
सुजता सुनुवार
इलाम, ६ भदौ । इलाममा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ ।
जिल्लाको फाकफोकथुम गाउँपालिका वडा नम्बर १ आमचोकका भीम बराइलीको घरमा बुधबार अचानक आगलागी हुँदा सो बराबरको नोक्सान भएको प्रहरीले जानकारी दिएको छ ।
एउटा घरमा आंशिक क्षति पुगे पनि अर्को घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । घरमा रहेका लत्ताकपडा , अन्नपात , पलङ्ग , खाट , व्यापारका लागी ल्याइएको ६ तोला सुन , ४० तोला चाँदी र सुनचाँदीमा प्रयोग हुने मेसिन,तार लगायतका सामान सबै जलेर खरानी भएको भीम बराइलीले बताउनुभयो ।
सोलारको तार शर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरी चौकी आमचोक इलामले जनाएको छ । स्थानीयहरुको सहयोगमा साढे तीन घण्टामा मात्र आगो नियन्त्रणमा लिइएको थियो । आगो नियन्त्रणमा लिइसकेपछि मात्र प्रहरी आइपुगेको बराइलीले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

