
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
इलाम, ९ भदौ । जिल्ला सदरमुकाम इलाममा सुविधा सम्पन्न ‘इलाम सिटी मार्ट’ निर्माण हुने भएको छ । बजारको मुख्य चोकसँगै रहेको भीमसेनस्थान मन्दिर अगाडि सो भवन निर्माण हुने भएको हो । इलाम नगरपालिका र नेपाल सरकारको रु नौँ करोड ३८ लाखको लागतमा व्यापारिक प्रयोजनका लागि भवन बनाउन लागिएको नगरपालिकाले जनाएको छ । भवनमा ९२ सटर, दुई लिफ्ट र चौथो तलामा स्टिलको ट्रस बनाएर त्यसमा तरकारी तथा मासु पसल राखिने नगरपालिकाका इञ्जिनीयर दीपक गुरागाईंले बताउनुभयो । भवन निर्माणका लागि निर्माणस्थलमा रहेका कपडा र तरकारी पसल हटाइसकिएको छ । नगर प्रमुख महेश बस्नेतले शुक्रवार शिलान्यान गर्नुभएको सो भवन आगामी ०७६ चैत ३०…
काठमाडौँ, ८ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आजका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक भोलि शनिबार बस्ने भएको छ । पार्टीको महासमिति बैठकको तयारी र अन्य समिति गठन सम्बन्धमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्ष नेताहरुबीच शुक्रबार दिनभरको छलफल र सहमतिपछि बैठक भोलि बिहान ११ बजे बस्ने तय भएको हो । पार्टीका विभिन्न समितिको गठन र महासमिति बैठकको तयारीका सम्बन्धमा शीर्षनेताहरुबीच सल्लाह गरी टुङ्गो लगाएर मात्र बैठक बस्ने सहमति भएपछि बैठक भोलिका लागि तय भएका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले बताउनुभयो । विशेषगरी महासमिति बैठकको स्थान र मिति, कार्यसम्पादन तथा अनुशासन समिति गठनका सम्बन्धमा नेताहरुबीच छलफल भएको उहाँले…
बैतडी, ८ भदौ । बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने निर्णय गरेको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताइन् । उनले भनिन, “६० बर्ष नाघेका बृद्धहरु समस्यामा परिरहेको गुनासो ब्यापक आउने गरेको छ, त्यसैले नगरकार्यपालिकाबाट ६० बर्षदेखि ७० बर्ष सम्मका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेका हौँ, यसले गर्दा बृद्धहरु खुसि भएकाछन् । बृद्धहरुको अवस्था हेर्दा केहिका छोराछोरी हुदैँनन्, कसैका छोराछोरी भएपनि ख्याल खबर गर्दैनन् र यस्ता समस्यामा परेका ब्यक्तिहरु हाम्रो नगरपालिकामा धेरै भएकाले बिदुर भत्ता दिने निर्णय गरेका हौँ, उनले भनिन्, । ७०बर्ष पछि…
झापा, ८ भदौ । झापाका दुई स्थानमा आज दुर्घटना हुँदा ३९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरत झापाको कमल गाउँपालिका–४ चुलाचुली मोडमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ५१६६ नम्बरको बसले बाटो काट्दै गरेको को १० प ५९८३ नम्बरको मोटरसाइकललाई जोगाउने क्रममा अनियन्त्रित भई पल्टिदा बसमा सवार ९ जनासहित ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइतेहरुलाई दमकस्थित लाइफलाइन अस्पतालमा लगिएको छ भने बस चालक मोरङ हरैँचा–१० का २८ वर्षीय अर्जुन गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै, पूर्व–पश्चिम राजमार्ग अन्तरगत झापाको कनकाई नगरपालिका–४ कोटीहोम…
भीमदत्तनगर, ८ भदौ । कञ्चनपुरको भीमदत्तनगरमा जारी आन्दोलनले उग्ररुप लिएपछि शुक्रबार राति ८ बजेदेखि अनिश्चितकालीन कफ्र्यु लगाइएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले कफ्र्यु आदेश जारी गरी अर्को आदेश नभएसम्मका लागि कफ्र्यु लगाएको जानकारी दिनुभयो । शुक्रबार बेलुकी एक्कासि आन्दोलन उग्र हुँदा प्रहरी र आन्दोलनकारीबीच झडपसमेत भएको थियो । यहाँको ट्राफिक चोकमा भएको झडपमा प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १४ वर्षीय सनी खुनाको मृत्यु भएको छ भने गोली लागेर घाइते भएका पाँच जनालाई महाकाली अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढीतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर स्रोतले जनाएको छ । स्थानीय प्रशासन र सुरक्षा निकायका अधिकारीहरुले मृतकको…
