
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १८ भदौ । प्रहरीको नियन्त्रणमै रहेका बेला मृत्यु भएका सिके राउत समर्थक नेता राममनोहर यादवका आफन्तले उनको हत्या भएको आशंका गरेका छन् । स्वस्थ अवस्थामा पक्राउ परेका यादवको मृत्यु रहस्यमय भएको भन्दै उनका आफन्तले हत्याको आशंका गरेका हुन् । उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झन्डा देखाएको आरोपमा पक्राउ परेका बाँकेको जानकी गाउँपालिका ६ का यादव ३० बर्षीय यादवको गत शुक्रबार राति हिरासतमै मृत्यु भएको थियो । आजको नागरिक दैनिकमा खबर छ ।
काठमाडौँ, १८ भदौ । प्रदेश ३ का सभामुखलाई मासिक तलब ५३ हजार तथा उपभसभामुख र विपक्षी दलका नेतालाई ५० हजार रुपैयाँ तलब तोकिएको छ । आईतवार बसेको प्रदेशसभा बैठकमा सत्तापक्षको मुख्य सचेतक, समितिका सभापति र विपक्षी दलका प्रमुख सचेतकका ४९ हजार, दलका प्रमुख सचेतक, सत्तापक्षको सचेतक र विपक्षी दलका सचेतकको ४७ हजार र प्रदेशसभा सदसइ सांसद को ४५ हाजर रुपैयाँ पारित गरिएको हो । प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमाा व्यवस्था गर्न बनेको विधेयक २०७४ माथि प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले पेश गरेको प्रतिवेदनमा अन्य सुविधासमेत थप गरी पारित गरिएको छ ।, आजको नागरिकदैनिकमा खबर छ ।
काठमाडौँ, १८ भदौ । संगै पढ्ने साथीका बुबाबाट १४ बर्षे किशोरी बलात्कृत भएकी छिन् । एसपी विनोद घिमिरेका अनुसार घोडाघोडी नगरपालिका–६ की ती किशोरीलाई गत बुधबार हर्कबहादुर कुवरले राति घरमा कोही नभएको बेला पछयौराले मुख र हात बाँधेर बलात्कार गरेका हुन् । स्थानीयले गाउँमै मिलाउन खोजेका रहेछन् । सहमति नभएपछि प्रहरीसमक्ष खबर आएको रहकेछ, उनले भने, हाल उनी फरार छन् । किशोरीका अभिभावकले इलाका प्रहरी कार्यालय सुखडमा शुक्रबार उजुरी दिएपछि कुँवरमाथि जबरजस्ती करणी मुद्धा दर्ता गरी खोजी थालिएको प्रहरी जनाएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
काठमाडौँ, १८ भदौ । सरकारले झन्डै एक बर्ष लगाएर संघीय निजामति सेवासम्बन्धी विधेयक बनायो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो गृहकार्यपछि बनाएको विधेयक स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठायो पनि । मन्त्रिपरिषदमा पठाउँदा एउटा प्रावधान भने चलाखीपुर्ण रुपमा हटाइयो, त्यो हो बहुविवाहसम्बन्धी प्रावधान । मन्त्रिपरिषदमा पठाउनु अघिसम्म प्रस्तावित विधेयककमो सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था, समेटिएको दफामा यस्तो व्यवस्था थियो, बहुविवाह गर्ने कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त आयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गरिनेछ । तर मन्त्रिपरिषदमा पठाइएको विधेयकमा बहुबिबाहसम्बन्धी प्रावधान एकाएक हटाइएको छ । बहुविवाह गर्ने कर्मचारी बर्खास्त हुने प्रावधान हटाएर संघीय नेपालका कर्मचारीलार्य खुलेआमा बहुविवाहको स्वीकृति दिन खोजिएको हो…
काठमाडौँ, १८ भदौ । अठार दिनको छोराले बान्ता गरेपछि सिन्धुलीकी संगीता रावत दौडँदै कान्ति बाल अस्पतालमा पुगिन् । चिकित्सकले पेटको एक्सरे रिपोर्ट हेर्नुपर्ने बताएपछि छोरा च्यापेर उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल गइन्। आकस्मिकबाहेक सेवाहरू ठप्प भएको थाहा पाएलगत्तै रुन थालिन्। संगीतालाई छोराको ज्यान बचाउने चिन्ता थियो। सिमसिमे पानीमा भिजेकी २१ बर्से रावतले सुँक्सुँकाउँदै भनिन्, ‘छोराको ज्यानको तलमाथि हुन्छ कि भन्ने चिन्ता छ।’ संगीताझैं चिन्तित देखिन्थे, धादिङका दीपक गुरुङ। शिक्षण अस्पतालले छोरी दीपिकालाई मुटुको जाँच गराउन गंगालाल हृदयरोग केन्द्र पठाएपछि उनी तनावमा परे। गंगालाल अस्पतालको टिकट काउन्टर बन्द थियो। आपतकालीन कक्षमा पुगेका उनलाई चिकित्सकहरूले इको गर्न सेवा बन्द भएको जनाउँदै फर्काए।…
