
काठमाडौँ, १ मङ्सिर । आज राति सिंह राशिबाट उल्का वर्षा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
आकाश मण्डलमा मध्यराति १२ बजेदेखि ३ बजेसम्म सिंह राशिबाट उल्का वर्षा भएको देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो । १ः३० बजे सबैभन्दा धेरै उल्का वर्षा भएको स्पष्टरुपमा देखिने उहाँको भनाइ छ ।
आज ११ः४५ बजे आकाश मण्डलमा सिंह उदाउने सोसाइटीले जनाएको छ । आकाश मण्डलमा ग्रह, नक्षत्र, राशिको उल्का वर्षा हुनु नियमित प्रक्रिया भएको जनाइएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