काठमाडौँ, ८ भदौ । एशियाकप छनोटको तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा फराकिलो जित हासिल गरेको छ । आज त्यहाँको स्थानीय ब्लुमफिल्ड क्लबसँग भएको दोस्रो खेलमा नेपाल १७६ रनले विजयी बन्यो । ३२४ रनको विशाल लक्ष्य पच्छ्याउने क्रममा ब्लुमफिल्डले ३८ ओभरमा नौ विकेट गुमाउँदै १३४ रन बनाएपछि प्रकाशमा समस्या आएपछि खेल रोकिएको थियो । त्यसपछि खेल हुन सकेन र नेपालले डक वर्थ लुईस नियमको आधारमा १७६ रनले विजयी बन्यो । नेपालका सागर पुनले तीन, ललित भण्डारीले दुई तथा वसन्त रेग्मी, ललित राजवंशी र कप्तान पारस खड्काले समान एक÷एक विकेट लिन सफल भए । यसअघि टस…
भद्रपुर, ८ भदौ । विद्यार्थीविहीन भएपछि झापा मेचीनगर–१ स्थित जनकल्याण प्राथमिक विद्यालय बन्द भएको छ । शैक्षिक सत्र शुरु भएको एक महिनासम्म विद्यालय खुला गरिए पनि कुनै विद्यार्थी भर्नाका लागि नआएको र भएका सबै विद्यार्थीसमेत अन्यत्र गएका कारण विद्यालय बन्द गरिएको मेची नगरपालिकाका शिक्षा शाखा प्रमुख उद्धव विष्टले बताउनुभयो । २०४५ सालमा स्थापना भएको सो विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्म पठनपाठन हुँदै आएको थियो । विद्यालयमा विगत केही वर्षदेखि विद्यार्थी भर्ना हुन आउने क्रम घटेको थियो । अघिल्लो शैक्षिक सत्रमा २० जना मात्र विद्यार्थी रहेको तत्कालीन बाहुनडाँगी स्रोत केन्द्रका स्रोत व्यक्ति दीपेन्द्र सुब्बाले बताउनुभयो । विद्यालयमा गुणस्तरीय पढाइ नभएको भन्दै…
ताप्लेजुङ, ८ भदौ । ताप्लेजुङमा आजदेखि शुरु भएको तेस्रो पाथीभरा गोल्डकपको पहिलो खेलमा रेडहर्स क्लब इलाम विजयी भएको छ । रेडहर्सले कञ्चनजङ्घा स्पोर्टिङ क्लब ताप्लेजुङलाई एक शून्य गोल अन्तरले पराजित गर्दै विजयी बनेको हो । खेलको पहिलो हाफमा रेडहर्सका जर्सी नं १० का सञ्जय धिमालले गरेको गोल निर्णायक बन्यो । निरोज बस्नेत आजको खेलको ‘म्यान अफ द म्याच’ घोषित भए । यसैबीच शनिबारको खेलमा फिदिम स्पोर्टिङ क्लब पाँचथर र कर्णसिंह स्पोर्टिङ क्लब ताप्लेजुङबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सदरमुकामस्थित भानुजन माध्यामिक विद्यालयको खेलमैदानमा भइरहेको छ । आगामी १६ गते सम्पन्न हुने प्रतियोगितामा काठमाडाँै र भारतका समेत १० टिम…
काठमाडौँ, ८ साउन । ताप्लेजुङमा ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको छ । आज साँझ ६ बजेर १६ मिनेट जाँदा जिल्लाको यामफुदिन केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । यो गोरखा भूकम्प (७ दशमलव ६ रिक्टर स्केल) को परकम्प नभई भूकम्प नै भएको उहाँले बताउनुभयो । ठूला भूकम्प गएको बीचको समयमा यस्ता साना भूकम्प जाने गरेको विज्ञहरुको भनाइ छ । गोरखा भूकम्पको परकम्प पनि पातलो रुपमा गइरहेको छ । पछिल्लो समय गत असारमा दुई र साउनमा दुईवटा परकम्प गएको थियो । पछिल्लो पटक साउन १७ गते दोलखाको नाम्दु आसपास केन्द्रबिन्दु भई ४…
भीमदत्तनगर, ८ भदौ । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गृहमन्त्रालयबाट बिहीबार गठन भएको उच्चस्तरीय छानबिन समितिले यहाँ आएर छानबिन थालेको छ । आज भीमदत्तनगर आइपुगेको गृहमन्त्रालयको टोलीले बालिका हत्या घटनाबारे प्रारम्भिक चरणको छानबिन थालेको छानबिन समितिका संयोजक एवं गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयमा कञ्चनपुरका पत्रकारलाई प्रतिक्रिया दिँदै छानबिन समितिका संयोजक मैनालीले सरकारले समितिलाई घटनाबारे छानबिनका लागि काम, कर्तव्य र अधिकार दिएर पठाएको जानकारी दिँदै घटनाको यथार्थ बाहिर ल्याएरै छाड्ने बताउनुभयो । छानबिनसँगै सत्यतथ्य पत्ता लगाउँदाको अवधिसम्म भीमदत्तनगरमै रहेर काम गर्ने बताउँदै मैनालीले सरकारले तोकेको जिम्मेवारीअनुसार विभिन्न कोणबाट घटनाबारे छानबिन…