
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २१ कात्तिक । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभयो । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनुभयो । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिकेको पुस्तक हो । नेपाली…
झापा, २१ कात्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले…
सुरुङ्गा, २० कात्तिक । झापाको शरणामतिमा आजदेखि प्रदेश नम्बर १ स्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ । झापा गाउँपालिका शरणामतिस्थित जनता माविको खेल मैदानमा शुरु भएको प्रतियोगिताको झापा क्षेत्र नं. ४ का सांसद एलपी साँबा लिम्बूले उद्घान गर्नुभयो । प्रतियोगितामा प्रदेश नम्बर १ का १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेल धनकुटाकाको पाख्रीबास नगरपालिका र झापाको बाह्रदर्शी गाउँपालिकाबीच भएको खेलमा पाख्रीवास नगरपालिका २१÷२५ र २०÷२५ को सोझो सेटमा विजयी भएको छ । त्यसैगरी दोस्रो खेल झापाको बिर्तामोड नगरपा लिका र धनकुटाकै सागुरीगढी गाउँपालिका बीच भएको थियो । खेलमा सागुरीगढी गाउँपालिका २–१ सेटले विजयी भयो । यस्तै, तेस्रो…
घोराही, २० कात्तिक । सभामुख कृष्णबहादुर महराले नेपाल बाह्य संस्कृतिको सिकार बन्दै गइरहेको बताउनुभएको छ । दलित कला, संस्कृति प्रवद्र्धन तथा सामुदायिक विकास केन्द्रले दाङमा आयोजना गरेको सोरठी देउसी भैलो कार्यक्रमको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “विदेशी संस्कृतिका कारण नेपाली संस्कृति समस्यामा परेको छ ।” सभामुख महराले देशको कला, संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा राज्यले एकीकृत योजना निर्माण गर्नुपर्नेमा जोड दिदैं आफ्नो संस्कृति प्रवद्र्धनका लागि युवा वर्ग सचेत भएर लाग्नुपर्ने बताउनुभयो । “नेपाल बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक देश हो, यसको संरक्षणमा राज्यको प्राथमिकता हुनुपर्छ”, उहाँले भन्नुभयो, “नेपालको मौलिक संस्कृतिको संरक्षण गर्न युवाको भूमिका महत्वपूर्ण हुनुपर्छ ।”
काठमाडौँ, २० कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आजको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने निर्णय गरेको छ । अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले मङ्सिर ५ देखि ९ गतेसम्म तोकिएको बैठक मङ्सिर २८ देखि पुस ३ गतेसम्म राजधानीमा गर्ने निर्णय गरेको हो । बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग भएको भन्दै पछाडि सार्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठकले नेपाल लोकतान्त्रिक फोरमसँग पार्टी एकीकरणका क्रममा भएको सहमतिअनुसार नेता विजयकुमार गच्छदारलाई उपसभापति बनाउने निर्णय पनि गरेको छ । बाँकी सहमति कार्यान्वयनका सन्दर्भमा अध्ययन गर्न उपसभापति विमलेन्द्र…
माया गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो, जसको अनुभव माया गर्नेलाई वा मायाको जालमा पर्नेलाई मात्र थाहा हुन्छ । माया वा ‘लभ’ले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र दिँदैन, स्वास्थ्यमै अभूतपूर्व फाइदा गर्छ । मायाका अनगिन्ती स्वास्थ्य फाइदा छन् । मायामा पर्दा स्वास्थ्यमा निम्न नौवटा फाइदा यस्ता छन्ः छालामा चमक मायामा पर्दा एउटा अनौठो अनुभव हुन सक्छ । आफूलाई संसारकै उच्च स्थानमा रहेको अनुभूति हुनुको अतिरिक्त मायाले तपाईंको छालामा चमक थपिदिन्छ । विज्ञहरुका अनुसार मायामा पर्दा शरीरले इन्ड्रोफिन्सलगायतका हर्मोन निष्कासन गर्छ । यसले पीडाबोधक हर्मोन कोर्टिसोल निष्कासनको मात्रा घटाउन सहयोग गर्छ । डिप्रेसन जित्ने शक्ति माया गर्ने…
