
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
नारायण न्यौपाने काठमाडौँ, १८ भदौ । मानवीय सभ्यताविरुद्धको गम्भीर सामाजिक अपराधका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कानून समयानुकूल बनाई दण्ड, सजाय र क्षतिपूर्तिलाई कडा तुल्याउने विधेयक सदनमा पेश गरिएको छ । जातीय भेदभाव तथा छुवाछूत ९कसुर र सजाय० ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयकलाई सरकारले सदनमा प्रस्तुत गरेको छ । विधेयकमा कसुरको प्रकृतिअनुसार कसुर गरेको ठहरेमा अदालतले कसुरदारबाट पीडितलाई रु दुई लाखसम्म क्षतिपूर्ति भराइदिन सक्ने प्रावधान प्रस्ताव गरिएको छ । संविधानको धारा २४ मा छुवाछूत तथा भेदभावविरुद्धको हकसम्बन्धी व्यवस्था रहेको र मौलिक हकको कार्यान्वयनको लागि त्यससम्बन्धी कानून संविधान जारी भएको तीन वर्षभित्र बनाई सक्नुपर्ने बाध्यात्मक व्यवस्था रहेको छ…
पर्वत, १८ भदौ । पर्वतको सदरमुकाम कुस्मा बजारबाट प्रहरीले जुवाखालमा छापा मारेर नौ जनालाई पक्राउ गरको छ । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई कुस्मा नगरपालिका वडा नं ७ दुर्लुङचोकस्थित लेस्पार होटलबाट आइतबार साँझ छापा मारेर जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । प्रहरीले मोदी गाउँपालिका वडा नं ४ का विकास पुन, मेखबहादुर पुन, हरि पुन, बलबहादुर पुन, अम्बे पुन, कुस्मा नगरपालिका वडा नं ७ का महेन्द्र पुन, कुस्मा नगरपालिका वडा नं ४ का ४५ वर्षीय ओम पुन, जलजला गाउँपालिका वडा नं ६ का ४१ वर्षीय मीनबहादुर चोचाङ्गी र जलजला–६ कै मीनबहादुर पुनलाई पक्राउ गरेको जानकारी दिएको छ…
काठमाडौँ, १८ भदौ । प्रतिनिधिसभाको बैठकमा सांसदले विषयगत मन्त्रालयमाथि प्रधानमन्त्रीसहित सम्बन्धित मन्त्रीलाई प्रश्न गर्ने र प्रधानमन्त्री एवं मन्त्रीले जवाफ दिने बारको निर्धारण गरिएको छ । सचिवालयद्वारा जारी सूचीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबारे प्रश्न सोध्नका लागि आइतबार निर्धारण गरिएको छ । त्यसैगरी रक्षा, शिक्षा, विज्ञान तथा प्रविधि, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित प्रश्न सोध्नका लागि सोमबार तोकिएको छ । सांसदले स्वास्थ्य तथा जनससङ्ख्या, कानून, न्याय तथा संसदीय मामिला, सङ्घीय मामिला तथा सामान्य प्रशासन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित प्रश्न मङ्गलबार सोध्न सक्नेछन् । गृह, कृषि तथा पशुपक्षी विकास, महिला बालबालिका तथा ज्येष्ठ नागरिक,…
काठमाडौँ, १८ भदौ । “आर्थिक रुपमा विपन्न सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययन लागि पाँच प्रतिशत अनुदानमा शैक्षिक कर्जा उपलब्ध कहिलेसम्म उपलब्ध गराइन्छ ?” प्रतिनिधिसभाको आजको बैठकमा सांसद सञ्जयकुमार गौतमले यो प्रश्न सोधी चालु महाधिवेशनमा ‘प्रश्नोत्तर कार्यक्रम’ शुरु गर्नुभयो । सांसदले मौखिक प्रश्न सम्बन्धित मन्त्रीसमक्ष राख्ने र मन्त्रीले जवाफ दिनेक्रम आजदेखि शुरु भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आर्थिक रुपमा विपन्न सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि पाँच प्रतिशत अनुदानमा शैक्षिक कर्जा उपलब्ध गराउन कार्यविधि तयार भई कार्यान्वयनको क्रममा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यालयल…
बुटवल, १८ भदौ । बुटवल उप–महानगरपालिकाले नगरभित्र ग्रामीण क्षेत्रका दुग्ध कृषकलाई बाल्टी वितरण गरेको छ । उपमहानगरपालिका–१४ का विभिन्न टोलका किसानलाई दुग्ध उत्पादनमा कृषकलाई प्रोत्साहित गर्न बाल्टी वितरण गरिएको हो । किसान लक्षित कार्यक्रमअन्तर्गत उपमहानगरले व्यावसायिकरुपमा दुग्ध उत्पादन शुरु गरेका किसानका लागि बाल्टी वितरण गरेको हो । ती स्थान ग्रामीण क्षेत्र दूध उत्पादनका पकेट क्षेत्र हुन् । वडाका भेलभरिया, उजेलापुर, विनायकपुरलगायतका विभिन्न टोलका १०० किसानलाई उपमहानगरका उपप्रमुख गुमादेवी आचार्यले बाल्टी हस्तान्तरण गर्दै गोठदेखि ओठसम्मै सफा दूध भन्ने सङ्कल्पलाई साकार पार्न किसानलाई आग्रह गर्नुभयो । त्यसक्रममा वडाध्यक्ष दधिराम न्यौपानेले वडाले किसानको दुग्ध उत्पादन क्षमताका आधारमा चरणबद्धरुपमा कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो…
