
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १५ भदौ । सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गतका १० वटा समितिका सभापतिको निर्वाचनसम्बन्धी पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीद्वारा आज जारी सूचनामा सभामुखको निर्देशनमा अर्को सूचना प्रकाशित नभएसम्म समितिका सभापति चयनसम्बन्धी निर्वाचनका पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको उल्लेख छ । निर्वाचनको पूर्वनिर्धारित कार्यक्रमअनुसार भोलि भदौ १६ गते शनिबार बिहान ११ देखि दिउँसो ५ बजेसम्म प्रस्ताव दर्ता गर्ने, भदौ १७ गते बिहान ११ बजेदेखि प्रारम्भ हुने समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्न कार्यक्रम रहेको थियो । प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य, सार्वजनिक लेखा, अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र…
सुर्खेत, १५ भदौ । कर्णालीका चर्चित कलाकार ‘लोकतान्त्रिक धामी’ तिलकप्रसाद चौलागाईको अल्सरबाट निधन भएको छ । तातोपानी गाउँपालिका–५ लाम्रा निवासी ६१ वर्षीय चौलागाईको उपचारका क्रममा बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा निधन भएको हो । जुम्लाबाट बाजुराको बडिमालिकाको तीर्थ दर्शनमा हिँड्नु भएका उहाँ फर्कंदा मुगु र जुम्लाको सिमानाको कालाकाँडा लेकमा बिरामी भएपछि उपचारार्थ अस्पतालमा ल्याइएको थियो । लोकतान्त्रिक नाचबाटै सामाजिक कुरीति र कु–संस्कारविरुद्ध जनतालाई सचेतना जगाउँदै आउनुभएका उहाँ दुई दशकदेखि कला क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो । उहाँका दुई छोरा, चार छोरी छन् । उहाँको आजै जुम्लामा दाहसंस्कार गरिएको छ ।
हितकारी फल केरा खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर, कहिलेकाहीँ यहीँ केराले मानिसलाई वित्यासै पार्दोरहेछ । एकजना युवक आफुसँग रहेको केरा खानुको साटो देखाएको आरोपमा पक्राउ परेका छन् । घटना अमेरिकाको हो । पुलिसलाई केरा देखाएको आरोपमा एक युवक पक्राउ परेका हुन् । पुलिसलाई केरा देखाउने युवकमाथि गुन्डागर्दीको अभियोग लगाइएको छ । पश्चिमी कोलोराडोस्थित एक सडकमा पुलिसले चेकजाँच गरिरहेको थियो । सोही सडक हुँदै २७ वर्षीय नाथन रल्फ चेनिंग गईरहेका थिए । जब पुलिसले उनलाई चेकजाँचका लागि रोक्यो नाथनले एकाएक गोजीबाट केरा निकालेर पुलिसलाई पेस्तोल तेर्साएझैँ गरी देखाए । सुरुमा त साँच्चीकै पेस्तोल पो ताकेको हो की भनेर पुलिस…
काठमाडौँ, १५ भदौ । इण्डोनेशियामा जारी १८औँ एशियाली खेलकूदमा नेपाल जुडोमा पदकविहीन भएको छ । आज सम्पन्न खेलमा नेपालका तीन खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् । आज सम्पन्न पुरुष १०० किलोमुनि तौल समूहमा रविन श्रेष्ठ उज्वेकिस्तानका जुराएभसँग पराजित भए । पुरुष ९० किलोमुनि तौल समूहमा श्रीराम मकाजु ताजकिस्तानका कोमरोशेख उस्तोपिरियोनसँग तथा महिला ७८ किलोमुनि तौल समूहमा पुनम श्रेष्ठ दक्षिण कोरियाकी युजिन पार्कसँग पराजित भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । बिहीबार दक्षिण एशियाली खेलकूद (साग) की स्वर्ण पदकधारी तथा ओलम्पियन फूपुल्हामु खत्री, मनिता श्रेष्ठ प्रधान र सञ्जीत डङ्गोल पराजित भएका थिए । यसअघि बुधबार दुई तथा बिहीबार तीन खेलाडी…
भद्रपुर, १५ भदौ । ह्याप्पील्याण्ड फनपार्क पर्यटकीय गन्तव्य बन्दै गएको छ । कनकाई नगरपालिका–३ स्थित ह्याप्पील्याण्ड फनपार्क आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । सुरुङ्गा बजारदेखि एक किलोमिटर उत्तरतर्फ चार बिघा क्षेत्रफलमा बनेको सो फनपार्क गत वर्ष पुसदेखि सञ्चालनमा आएको हो । कनकाई–२ का दिनेश शिवाकोटी र मनोज शिवाकोटीले रु १२ करोडको लगानीमा फनपार्क निर्माण गरेका हुन् । यहाँ दैनिक ५०० देखि एक हजारसम्म आन्तरिक पर्यटक आउने गरेका छन् । फनपार्कमा माटोको ढिस्को उठाएर निर्माण गरिएको ‘सेल्फी डाँडा’ले पर्यटकलाई बढी आकर्षित गर्ने गरेको छ । पार्कमा आइसफल टावर, पानीको फोहोरा, बगैचा र बाल उद्यान निर्माण गरिएको छ । यहाँ…
