्म थाहा नभएको वडा सदस्य बखान तामाङले जानकारी दिनुभयो । घटनाको वास्तविकता बुझ्नका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ जान लागेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विमलराज कँडेलले जानकारी दिनुभयो ।

Read More

चितवन, १ मङ्सिर । छ दिनदेखि हराइरहेका कालिका नगरपालिका–६ बाग्लुङ्गेटोलका २४ वर्षीय सुदीप सापकोटा तेह्रथुममा फेला पर्नुभएको छ । कात्तिक २६ गते सोमबार विदेश यात्राका लागि आवश्यक सामान खरीद गरी फर्कने क्रममा उहाँ नारायणगढबाट बेपत्ता हुनुभएको थियो । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीका अनुसार प्रहरीले उहाँलाई तेह्रथुमको ब्लुहेभन होटलमा भेटेको हो । प्रहरीले उहाँको मोबाइल र ल्यापटप ट्रेस गरी ठाउँ पत्ता लगाएको ज्ञवालीले बताउनुभयो । सापकोटाले अष्ट्रेलिया जान तयार पारेको कागजपत्रसमेत नक्कली भएको पुष्टी भएको छ । अष्ट्रेलिया जाने तयारीमा भनिएका सुदीप नारायणगढमा सामग्री किनमेल गरेपछि सुटकेससहित सम्पर्कविहीन हुनुभएको थियो । भारतको दिल्लीबाट कम्प्युटर इञ्जिनीयर…

Read More

बनियानी, १ मङ्सिर । प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहमद लालबाबु राउतले मुलुक परिवर्तनमा मुस्लिम समुदायको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ । झापाको कुमरखोदमा मुस्लिम समाज, झापा गाउँपालिकाले आज आयोजना गरेको ‘मुस्लिम उत्थान तथा सम्मान कार्यक्रम’लाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मुलुकको राजनीतिक, सामाजिक, आर्थिक परिवर्तनका लागि मुस्लिम समुदायले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । ‘देश परिवर्तनमा मुस्लिम समुदायको भूमिका महत्वपूर्ण छ’, उहाँले भन्नुभयो, ‘तर, उनीहरु राज्यको मूलधारमा आउन सकेका छैनन्, मस्लिम समुदायको उत्थानबिना मुलुक समृद्धि बन्न सक्दैन ।’ सरकारले मुस्लिम समुदायको शैक्षिक, आर्थिक, राजनीतिक लगायत पक्षको सुधारका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड समेत दिनुभयो । प्रदेश नं. २…

Read More

काठमाडौँ, १ मङ्सिर । आज राति सिंह राशिबाट उल्का वर्षा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । आकाश मण्डलमा मध्यराति १२ बजेदेखि ३ बजेसम्म सिंह राशिबाट उल्का वर्षा भएको देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो । १ः३० बजे सबैभन्दा धेरै उल्का वर्षा भएको स्पष्टरुपमा देखिने उहाँको भनाइ छ । आज ११ः४५ बजे आकाश मण्डलमा सिंह उदाउने सोसाइटीले जनाएको छ । आकाश मण्डलमा ग्रह, नक्षत्र, राशिको उल्का वर्षा हुनु नियमित प्रक्रिया भएको जनाइएको छ ।

Read More

काठमाडौँ, १ मङ्सिर । वैदेशिक रोजगार कार्यालय ताहाचलले आज शानिबारसमेत पुनः श्रम स्वीकृति जारी गरेको छ । बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालयमा आएका ५२५ जनालाई श्रम स्वीकृति प्रदान गरेको कार्यालय प्रमुख युवराज खतिवडाले जानकारी दिनुभयो । चाडपर्व सकिएसँगै वैदेशिक रोजगारीका क्रममा विदेशिने युवाको चाप बढेकाले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी गरिएको उहाँले बताउनुभयो । नेपाल सरकारले रोजगारीका लागि खुला गरेको १७२ देशमा कामका लागि जाने नेपालीलाई उक्त कार्यालयले व्यक्तिगत र संस्थागत श्रम स्वीकृति जारी गर्दै आएको छ । हाल दैनिक एक हजारभन्दा बढीले नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति लिने गरेका कार्यालयले जनाएको छ ।

Read More

इनरुवा, १ मङ्सिर । सुनसरीको दक्षिणवर्ती सीमा क्षेत्रबाट कटुवा पेस्तोलसहित आज तीन जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत विहार भीमनगर पञ्चायत वडा नं ४ बस्ने रञ्जीतकुमार मुखिया, जिल्ला सुपौल भवानीपुर–७ का १८ वर्षीय विवेक यादव र मोटरसाइकल चालक सुपौल जिल्ला सीतापुर बस्ने १७ वर्षीय सुमितकुमार गोइत रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । सुनसरीको कोशी गाउँपालिका–६ श्रीपुर र ८ हरिपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल हरिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीको नेतृत्वमा खटिएको टोलीले कोशी गाउँपालिका–८ भण्टाबारीबाट रञ्जीतकुमार मुखियालाई पक्राउ गरेको छ भने…

Read More