झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १७ भदौ । बजारमा नक्कली सर्टिफिकेटको चर्चा व्यापक छ । नक्कली नागरिकता पनि ब्यापकै छ भन्दा फरक पर्दैन । त्यस्तै नक्कली साबुन, नक्कली तेल, नक्कली सैम्पु, नक्कली औषधिबारे पनि हामीले सुनेकै हौँ । अब नक्कलीहरुको यो हुलमुलमा एउटा अर्को नक्कली थपिएको छ, नक्कली बलात्कारी । बजार त नक्कलीहरुले पुरै छोपिसकेको रहेछ । हुँदाहुँदा अब बलात्कारीसमेत नक्कली आउन थालिसक्यो । हालै मात्र कञ्चनपुरमा त्यस्तो नक्कली बलात्कारी पक्राउ परेको हो । कञ्चनपुरमा गत महिना एक चेली बलात्कारपछि हत्याको सिकार भएकी थिइन् । घटनाप्रति स्थानीय जनता आक्रोशित भएपछि प्रहरीले एउटा बलात्कारी पक्राउ गर्यो । सबैका सामु सार्वजनिक पनि गर्यो । पछि थाहा…

Read More

काठमाडौँ, १७ भदौ । एक साताभित्रै प्रदेश ५ मा आधा दर्जन बलात्कारका घटना सार्वजनिक भएका छन् । तीमध्ये तीन जना बालिका छन् । मंगलबार बाँकेको कोहलपुरमा पाँच वर्षीया बालिकामाथि काकाले बलात्कार गरेको मुद्दा प्रहरीकहाँ पुगेको खबर नसेलाउँदै शुक्रबार १३ वर्षीया बालिका आफ्नै हजुरबुवाबाट बलात्कृत भएकी छन् । कोहलपुर नगरपालिका–३ निवासी ७० बर्से वृद्धले नातिनीलाई तीन वर्षदेखि यौन शोषण गर्दै आइरहेको रहस्य खुलेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका सूचना अधिकारी मानबहादुर बिसीका अनुसार पीडित बालिकाले शुक्रबार प्रहरीमा हजुरबुवाविरुद्व उजुरी दिएकी छन् । आरोपी वृद्धलाई शुक्रबारै पक्राउ गरी प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ । शुक्रबारै पीडित बालिकाको स्वास्थ्य परीक्षण…

Read More

गौरादह, १७ भदौ । गौरादह–४ डोरामारीमा तीज विषेश कार्यक्रम सम्पन्न भएको छ । वार्ड नं. ४ महिला सञ्जालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । गौरादहको पुरानो र ऐतिहासिक बजारको रूपमा स्थापित डोरामारी बजारलाई नगरभित्रको मुख्य बजारको रूपमा बिकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ । तीज पर्वको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा प्रतियोगितात्मक तिज नृत्यहरु प्रस्तुत गरिएको थिए । अन्तर्पार्टी पार्टी महिला संजाल कि अध्यक्ष विनिता कट्वालको सभापतित्वमा सप्पन्न भएको कार्यक्रममा ४ नं. वार्ड अध्यक्ष मडिन्द्र कार्की प्रमुख अतिथि रहेका थिए । त्यसैगरी, विशिस्ट अतिथिमा १ नं. वडाध्यक्ष नगेन्द्र भण्डारी, गौरादह उद्योग वाणिज्य संघ अध्यक्ष जीवनकुमार रार्इ, महिला नेत्री…

Read More

जाजरकोट, १७ भदौ । जाजरकोटमा एक जनप्रतिनिधि राजीनामा दिएर शिक्षिका बन्नुभएको छ । गत वर्ष सम्पन्न स्थानीय तहको चुनावमा वडा सदस्यमा निर्वाचित हुनुभएकी जुनिचाँदे गाउँपालिका–६ की गरिमा शाही राजीनामा दिएर शिक्षिका बन्नुभएको हो । शाही तत्कालीन माओवादी केन्द्रबाट वडा सदस्य भई जिल्ला समन्वय समितिको सदस्यसमेत निर्वाचित हुनुभएको थियो । उहाँ छेडागाड नगरपालिका–७ को भानुभक्त आधारभूत विद्यालयको शिक्षिका बन्नुभएको हो । बिहीबार जिल्ला समन्वय समितिबाट राजीनामा दिइ जिल्ला शिक्षा समन्वय इकाइले लिएको परीक्षामा समेल हुनुभएको थियो । कक्षा ६ देखि ८ सम्मको गणित विषयको शिक्षण सिकाइ अनुदान दरबन्दीमा उहाँ शिक्षिका भएको जिल्ला शिक्षा समन्वय इकाइ जाजरकोटका प्रमुख सुधिनराज बुढाथोकीले जानकारी दिनुभयो…

Read More

काठमाडौँ, १७ भदौ । यती एयरलाइन्सको विमान दुर्घटनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ११ घण्टादेखि बन्द रहेको छ । नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौँ आइपुगेको यतीको कलसाइन नाइन एन एएचडब्लुको जेट स्ट्रिम विमान गए राति अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको थियो । शनिबार राति ८ः३० बजे भएको उक्त घटनापछि विमानस्थल अवरुद्ध थियो । दुर्घटनामा कुनै मानवीय क्षति भएन । घाँसे मैदानमा धस्सिएको विमानलाई नेपाल नागरिक उड्डयन प्राधिकरण, यती एयरलाइन्सका प्राविधिकलगायतको टोलीले तानेर रनवेतर्फ लगिसकेको विमानस्थल कार्यालयले जनाएको छ । केहीबेरमा सञ्चालनमा आउने अवरुद्ध विमानस्थल केहीबेरमै सञ्चालनमा आउने भएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार प्राधिकरण, विमानस्थलको फायर फाइटिङका कर्मचारी, नेपाल प्रहरी,…

