झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ६ भदौ । महानगरीय प्रहरी परिसर काठमाडौँले मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्तले बा३६प ८५३२ नंको मोटरसाइकल चोरी गर्ने गोरखाका १९ वर्षीय रामबहादुर मगराती र गोरखाकै २० वर्षीय ईश्वर श्रीमललाई आज पक्राउ गरेको हो । प्रहरी गस्तीमा हिँडिरहेको अवस्थामा धादिङ घर भई सीतापाइला बस्ने दीपक भण्डारीको रोकेर राखेको मोटरसाइकल हराएको भन्ने खबर पाएपछि खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

दमक, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पुरानो युगको अन्त्य भई विकासको नयाँ युगको शुरुआत भएको बताउनुभएको छ । आज झापा गौरादहमा आयोजित नागरिक अभिनन्दन समारोहमा उहाँले भन्नुभयो, “पछौटेपनको युग अब अन्त्य भई विकासको नयाँ युगको शुभारम्भ भइसकेको छ । ” प्रधानमन्त्री ओलीले जनताले अब केही वर्षभित्रै विकासको नयाँ अनूभुति प्राप्त गर्ने बताउँदै सरकारले अघि सारेको समृद्ध नेपालको परिकल्पनालाई साकार पार्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत भएको धारणा व्यक्त गर्नुभयो । “सरकारको एक मात्र लक्ष्य विकास र समृद्धि हो”, उहाँले भन्नुभयो, “यस महान् अभियानमा सबै राजनीतिक दल र जनताको सकारात्मक सहभागिताको आवश्यकता छ ।” प्रधानमन्त्री ओलीले आफू राजनीतिक जोगी…

Read More

काठमाडौै ६ भदौ । विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्थामा रहेका नेपालीलाई सरकारले स्वदेश ल्याएर उपचार गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रासससँगको कुराकानीमा अचेत अवस्थाका रहेका बिरामीको परिवारले भोगेको चिन्ता, मानसिक पीडाप्रति सरकार गम्भीर रहेको भन्दै स्वदेशमै उपचारको प्रबन्ध मिलाउने बताउनुभयो ।  उहाँले भन्नुभयो, “यो संवेदनशील विषय हो, वर्तमान सरकार गठन भएदेखि नै कोमामा रहेका नेपालीलाई स्वदेश झिकाउने पहल भइरहेको छ, यो विषयमा स्वास्थ्य मन्त्रालयसँग पटकपटक छलफल भएको छ । सरकार यस विषयमा अन्त्यन्त गम्भीर छ ।” वैदेशिक रोजगारीमा गएका हजारौँले जीवन गुमाउनु पर्नाको कारण अध्ययन गर्न जरुरी भएको बताउँदै मन्त्री विष्टले सरकारले विज्ञ चिकित्सको…

Read More

काठमाडौँ, ६ भदौ । अखिले नेपाल फूटबल सङ्घ (एन्फा)ले राष्ट्रिय टोलीको कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सहायक प्रशिक्षक बालगोपाल महर्जनलाई दिएको छ । एन्फाको आज बसेको आपत्काली बैठकले नेपाली राष्ट्रिय टोकलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजी नेपाल प्रवेश गर्न नपाउने भएपछि महर्जनलाई सो जिम्मेवारी दिइएको प्रवक्ता किरण राईले जानकारी दिनुभयो । यही भदौ १९ गतेदेखि हुने साफ च्याम्पियनसीप प्रतियोगिताको टोली चयन गर्नुका साथै प्रशिक्षण गराउनुपर्ने भएकाले महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिइएको उहाँले जानकारी दिनुभयो । पर्यटक प्रवेशाज्ञामा नेपाल बस्दै आउनुभएका कोजीलाई सन् २०१८ मा १५० दिन नेपाल बसिरहेका कोजीलाई अध्यागमन विभागले केही समयअघि २०१८ भर नेपाल प्रवेश गर्न रोक लगाएको थियो । अठारौँ…

Read More

काठमाडौँ, ६ भदौ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पूर्वकेन्द्रीय सदस्य स्व भरत शम्शेर राणा क्रान्तिकारी र विद्रोही स्वभावको नेता भएको बताउनुभएको छ । नेता स्व राणाको निधनको १३ दिनमा काङ्ग्रेस केन्द्रीय कार्यालयद्वारा आज यहाँ आयोजित श्रद्धाञ्जलिसभामा सभापति देउवाले उहाँ सम्भ्रान्त परिवारमा जन्मेर पनि समावेशी शासनको पक्षपाक्षी भएको स्मरण गर्नुभयो ।भारतको कोलकत्तामा विद्यार्थीकालमा नै आफ्नो भेट भएको स्मरण गर्दै सभापति देउवाले स्व राणा जातभात र संस्कार नमान्ने क्रान्तिकारी नेता भएको बताउनुभयो । काङ्ग्रेसका पुराना अग्रज नेता राणाको गत साउन २५ गते कोलकात्तामा ९० वर्षको उमेरमा निधन भएको थियो । काङ्ग्रेसका संस्थापक नेता बिपी कोइराला प्रधानमन्त्री हुनुभएको नेपालको…

