झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

खुदुनाबारी, १८ भदौ । झापाको अर्जुनधारा–६ मा नवनिर्मित गाउँघर क्लिनिक उद्घाटन भएको छ । उक्त वडामा समावेशी टोलमा रहेको गाउँघर क्लिनिकको रिबिन काट्दै अर्जुनधारा नगर प्रमुख हरि कुमार रानाले उदघाटन गरेका थिए । गाउँ घर क्लिनिक उदघाटन गरेपछि नगर प्रमुख रानाले भने– गाउँघर क्लिनिकलाई शहरी स्वास्थ्य केन्द्र स्थापनाका लागि कार्यपालिकाले निर्णय गरी प्रदेश–१ सामाजिक विकास मन्त्रालयमा सिफारिस गरी सकिएको बताए । गाउँघर क्लिनिक संञ्चालन समितिका अध्यक्ष डम्बर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा–६ का अध्यक्ष लोकनाथ गौतम, गोमादेवी लुइटेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । आर्थिक प्रतिवेदन वाचन मनोरथ पाण्डेले प्रस्तुत गरेका थिए । कार्यक्रममा नवनिर्मित भवन निर्माण गर्ने दाताहरुलाई…

Read More

बिर्तामोड, १८ भदौ । झापाको बिर्तामोडमा ‘द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी’ सञ्चालनमा आएको छ । अध्ययनका लागि अष्ट्रेलिया र न्यूजिल्याण्ड जान चाहने नेपाली विद्यार्थीका लागि परामर्श दिने उद्देश्यले बिर्तामोडमा सातौँ शाखाका रुपमा द नेक्स्टका सञ्चालनमा आएको हो । झापाको बिर्तामोडमा आज पत्रकार भेटघाटको आयोजना गरी द नेक्स्टका निर्देशक खड्गबहादुर ताम्ली लिम्बूले फास्ट ट्रयाक एजुकेशन कन्सल्टेन्सीको सहकार्यमा शैक्षिक परामर्श तथा भाषा शिक्षण गर्ने उद्देश्यले कार्यालय सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । ‘नेपाली विद्यार्थी अध्ययनका लागि अष्ट्रेलिया जाने क्रम बढेको छ’, उहाँले भन्नुभयो, ‘हामी सत्यतथ्य र सही परामर्श दिएर विद्यार्थी अध्ययनका लागि जाने वातावरण निर्माण गर्छौं ।’ द नेक्सटले अष्ट्रेलियामा रहेका १८ वटा विश्वविद्यालय,…

Read More

अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी शो नेपाल आईडलको सिजन २ यतिखेर चलिरहेको छ । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको गायन प्रतियोगीता आयोजना भएसँगै यसले खुबै चर्चा पायो । सामाजिक सञ्जाल, युट्युव तिर अहिलेपनि युट्युवको शीर्षस्थानमा आइरहेको हुन्छ । यसैबिच नेपाल आईडल पहिलो सिजनका सेकेण्ड रनरअप प्रताप दास यतिखेर देशबिदेशका कार्यक्रमहरुमा निकै ब्यस्त छन् । उनले थुप्रै गीतहरु गाईसकेका छन् । नेपाल आईडलका अन्य बिजेता भन्दा उनले चलचित्रका गीतहरुमा बढी स्वर दिएका छन् । पछिल्लो समय चलचित्रका निर्माता तथा निर्देशकले उनलाई खोज्ने गरेका हुन्छन् । यसैबिच उनले स्वर भरेको ‘रोज’ चलचित्रमा समावेश ‘फूल हैन’बोलको गीत यतिखेर चर्चामा छ । यहि भदौ २२ गतेबाट प्रदर्शनमा…