Read More

दाङ, १६ भदौ । आफ्नै सासूलाई बोक्सीको आरोप लगाइ हत्या गरी फरार भएकी एक महिलालाई आज इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरी सार्वजनिक गरेको छ । दाङको दङ्गीशरण गाउँपालिका वडा नं ३ की ६९ वर्षीया खोपी रावतलाई हत्या गरी फरार रहेकी बुहारी टङ्की रावतलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा घटनाका बारेमा जानकारी दिनुहँुदै इप्रका तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले गत भदौ २ गते झारफुक गराउन भनी घरबाट सल्यानको कपुरकोट पुगेका सासूबुहारी भोलिपल्टसमेत घर नफर्केको र उनीहरुको साथमा रहेको मोबाइ स्वीच अफ भएको भन्दै परिवारका सदस्यले इलाका प्रहरी कार्यालय तुलसीपुरमा खोजतलासका…

Read More

काठमाडौँ, १६ भदौ । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले अहिलेकै अवस्थामा बलात्कारीलाई मृत्युदण्ड हुने कानून बनाउन नसकिने बताउनुभएको छ । नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घ महिला विभागले यहाँ आज आयोजना गरेको कार्यक्रममा उपसभामुख तुम्बाहाङ्फेले जस्तोसुकै अवस्थामा पनि नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित हुने गरी विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र अभिसन्धिमा नेपालले हस्ताक्षर गरेको सन्दर्भमा बलात्कारीलाई मृत्युदण्ड हुने कानून बनाउन नसकिने स्पष्ट पार्नुभयो । “बलात्कारीलाई मृत्युदण्डको माग गरेर अहिले जतिसुकै आन्दोलन गरे पनि नेपाल विभिन्न अन्तर्राष्ट्रिय सम्झौतामा रहुन्जेल बलात्कारीलाई मृत्युदण्ड हुने कानून निर्माण गर्न सकिँदैन तर सङ्घीय संसद्ले महिला हिंसामा संलग्नलाई भने कठोर कानून बनाएर कारवाही गर्ने छ”, उहाँले भन्नुभयो । आजै…

Read More

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरको बेलडाँडी गाँउपालिका–१ का अन्दाजी १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका मानबहादुर विष्ट रहेका छन् । पक्राउ परेका विष्टलाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो । गत बिहीबार राति २ बजे किशोरीको घरमा पूजापाठ भइरहेका बेला मोटरसाइकलमा आएका दुई जनाले उनलाई सडकमा बोलाई लगेका थिए । शुक्रबार किशोरीलाई जवदिया भन्ने स्थानबाट प्रहरीले उद्धार गरेको थियो । बलात्कारमा संलग्न अर्का एक जनाको प्रहरीले खोजी गरिरहेको छ । किशोरीको स्वास्थ्य परीक्षणलगायतका कार्य…

Read More

काठमाडौँ, १६ भदौ । एशिया कप छनोट क्रिकेटमा नेपालले आयोजक मलेशियालाई १९ रनले पराजित गर्दै छनोटमा पहिलो जित निकालेको छ । मलेशियाको राजधानी क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा मलेशियाले निर्धारित ३० ओभरमा नौ विकेट गुमाएर १६९ रन मात्र बनायो । मलेशियालाई १६९ रनमै सीमित गर्ने क्रममा नेपालका वसन्त रेग्मीले तीन, सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई÷दुई, सागर पुन र दीपेन्द्रसिंह ऐरीले एक÷एक विकेट लिए । मलेशियाका लागि मोहम्मद अनवरले ३४, सैद अजिज मुवारकले ३४, अहमेद फैज नुरले २२, भिरनदीप सिंहले २१, मोहम्मद रम्लीले १३ र सरभिन मुनियान्डीले १० रन बनाए । ययअघि टस…

Read More

काठमाडौँ, १६ भदौ । इण्डोनेसियामा जारी १८ औँ एशियाली खेलकूदमा रजत पदक जित्न सफल प्याराग्लाइडिङका खेलाडीले जनही रु पाँच÷पाँच लाख पाउने भएका छन् । राष्ट्रिय खेलकूद परिषद् ९राखेप०को २०६८ साल चैत २१ गतेको सञ्चालक समिति बैठकले एशियाडमा व्यक्तिगत स्पर्धातर्फ स्वर्ण जिते रु २५ लाख, रजत जिते १५ लाख र कास्य जिते रु १० लाख तथा समूहगत स्पर्धातर्फ स्वर्ण जिते प्रतिखेलाडी रु १०, रजत जिते रु पाँच र कास्य जिते रु दुई लाख दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार नेपाली प्याराग्लाइडिङ टोलीले अब जनही रु पाँच लाख पाउने नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घका महासचिव शैलेन्द्र रावतले जानकारी दिनुभयो । विमल…

Read More