
वीरगञ्ज, १२ साउन । पर्साको वीरगञ्ज महानगरपालिका–२६ सुगौली बिर्तास्थित निर्माणाधीन कल्भर्टको खाडलमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय प्रभु ठाकुरकी ५ वर्षीया पुचकी ठाकुर र ३ वर्षीया घघरी ठाकुर रहेका छन्। सोमबार साँझदेखि बेपत्ता भएका दुवै बालिकाको शव मंगलबार बिहान निर्माणाधीन कल्भर्टको खाडलमा जमेको पानीभित्र फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीयवासीले निर्माणाधीन क्षेत्रमा आवश्यक सुरक्षा घेरा नलगाएकै कारण दुर्घटना भएको भन्दै सम्बन्धित ठेकेदार र निकायको लापरबाहीप्रति आक्रोश व्यक्त गरेका छन्।
Facebook Comments Box


