
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २४ असोज । यातायात व्यवस्था विभागले आजदेखि सार्वजनिक सवारी साधनलाई इजाजत पत्र (रुट परमिट) खुला गरेको छ । विभागले नेपालीहरूको महान् पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन आजदेखि असोज ३१ गतेसम्मलाई इजाजत पत्र ९रुट परमिट० खुला गरेको हो । विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले रुट परमिट खुला भएसँगै सवारी चालकले यात्रुलाई सहज गन्तव्यमा ल्याउन तथा लैजानका लागि पालो पर्खनु नपर्ने बताउनुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले रुट परमिट खुला भएसँगै चाडबाडको समयमा यात्रुलाई सुरक्षित गन्तव्यमा ल्याउन तथा लैजानका लागि सहज हुने बताउनुभयो । विभागले सो…
रोल्पा, २४ असोज । रोल्पाकी एक १४ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । रोल्पा नगरपालिका–६ की ती बालिका आफ्नै बाबुबाट पटक–पटक बलात्कार भएको खुलेको हो । गत भदौ २७ देखि आफू लगातार तीन पटक बलात्कारमा परेको बालिकाले बताएकी छिन् । आमाको मृत्युपछि बाबुले पटक–पटक बलात्कार गरेपछि बालिका भागेर दाङमा रहेको आफन्तकोमा पुगेकी थिइन् । आफन्तसँग आफू बाबुबाट पटक–पटक बलात्कृत हुने गरेको जानकारी दिएसँगै घटना सार्वजनिक भएको हो । बलात्कृत बालिकासँगै आफन्तले रोल्पामा रहेका महिला अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय रोल्पामा उजुरी दिएपछि आरोपीलाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ४३ वर्षीय आरोपीलाई आवश्यक अनुसन्धानका लागि…
काठमाडौँ, २३ असोज । चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटीको रुख काट्ने क्रममा आज बिहान निधन भएको छ । बोगटीको घर टीकाथली नजिकै रुख काट्ने क्रममा रुखले लागेर बिजुलीको खम्बा ढलेर बोगटीलाई लागेको थियो । गम्भीर घाइते भएका बोगटीको बि एण्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको चलचित्र कलाकार सङ्घका महासचिव सरिता लामिछानेले जानकारी दिनुभयो । अहिले बोगटीको शव परीक्षणका लागि पाटन अस्पताल लगिएको लामिछानेले जानकारी दिनुभयो । बोगटी दुई वर्षअघि चलचित्र कलाकार सङ्घको अध्यक्षमा विजयी हुनुभएको थियो। ।
काठमाडौँ, २३ असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले विश्वमा रहेका नेपाली श्रमिकको सुरक्षा तथा अधिकारका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । यहाँ आज एफइएस नेपालले आयोजना गरेको ‘खेल तथा आप्रवासन अन्तरसम्बन्ध’ विषयमा आयोजित विश्व सम्मेलको समापन कार्यक्रममा मन्त्री विष्टले रोजगारदाताले श्रमिकको जीवन गुणस्तरीय तथा सम्मानजनक वातावरणको सिर्जना गरी तिनले पाउनुपर्ने सेवासुविधा, सुरक्षा, अधिकार, सामाजिक तथा आर्थिक व्यवस्थापनलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न आयोजक राष्ट्र कतारले खेल मैदान निर्माण गर्न भित्र्याइएका धेरै विदेशी श्रमिकमाथि दवावपूर्ण कार्य गर्नु नहुनेमा जोड दिनुभयो । मन्त्री विष्टले…
फिदिम, २३ असोज । पाँचथरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला पार्टी कार्यालय स्थापना गरिएको छ । तत्कालीन नेकपा (एमाले) जिल्ला कमिटी पाँचथरको कार्यालयमा नेकपा पाँचथरको कार्यालय स्थापना गरिएको हो । यहाँ आज आयोजित कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य डम्बरसिंह सम्बाहाम्फेले नेकपाको झण्डा उठाई पार्टी कार्यालयको उद्घाटन गर्नुभयो । गत जेठ ३ गते एकता भएका एमाले र नेकपा ९माओवादी केन्द्र०को जिल्ला तहमा एकता प्रक्रिया पूरा भएको छैन । एकता प्रक्रिया पूरा नहुँदा पार्टी गतिविधि सञ्चालनमा समस्या सिर्जना भएकाले प्रदेश कमिटीको निर्देशनबमोजिम पार्टी कार्यालय स्थापना गरिएको नेकपाका जिल्ला नेता एवं तत्कालीन माओवादी केन्द्र पाँचथरका इञ्चार्ज हर्कबहादुर नेम्वाङले जानकारी दिनुभयो । पाँचथरमा जिल्ला…