Read More

अमेरिकाको फ्लोरिडामा एक २४ वर्षे युवतीले ६८ वर्षका वृद्धसँग बिहे गरिन् । कुनै गहिरो प्रेम बसेर वा बाध्यताले होइन उनले बिहे गरेको । ती वृद्ध निकै नै धनी रहेको थाहा पाएपछि उनले आफूभन्दा ३ गुणा जेठा वृद्धसँग बिहे गरेकी हुन् । मनग्गे सम्पत्ति भएको बुढासँग बिहे गरेपछि जीवनमा ऐश आराम गर्न पाइन्छ भन्ने लोभले ती युवतीले दुनियाँलाई तीनछक पार्नेगरी बिहे त गरिन् तर जब बिहेपछि जुन सत्यको पर्दा उघारियो त्यसले ती युवती सायद जीवनभर नपखालिने दाग बोक्न बाध्य भइन् । बिहेपछि वृद्ध लोग्नेको बारेमा जब उनलाई यथार्थ कुरा थाहा भयो, तब उनको विस्मातको सीमा रहेन । वास्तवमा जुन वृद्धसँग उनले…

Read More

बिर्तामोड, १८ भदौ । काँकडभिट्टा नाकाबाट ठूलो परिणाममा भारतीय रूपैयाँसहित एक नेपाली युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर निवासी ३२ वर्षीय रविन्द्र बज्राचार्य रहेको प्रहरीले जानकारी दिएको छ। सशस्त्र प्रहरी हेकुवा राजस्व गुल्म काकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेश घिमिरेका अनुसार बज्राचार्यलाई १२ लाख ८० हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो। मेचीनगर नगरपालिका–६ स्थित भन्सार चेकपोइन्टमा चेकजाँचका क्रममा उक्त रकम फेला पारिको प्रहरीले जनाएको छ। उनले सो रकम भारतबाट नेपाल भित्र्याई काठमाडौं लैजान लागेको अनुसन्धानको क्रममा खुलेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताएका छन्। बरामद गरिएका भारतीय रुपैयाँ ५०, १०० र २०० का नोट छन्। पछिल्लो समय झापा र भारतको पश्चिम…

Read More

काठमाडौँ, १८ भदौ । उपराष्ट्रपति नन्दबहादुर पुनले महिलालाई आर्थिक रुपमा सबल बनाउन सरकारसँगै सरोकारवाला संस्थाको सहयोग आवश्यक रहेको बताउनुभएको छ । दक्षिण एशियाली महिला विकास मञ्चले आज यहाँ आयोजना गरेको महिला उद्यमीको अन्तर्राष्ट्रिय सम्मेलन उद्घाट्न गर्दै उपराष्ट्रपति पुनले समावेशी र दिगो विकासका लागि लैङ्गिक विविधतासहितको सहअस्तित्व अनिवार्य रहेकोमा जोड दिनुभयो । उहाँले नेपालले संविधान र अन्य कानूनमार्फत महिलाको हक अधिकार सुनिश्चितताका लागि राज्यका हरेक निकायमा समानुपातिक समावेशिताको व्यवस्था लागू गरेको बताउँदै मुलुक समृद्धिका लागि महिलालाई आर्थिक र सामाजिक रुपमा सशक्तीकरण गर्नु आवश्यक छ भन्नुभयो । विश्वमै महिलामाथि हुने विभेद अन्त्य गर्ने घोषणा गरिए पनि महिलामाथि हुने विभेद कायमै रहेको उल्लेख…

Read More

विराटनगर, १८ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पुल निर्माणमा लापर्बाही गरेको आरोप लागेका पप्पु निर्माण कम्पनीलाई कारबाही गरिने बताउनुभएको छ । उक्त कम्पनीले ठेक्का लिएका अन्य आयोजनामा पनि जनगुनासो बढेकाले एक छानविन आयोग गठन गरिने र उक्त आयोगको सुझब बमोजिम कारर्बाही गरिने विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले जानकारी दिनुभयो । पाँच प्रतिशत निर्माण कम्पनीका ठेकेदारका कारण अन्य ठेकेदारले पनि दुःख पाएको आफूले महसुस गरेको बताउँदै मन्त्री महासेठले सडक र पुलको निर्माणलाई प्रभाबकारी बनाउन पहल गर्ने र यस्को अनुभूति नेपाली जनताले केही समयपश्चात् मात्र गर्ने चर्चा गर्नुभयो । उहाँले रकम लिई निर्माणमा बदमासी गर्ने निर्माण कम्पनीलाई रु…