भद्रपुर, २० कात्तिक । जिल्ला प्रहरी कार्यालय झापाले तीन महिनाको अवधिमा रू एक करोडभन्दा बढीको सामान बरामद गरेको छ । कार्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरी चालू आर्थिक वर्ष २०७५÷०७६ को साउनयता भन्सार छलेर चोरी तस्करी गरिएका रू १ करोड २ लाख ४ हजार ९१ बराबरको सामान बरामद गरिएको जनाएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालका अनुसार अवैध गतिविधि नियन्त्रण अभियान अन्र्तगत भारतसँग सीमा जोडिएका विभिन्न स्थानबाट अवैध सामग्री बरामद गरिएको हो । त्यस्तै, प्रहरीले झापाका विभिन्न नाकाबाट ठूलो परिणामको पटाका बरामद गरेको छ । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै भारतबाट अवैध रूपमा भित्र्याइरहेको अवस्थामा…
काठमाडौँ, २० कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को एकता प्रक्रिया शुरु भएको छ । राप्रपाका अध्यक्ष कमल थापा र राप्रपा (प्र) का अध्यक्ष पशुपतिशम्शेर जबराबीच आज भएको छलफलमा दुवै पार्टीलाई विघटन गरी सशक्त राष्ट्रवादी शक्ति निर्माण गर्न समझदारी भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समान विचार र सिद्धान्त भएका दलसँग एकताका लागि आवश्यक निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष राणालाई दिएअनुसार महाराजगञ्जस्थित अध्यक्ष राणाको निवासमा छलफल भएको महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो । वैचारिक दृष्टिकोणमा हिन्दू राष्ट्र कायम गर्ने, राजतन्त्र कि गणतन्त्र भन्ने विषयमा जनताको चाहनाका साथै दुवै दलका नेता तथा कार्यकर्ताको भावनालाई बुझेर निर्णय लिने…
चीनमा एकजना पुरुष आफ्नी २ वर्षकी छोरीलाई लिएर सधैजसो चिहानमा चान्छन् अनि चिहानको खाल्डोभित्र गएर सुत्छन्, खेल्छन् । यसरी छोरीसँग चिहानमा सुत्ने ती बाबुको त्यो दैनिकीको अन्तर्य भने निकै दर्दनाक छ । आखिर किन त्यसो गरिरहेका छन् ती पुरुष ? ती पुरुष झांग लियोंग र उनकी पत्नी डेंगकी एक २ वर्षकी छोरी छिन् । ती बालिकाको नाम झांग जिनली हो । जिनली एक गम्भीर रोगबाट पीडित छिन् । जसका कारण बुआआमा निकै दुःखी छन् । डिंग तथा झांगले आफ्नी छोरीको मनबाट मृत्युको डर निकाल्का लागि त्यो अनौठो उपाय अपनाएका हुन् । झांगले निकट भविष्यमै मर्ने भनिएकी आफ्नी छोरीका लागि घरकै…
घोराही, २० कात्तिक । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले व्यक्तिलाई दण्डित गर्ने अधिकार अदालतलाई मात्रै भएको बताउनुभएको छ । सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य सम्बन्धमा घोराहीमा आज भएको कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले अपराधको निक्यौल गर्दै दोषीलाई दण्ड गर्ने अधिकार कुनै व्यक्ति, संस्था वा निकायलाई नहुने बताउनुभयो । मुख्यमन्त्री पोख्रेलले नागरिकको आवाजलाई सरकार समक्ष पु¥याउने माध्यम पत्रकारिता भएकाले यसको दुरुपयोग हुनबाट रोक्नुपर्ने बताउँदै विकासको नाममा पत्रकारले विवादलाई महत्व दिन नहुने बताउनुभयो । अबको समय विकास र समृद्धिको भएको भन्दै उहाँले पत्रकारिताप्रतिको अपराध राज्यविरुद्ध र लोकतन्त्रविरुद्धको अपराध हो भन्नुभयो । फ्रिड्म फोरमले आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोख्रेलले…