भद्रपुर, १८ भदौ । झापाको अर्जुनधारा नगरपालिका– ८ हात्तीकिल्लामा भुस्याहा कुकुरको टोकाइबाट खसी बोका मरेपछि स्थानीयवासी त्रसित छन् । दैनिक दर्जनको सङ्ख्यामा हुल बाँधेर हिँड्ने जङ्गली कुकुरले टोकेकै कारण करीब ३५ स्थानीयवासीको खसीबोका मरेका छन् । कुकुरको टोकाइबाट एक हप्तायता सोही क्षेत्रका बासिन्दाका ४० खसीबोका मरेका छन् जसको मूल्य रु तीन लाखभन्दा बढी रहेको सोही वडाका वडाध्यक्ष गोपीचन्द गौतमले बताउनुभयो । शिशुहरुको स्कुलको शुल्क तिर्न र दशैँखर्च टार्न भनी पालिएका खसी यसरी भुस्याहा कुकुरले मारिदिँदा आर्थिक क्षति पुगेको बताउँदै भुस्याहा कुकुर नियन्त्रण र क्षतिपूर्तिका लागि पीडित पक्षले वडा नं ८ का वडाध्यक्षलाई आइतबार ज्ञापनपत्र बुझाएका छन् । उहाँका अनुसार अर्जुनधारा–३…
इलाम, १८ भदौ । श्रीमानको मृत्यु भएपछि एकल महिलालाई सामाजिक सुरक्षा भत्ता सरकारले व्यवस्था गरेको वर्षौं बित्यो । उस्तै अवस्थाका पुरुषले भने केही पाउँदैनन् । तर देउमाई नगरपालिकाका करिब २ सय यस्ता ‘भाग्यमानी पुरुष’ छन्, जसले एकल महिलासरह मासिक भत्ता पाउँछन् । श्रीमतीको मृत्युपछि अर्को विवाह नगर्ने जुनसुकै उमेरको पुरुषले भत्ता पाउनेछ तर विवाह नगरी बसेकाका हकमा ६० वर्ष उमेर पुग्नुपर्नेछ । नगरसभाले नै पारित गरेर चालु आर्थिक वर्षदेखि यो निर्णय गरेपछि हरेक एकल पुरुषले महिनाको १ हजार रुपैयाँ पाउँछन् । यो वर्षका लागि नगरपालिकाले भत्ता वितरणका लागि छ लाख रुपैयाँ छुटयाएको हो । ‘एकल भएपछि पुरुषले पनि पाको हुँदै…
सिन्धुपाल्चोक, १८ भदौ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबीसे नगरपालिकाअन्तर्गत जुरेस्थित सुनकोशी नदीमा माछा मार्न गएका दुई भारतीय नागरिक आइतबार नदीले बगाएर बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा विहार प्रान्तअन्तर्गत सीतामढी पर्शुराम– ९ निवासी ३० वर्षीय रुपलाल सहनी र २५ वर्षीय मनोहर सहनी रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबीसेले जानकारी दिएको छ ।
पथरी, १८ भदौ । प्रदेश नं १ को गौरवको आयोजनामा भनिएको जातीय सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि मोरङको पथरी शनिश्चरे नगरपालिका– १० को भूटानी शरणार्थी शिविरमा सर्भे शुरु भएको छ । भूटानी शरणार्थी शिविर रहेका क्षेत्रमा निर्माण हुने बृहत् जातीय सांस्कृतिक सङ्ग्रहालयका लागि प्रारम्भिक सर्भे थालिएको हो । प्रदेश सरकारको तर्फबाट इडी कन्सल्टका राजेन्द्र भट्टराईको टोलीले आइतबार शिविर र आसपासका क्षेत्रको प्रारम्भिक सर्भे गरेको हो । वडाका कार्यवाहक अध्यक्ष मनोज घिमिरे, कार्यपालिका सदस्य मैनादेवी फुयाँल आचार्य, अरुणा राई, गीता विश्वकर्मा तथा स्थानीय सामाजिक अगुवाले सर्भे टोलीलाई सङ्ग्रहालयका लागि प्रस्तावित क्षेत्रको अवलोकन गराएका थिए । सर्भे टोलीका राजेन्द्र भट्टराईले प्रस्तावित क्षेत्रको पहिलो…
काठमाडौँ, १८ भदौ । आगामी पुसबाट जयनगर-जनकपुर रेल सेवा चल्ने तरखरमा छ। बर्दिबाससम्म लिक बन्दैछ। तर, त्यो कुन ढंगले चलाउने सरकार अझै टुंगोमा पुगेको छैन। प्रधानमन्त्री केपी ओली र बिम्स्टेक सम्मेलनमा आएका भारतीय समकक्षी नरेन्द्र मोदीबीच यस विषयमा गहन छलफल भयो। प्रधानमन्त्री निकट स्रोतले भन्यो– भेटको मुख्य एजेन्डा नै रेल बन्यो। नेपालले रेलमार्ग यसमा प्राविधिक तयारी गरेकै छैन। रेल किन्ने वा भाडामा लिने निचोड निस्किएकै छैन। सरकारको यो सुस्तताले समयमा रेल सञ्चानल हुने÷नहुने अन्योल बढेको भौतिक पूर्वाधार मन्त्रालयका एक अधिकारीले बताए। तीन डिब्बासहितको नयाँ रेल किन्दा करिब दुई अर्ब रुपैयाँ लाग्ने अनुमान छ। त्यसैले डिब्बा भाडामा लिने केही अधिकारीको राय…