Read More

सान नेपाल गौरादह, १८ भदौ । गौरादह जेसीज वर्ष २०१८ का अध्यक्ष हेमचन्द्र घिमिरे (राजु) शुभलक्ष्मी सहकारी संस्थाको चुनावी मैदानमा उत्रिएका छन् । नम्र र मिजाशिला व्यक्तित्वका धनी घिमिरे एक दशक देखी शुभलक्ष्मीमा उपस्थिती देखाउँदै आएका एक दक्ष र अनुभवी व्यक्ति मानिन्छन् । विभिन्न सामाजिक गतिविधिमा सक्रिय भुमिकामा रहेका घिमिरे शुभलक्ष्मी सहकारीमा कार्यालय सहयोगीको रुपमा प्रवेश गरेका हुन् । कार्यालय सहयोगीको रुपमा निकै राम्रो प्रसंसा प्राप्त गर्न सफल उनलाई संस्थाले कर्जा अधिकृतको जीम्मेवारी समेत प्रदान गरेको थियो । कर्जा अधिकृत भएर सेवारत घिमिरे कार्यवाहक व्यवस्थापक भएर पनि जिम्मेवारी बहन गरिसकेका छन् । २०१२ मा गौरादहमा स्थापना गरिएको गौरादह जेसीजमा स्थापनाकालबाटै…

Read More

झापा, १८ भदौ । यहाँका चिया मजदूर सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पाउनबाट वञ्चित भएका छन् । न्यूनतम पारिश्रमिक नपाएपछि चिया मजदूरले आन्दोलन गर्ने भएका छन् । न्यूनतम पारिश्रमिक वृद्धि गरे पनि चिया बगानका मालिक तथा उद्योगले दिन नमानेपछि मजदुर आन्दोलनमा उत्रिने भएका हुन् । नेपाल चिया बगान श्रमिक सङ्घ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदूर सङ्घले आन्दोलन गर्ने जनाएको छ । सरकारले गत साउन १ गतेदेखि लागू हुने गरी चिया मजदूरको न्यूनतम पारिश्रमिक रू २७८ बाट वृद्धि गरी रू ३८५ निर्धारण गरेको छ । सरकारले निर्धारण गरेको पारिश्रमिक मजदूरले पाउन नसकेको नेपाल चिया…

Read More

म्याग्दी, १८ भदौ । रघुगङ्गा गाउँपालिका–३ मतारेका गणेशबहादुर किसान (थापा) कुबेतमै ढल्नुभयो । रक्तचापको समस्याले अचेत् भएर ढलेपछि उहाँलाई उपचारका लागि अस्पताल भर्ना गरियो । गत साउन ६ गते अकस्मात स्वास्थ्यमा गम्भीर समस्या आएपछि उहाँलाई कोमामा (अचेत अवस्था) राखेर उपचार गरिएको थियो । दुई हप्तापछि सामान्य होशमा आउनुभएका किसानको स्वास्थ्य पूर्ण रुपमा सामान्य अवस्थामा फर्कन अझै सकेको छैन् । उहाँ अहिले पनि आफूले काम गर्ने कम्पनीको सहयोगमा कुबेतको आदान अस्पतालमा उपचार गराइरहनुभएको छ । घरखर्च जुटाउन प्रवास पुग्नुभएका घरमूली नै बिरामी परेर अस्पतालमा भर्ना भएपछि यता उहाँको परिवार चिन्तित बनेको छ । कुबेतको कुक्जे कम्पनीमा कार्यरत किसान प्रवासमै थलिएपछि परिवारको…

Read More