
झापा, ५ बैशाख । झापाको भद्रपुर नगरपालिका–८ स्थित संगमचोकमा गएराति आगलागि भएको छ ।
भद्रपुर–८ संगमचोकका गणेश गौतमको तीन तल्ले पक्की घरको पहिलो तल्लामा अचानक बिजुली तार सर्ट भइ आगलागी भएको हो । आगो वडा प्रहरी कार्यालय भद्रपुर, भद्रपुर नगरपालिकाको दमकल र स्थानीयसहरुको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । क्षति विवरण आउन बाँकी रहेको छ ।
Facebook Comments Box


