
बिर्तामोड, १५ भदौ । इलामको सूर्योदय नगरपालिकामा पाहुना खान गएकी एक महिलाको सुतेकै अवस्थामा मृत्यु भएको छ ।
माईजोगमाई गाउँपालिका–१ की ५० वर्षीया फुरन्दी शेर्पा सूर्योदय नगरपालिका–१० स्थित हरिबहादुर मुखियाको घरमा बिहीबार बेलुका खाना खाई सुतेकोमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