Read More

विराटनगर, ६ भदौ । मोरङ जिल्लामा रहेका तीन वटा मदिरा उद्योगले गत आव ०७४÷७५ मा रु एक अर्ब ६२ करोड ३७ लाख अन्तशुल्क बुझाएका छन् । यसरी अन्तशुल्क बुझाउनेमा मोरङको बूढीगङ्गा गाउँपालिका टंकिसिनबारीमा रहेको नेपाल लिकर्स प्रालिले रु एक अर्ब २२ करोड ५५ लाख रहेको छ भने बूढीगङ्गा मोरङमै रहेको गोल्डेन लिकर्स प्रालिले रु २५ करोड ६५ लाख र मोरङ रङ्गेली दर्वेशामा रहेको चण्डिका डिष्ट्रिलरी प्रालिले रु २४ करोड १७ लाख अन्तशुल्क बुझाएको आन्तरिक राजश्व कार्यालय विराटनगरले जनाएको छ । मदिरा उद्योगले मदिरा उत्पादन र निकासी गरेबापत अन्तशुल्क बुझाउने गरेको छ । कार्यालयले अन्तशुल्क चुहावट रोक्नका लागि मदिरा उद्योगमा कर्मचारी…

Read More

चितवन, ६ भदौ । नारायणगढ मुग्लिन सडकखण्डको खहरेखोला भन्ने ठाउँमा आज दिउँसो बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । मृत्युहुनेमा बसका चालक गोरखा आरुपोखरीका ४० वर्षीय काजिराम योगी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । नारायणगढबाट गोरखातर्फ जाँदै गरेको ना४ख ७५१३ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको लु१ख ७४०६ नंको ट्रक भरतपुर महानगरपालिका–२९ खहरे खोलास्थित आज दिउँसो ३ः१५ बजे एकापसमा ठोकिएको थियो । दुर्घटनामा परी घाइते भएकामध्ये २७ जनाको पुरानो मेडिकल कलेज र ६ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर…

Read More

भद्रपुर, ६ भदौ । मेचीनगर नगरपालिका–६ काँकरभिट्टामा आजदेखि फिजियोथेरापी सेवा सञ्चालनमा आएको छ । रु नौ लाख ५० हजारको लागतमा सो सेवा सञ्चालनमा आएको हो । हड्डी तथा नशाका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएका कारण उनीहरुलाई उपचार गर्न टाढा जान नपरोस् भन्ने उद्देश्यले मखमली बचत तथा ऋण सहकारी संस्थाले सो सेवा सञ्चालनमा ल्याएको हो । फिजियोथेरापिस्ट डाक्टर आस्ना महर्जनले क्लिनिकमा कुम, गर्दन, कुहिना, ढाड, घुँडा, कुर्कुचा दुख्ने, नशा च्यापिएको, मुख बाङ्गेको प्यारालाइसिस तथा हातखुट्टा झम्झमाउने समस्याको विद्युतीय तथा अल्ट्रासाउण्डका माध्यमबाट फिजियोथेरापी सेवा प्रदान गरिने बताउनुभयो । यसअघि सो सेवा लिनका लागि यहाँका वासिन्दालाई विर्तामोड र भारतको सिलगुडीसम्म पुग्नुपर्ने वाध्यता रहेको…

Read More

विर्तामोड, ६ भदौ । आफ्नै आमाको कुटार्इबाट आज एक बालिकाको मत्यु भएको छ । मृत्युहुनेमा विर्तामोड नगरपालिका–५ सुब्बा चोकका २७ वर्षीया हेमन्ता कुरुङ्वाङ (लिम्बू)की आठ वर्षीया छोरी सफलता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विद्यालय पठाउने क्रममा कपाल कोर्न नमानेपछि आज बिहान आमा हेमन्ताले छोरी सफलतालाई लाठीले कुटपिट गर्दा गम्भीर घाइते भएकी उनकोे विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । सफलताको दाहिने कञ्चट, ढाड र दुवै हातमा नीलडाम देखिएको छ । हेमन्तालाई पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।

Read More

सुजता सुनुवार इलाम, ६ भदौ । इलाममा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ । जिल्लाको फाकफोकथुम गाउँपालिका वडा नम्बर १ आमचोकका भीम बराइलीको घरमा बुधबार अचानक आगलागी हुँदा सो बराबरको नोक्सान भएको प्रहरीले जानकारी दिएको छ । एउटा घरमा आंशिक क्षति पुगे पनि अर्को घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । घरमा रहेका लत्ताकपडा , अन्नपात , पलङ्ग , खाट , व्यापारका लागी ल्याइएको ६ तोला सुन , ४० तोला चाँदी र सुनचाँदीमा प्रयोग हुने मेसिन,तार लगायतका सामान सबै जलेर खरानी भएको भीम बराइलीले बताउनुभयो । सोलारको तार शर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरी चौकी आमचोक…

Read More