
खुदुनाबारी, १८ भदौ । झापाको अर्जुनधारा–६ मा नवनिर्मित गाउँघर क्लिनिक उद्घाटन भएको छ ।
उक्त वडामा समावेशी टोलमा रहेको गाउँघर क्लिनिकको रिबिन काट्दै अर्जुनधारा नगर प्रमुख हरि कुमार रानाले उदघाटन गरेका थिए । गाउँ घर क्लिनिक उदघाटन गरेपछि नगर प्रमुख रानाले भने– गाउँघर क्लिनिकलाई शहरी स्वास्थ्य केन्द्र स्थापनाका लागि कार्यपालिकाले निर्णय गरी प्रदेश–१ सामाजिक विकास मन्त्रालयमा सिफारिस गरी सकिएको बताए ।

गाउँघर क्लिनिक संञ्चालन समितिका अध्यक्ष डम्बर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा–६ का अध्यक्ष लोकनाथ गौतम, गोमादेवी लुइटेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । आर्थिक प्रतिवेदन वाचन मनोरथ पाण्डेले प्रस्तुत गरेका थिए । कार्यक्रममा नवनिर्मित भवन निर्माण गर्ने दाताहरुलाई प्रशंशा पत्रद्धारा सम्मानित भएका थिए ।
कार्यक्रममा नगर सभा सदस्यहरु टुम्मानाथ काफ्ले, अर्जुन मेचे, लक्ष्मी दंगाल महतरा, माया खाँती, अर्जुनधारा स्वास्थ्य चौकी सिनियर अहेव दुर्गा प्रसाद भट्टराई लगायतको आतिथ्यता रहेका थिए । कार्याक्रम संचालन कमल प्रसाद आचार्यले गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