आज शुक्रबारबाट सिनेमा ‘मेरी मामु’ प्रदर्शनमा आएको छ । देशभर एकसाथ प्रदर्शनमा आएको यो सिनेमालाई नेपालमा आयोजना भएको बिमस्टेक सम्मेलनले असर पारेको छ । शुक्रबार बिहानको शोमा ४० प्रतिशत अकुपेन्सी रहेको यो सिनेमाको दिउँसोका शोहरुमा केही राहत मिल्ने देखिएको छ । निर्माता सन्तोष सेनले शुक्रबारको तुलनामा शनिबारदेखि सिनेमाको कारोबार राम्रो हुने सम्भावना रहेको बताए । सेनले निर्माण गरेको यस सिनेमामा उनकै ७ वर्षिय छोरा आयुब सेन मुख्य भूमिकामा छन् । यसबाहेक सिनेमामा शारुक ताम्रकार, कुसुम गुरुङ, अश्लेषा ठकुरी, भुवन चन्द, नव कलाकार दुर्गा मल्ल, बालकलाकार कृजन गौतम, शुभम बिष्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । बिक्रम लामा र एन्जीला…
बिर्तामोड, १५ भदौ । इलामको सूर्योदय नगरपालिकामा पाहुना खान गएकी एक महिलाको सुतेकै अवस्थामा मृत्यु भएको छ । माईजोगमाई गाउँपालिका–१ की ५० वर्षीया फुरन्दी शेर्पा सूर्योदय नगरपालिका–१० स्थित हरिबहादुर मुखियाको घरमा बिहीबार बेलुका खाना खाई सुतेकोमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
बिर्तामोड, १५ भदौ । झापाका दुई भिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जना र भद्रपुर नगरपालिका–२ स्थित बिगाउँमा मोटरसाइकलले पैदलयात्रीलाई टक्कर दिँदा एक जनाको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तरगत बिर्तामोड–२ रामचोकमा ना.४ ख ४६५६ नम्बरको ट्रकले मे.५प. १८१८ नम्बरको मोटरसाइकललाई बिहीबार बेलुका ठक्कर दिँदा मोटरसाइकलमा सवार इलाम देउमाई नगरपालिका–८ समीर खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा सोही नगरपालिका–९ का मोटरसाइकल चालक २१ वर्षीय निर्मल कट्टेल घाइते भएका छन् । घाइते कट्टेलको बिएण्डसी अस्पताल बिर्तामोड उपचार भइरहेका छ भने ट्रक…
सुरुङ्गा, १५ भदौ । कनकाई सामुदायिक वन उपभोक्ता समुह वन डढेलो नियन्त्रण, संरक्षण तथा वन व्यवस्थपनमा उत्कृष्ट कार्य गरे वापत जिल्लामै उत्कृष्ट भई प्रथम पुरस्कार सहित सम्मानित भएको छ । डिभिजन वन कार्यालय झापावाट चन्द्रगढीको मुना सामुदायिक भवनमा आयोजित सम्मान तथा राहत वितरण कार्यक्रमका विच कनकाई सामुदायिक वन उपभोक्ता समुहलाई नगद दश हजार सहित सम्मान पत्रका साथ नेपाल सरकार प्रदेश नं.१ का उद्योेग, पर्यटन ,वन तथा वातावरण मन्त्रालयका सचिव वद्रीराज ढुङ्गानाले सम्मान गरेका हुन् । सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका ढुङ्गानाले पहिले वन मासेर धान रोप्ने परम्परालाई छोड्दै हाल धानवाली मासेर वन लगाउँन सुरु गरिएको स्मरण…
काठमाडौं, १५ भदौ । प्रधानमन्मत्री केपी शर्मा ओलीले उपत्यका सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन दिएको ५० दिन बित्दा पनि चाबहिल–जोरपाटी सडकखण्डका खाल्डाखुल्डी नपुरएिको छैन । प्रधानमन्त्रीले असार २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री, मन्त्रालयका सचिव, सडक विभागका प्रमुखलाई कार्यालयमा बोलाएर कंलकी–थानकोट, चाबहिल–जोरपाटी(बौद्ध सडक तत्काल स्तरोन्नतिसहित कालोपत्रे गर्न निर्देशन दिएका थिए । तर, अझै स(साना खाल्डाखुल्डी यथावत रहेको र पानी जमेको भेटिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । साथै विज्ञप्तिमा विद्युत र टेलिफोनका पोल तथा तार हटाउने कार्य प्रतिवद्धता जनाएअनुसार नभएको उल्लेख छ । आजको नागरिक दैनिकमा खबर छ ।