
भद्रपुर, ५ चैत । झापाको कनकाई नगरपालिका–५ स्थित तल्लो चप्रामारीबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले झापा गाउँपालिका–६ का २२ वर्षीय साफिक उलमिया र भारत डिगलबैंक थाना–१ का २२ वर्षीय निसार आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शुक्रबार कनकाई–५ तल्लो चाप्रामारीस्थितमा लागुऔषध व्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय सुरुङ्गाको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा झापा गाउँपालिकाबाट सुरुङ्गातर्फ आउँदै गरेको भारतीय नम्बरको बीआर ३७ आर १८६६ को मोटरसाइकललाई रोकेर चेकजाच गर्दा उनीहरुले बोकेको हाते झोला भित्र रहेको खानाको बट्टामा लुकाई छिपाई ल्याएको छ पोका ब्राउनसुगर जस्तो देखिने खैरोपदार्थ ५६३ ग्राम ६२० मिग्रा, भिभो मोबाइल ३ थान र मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