काठमार्डौँ, २३ असोज । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयका कर्मचारी अनियमिताको आरोपमा दिन प्रतिदिन पक्राउ पर्दा आफ्नो शिर झुकेको बताउनुभएको छ । ललितपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा सरलीकृत फारामको शुभारम्भ गर्दै मन्त्री अर्यालले राष्ट्रसेवक कर्मचारीले सर्वसाधारणमा धुमलिएको छवि राम्रो बनाउनुपर्ने बताउनुभयो । उहाँले मन्त्रालयअन्तर्गतका कार्यालयलाई व्यवस्थित गरी समयसापेक्ष अत्याधुनिक सेवा पारदर्शीरुपमा सञ्चालन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । सरकारी कार्यालयबाट प्राप्त हुने सेवा सहजै पाउने जनताको अधिकार भएको बताउँदै मन्त्री अर्यालले लोकतन्त्रमा जनताले दुःख पाए भने परिवर्तन संस्थागत हुन सक्दैन भन्नुभयो ।
सेल्फी लिने होड पछिल्लो समय निकै खतरनाक बन्दै गइरहेको छ । यस्तो हुँदाहुँदै पनि आजका युवक सेल्फी लिन छोड्ने पक्षमा भने छैनन् । यस्तै होडले ३ किशोरीको दर्दनाक अन्त्य भएको छ । यी तीन साथीहरुले यस्तो सेल्फी लिन्छन् जुन उनीहरुको जीवनको अन्तिम सेल्फी बनिदिन्छ । फोटोमा देखिएको खुसी र रोमाञ्च केही पलमै समाप्त हुन्छ । उनीहरुले लिइरहेको सेल्फीमै उनीहरुको मृत्यु कैद हुन्छ । दुई दिदीबहिनी केलेसा, सवाना र उनीहरुकी साथी एरिकालाई नयाँ नयाँ ठाउँमा घुम्दै सेल्फी खिचेर सामाजिक संजालमा राख्ने सोख थियो । यो सोख सनकमा बदलिइसकेको थियो । उनीहरु जहाँ जान्थे थुप्रै सेल्फी लिन्थे । तर त्यो साँझ उनीहरुको…
केही समयअघि सार्वजनिक खबरहरुमा भारतीय कमेडियन कपिल शर्मा छिट्टै नै उनको पुरानो चर्चित शो ‘द कपिल शर्मा शो’ लिएर टेलिभिजमा फर्किने बताइएको थियो ।उनको कार्यक्रमको लोकप्रियता खस्कँदै गएकोले च्यानलले कार्यक्रम बन्द गर्पछि डिप्रेशन र अत्याधिक रक्सीका कारण चिन्नै नसकिने गरि मोटाएका कपिलले अहिले आफूलाई फिट बनाइसकेका छन् । टेलिभिजनको पर्दाबाट एकाएक गायब भएका कपिल शर्मा फेरि पुरानै शो मार्फत फर्कने खबरले उत्साहित भएका उनका प्रशंसकहरुका लागि एउटा अर्को खुशीको खबर सार्वजनिक भएको छ ।मुम्बई मिररका अनुसार कपिल शर्मा उनकी प्रेमिका गिन्नी चतराथका साथ यही डिसेम्बर महिनामा विवाह गर्दैछन् । पञ्जाबी रीतिरिवाज अनुसार हुने विवाहको कार्यक्रम चार दिनसम्म चल्नेछ । विवाहमा…
सुमन घिमिरे उर्लाबारी, २३ असोज । मोरङ, उर्लाबारी नगरपालिका – ७ निवासी ८२ वर्षीया भगवती अधिकारीलाई बिहानको ११ बज्ने वित्तिकै परिवारका सदस्यले भन्छन्, “आमै, ११ बज्यो बेला भइसक्यो जाने होइन” । अधिकारी विगत ६ महिनायता नियमित रुपमा सोही वडामा रहेको उर्लाबारी परोपकार सेवा केन्द्र जानुहुने भएकीले बिहानको ११ बज्ने वित्तिकै उहाँका छोराबुहारी र नातीनातिनाले त्यहाँ जान सम्झाउँछन् । “अरु कता जान्छन् कता, दिनभर घरमा एक्लै बस्न मनै लाग्दैन,” जेठा छोरा खगेन्द्रसँगै बस्दै आउनुभएकी अधिकारीले भन्नुभयो, “परोपकार केन्द्रमा गएपछि आफूजस्तै साथीसँग भेट हुन्छ, दिनभर त्यहाँ बस्दा संसारै बेग्लै भएको महशुस हुन्छ ।” बिहान ११ बजे हामी परोपकार केन्द्रमा भेला हुन्छौँ, उहाँले…
बिर्तामोड, २३ असोज । बिर्तामोड–२ स्थित चारपाने चोक दक्षिणबाट लागुऔषध ब्राउन सुगर तौल गरी स–सानो प्लाष्टिकमा पोको पार्दै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट १८ ग्राम ब्राउन सुगर र तौल गर्ने तराजुसमेत बरामद गरेको छ । पक्राउपर्नेमा बाह्रदशी–६ का २५ वर्षीय ध्रुव प्रधान, २५ वर्षीय भीमबहादुर चेम्जोङ र २५ वर्षीय भानुभक्त ढकाल रहेका प्रहरीले जनाएको छ । उनीहरुलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको इप्रका अनारमनीले जनाएको छ ।