इलाम, १८ भदौ । इलाम र झापाको सीमावर्ती क्षेत्र राँके बजारमा गएराति आगलागी हुँदा करीब रु दुई करोड मूल्य बराबरको क्षति भएको छ । देउमाई नगरपालिका–१ का स्थानीय ठालुराम श्रेष्ठको घरमा भएको आगलागीमा तीन वटा सटर ९पसल० साथै घर जल्दा सो मूल्य बराबरको क्षति भएको हो । विद्युत चुहिएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । बेलुका करीब ८ बजे शुरु भएको आगलागी ११ बजे राती पाँचथरको फिदिम नगरपालिकाबाट आएको दमकलले नियन्त्रणमा लिएको थियो । दमकलसहित स्थानीय बासिन्दा र सुरक्षाकर्मी समेतको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागीबाट राँके बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका श्रीबहादुर विष्टको जुत्ता, चप्पल…
काठमाडौँ, १७ भदौ । सर्वोच्च अदालतले ३० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय मीरा खड्का र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले आज वन तथा वातावरण मन्त्रालयलको नाममा सो अन्तरिम आदेश जारी गरको हो । आदेशमा भनिएको छ, “३० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको नियन्त्रण तथा नियमन गर्न तथा अन्य झोलाको वैकल्पिक झोलाको प्रवद्र्धन गर्ने प्रावधान यो निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्नु नगराउनु ।” वन तथा वातावरणले गत जेठ २३ गते ३० माइक्रोनभन्दा कम मोटाइका झोला रोक्ने कार्यविधि निर्माण गरी ३० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक झोला…
कुमार चौलागाईं काठमाडौँ, १७ भदौ । एशियाली महादेशको ओलम्पिकका रुपमा लिइने १८ औँ संस्करणको एशियाली खेलकूद एक हजार ५५२ पदको छिनोफानो गर्दै आज सम्पन्न भएको छ । यही भदौ २ गते जाकार्तास्थित गेलोरा बुङ कार्नो रङ्गाशालमा त्यहाँका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्नुभएको खेल आज सम्पन्न भएको हो । उद्घाटन समारोहलाई रङ्गशालामा ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका थिए । प्रतियोगितामा ४९ खेल समावेश गरिएको थियो । ४५ देशका ११ हजार ५०० खेलाडीले सहभागिता जनाएको प्रतियोगिता आज सकिँदासम्म ३७ मुलुकले पदक जित्दा आठ मुलुक रित्तोहात घर फर्किएका छन् । प्रतियोगितामा नेपालले सहभागिता जनाएको २९ खेलमध्ये प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धामा रजत…
चितवन, १७ भदौ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले शहीदले पु¥याएको योगदानलाई देशले कहिल्यै बिर्सन नहुने बताउनुभएको छ । पश्चिम चितवनको शारदानगरमा आज साँझ आयोजित शहीद परिवारलाई सम्मान तथा नेपाल–भारत मैत्री सांस्कृतिक कार्यक्रममा बोल्दै उहाँले शहीदको सपना पूरा गर्नुपर्ने बताउनुभयो । धर्मोदय युवा क्लब शारदानगरसहित त्यस क्षेत्रका विभिन्न सङ्घसंस्थाले संयुक्तरुपमा आयोजना गरेको सो कार्यक्रममा देउवाले शहीदको रगतले देशमा ऊर्जा प्राप्त हुनुपर्ने भन्दै उनीहरुकै बलिदानले यो उपलब्धि प्राप्त भएको बताउनुभयो । देशको यो उपलब्धिलाई संरक्षण गर्न सके मात्र शहीदका सपना पूरा हुने उहाँको भनाइ थियो । देउवाले देशमा संसदीय बहुदलीय व्यवस्था प्राप्त हुनुमा शहीदकै योगदान रहेको बताउनुभयो । शहीदहरुले दिएको योगदानलाई…
काठमाडौँ, १७ भदौ । नेपाली काङ्ग्रेसले पार्टीको विधान समयानुकूल परिमार्जनका लागि यही भदौ २३ गतेसम्म प्रारम्भिक मस्यौदा तयार गर्ने जनाएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रारम्भिक मस्यौदालाई मूल समितिले भदौभित्र एकीकृत गरी सातै प्रदेशमा मस्यौदामाथि अन्तक्र्रिया गरिने जानकारी दिइयो । पत्रकार सम्मेलनमा काङ्ग्रेस नेता एवं समितिका प्रवक्ता रमेश लेखकले प्रदेशस्तरमा अन्तक्र्रियापछि प्रारम्भिक मस्यौदामा प्राप्त सुझावका आधारमा अन्तिम मस्यौदा तयार गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पेश गरिने बताउनुभयो । समितिले गठन भएयता आफ्नो कार्यविधि स्वीकृत गरी विधान संशोधनका आधारहरु तय गर्नुका साथै पार्टीका विभिन्न निकाय, भातृ एवं शुभेच्छुक संस्था, जनसम्पर्क समितिलगायत सरोकारवालाबाट सुझाव सङ्कलन गरिरहेको जनाएको छ ।…