झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

दमक, १६ भदौ । झापाको गौरादह ९ बैगुनधुरा दहगाउँका मिर्गौला पीडित बोधराज खनाल बचाऔं अभियान सञ्चालन गरिएपछि देशविदेशबाट उनको उपचारमा सहयोग जुट्ने क्रम बढेको छ । स्थानीयबासीहरुले कृष्ण गौतमको नेतृत्वमा सो अभियान सहयोग समिति गठन गरिएसंगै उनका शुभचिन्तकहरुले देशविदेशबाट सहयोग जुटाईरहेका हुन् । बालकल्याण मावि माहाभाराका भुतपूर्व विद्यार्थी तथा सोहि विद्यालयमा कार्यरत विद्यालय कर्मचारी भिमप्रसाद खनालका छोरा बोधराजको सहयोगका लागि सो विद्यालयका भुतपूर्व विद्यार्थीले समेत सहयोग जुटाएका हुन् । सोही विद्यालयका भुपू विद्यार्थी समेत रहेका झापाली समाज अष्ट्रेलियाका उपाध्यक्ष नेत्र पौडेलको नेतृत्वमा जुटेको कूल ७० हजार रुपैयाँ सहयोग रकम आज पीडित परिवारको घरमै पुगेर जनप्रतिनिधिहरुको रोहबरमा परिवारलाई हस्तान्तरण गरिएको छ…

Read More

काठमाडौँ, १५ भदौ । नेपाल र भारतका प्रधानमन्त्रीले सीमावर्ती इलाकामा हुने गरेको डुबान समस्याका सम्बन्धमा संयुक्त कार्यदलले अध्ययन गरिरहेकामा सन्तुष्टि व्यक्त गर्नुभएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० को चौथो शिखर सम्मेलनको समापनपश्चात् आज प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तामा उक्त विषयमा सन्तुष्टि व्यक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । वार्ताका क्रममा केही महिनाअघि नेपाल र भारतका प्रधानमन्त्रीबीच भएका वार्तामा भएका समझदारी क्रमशः कार्यान्वयन भइरहेकामा दुवै पक्षबाट सन्तुष्टि व्यक्त गरिएको थियो । समझदारीअनुुसार भारतले नेपाललाई केही हवाई रुट प्रदान गरिसकेको र केही प्रदान गर्ने विषयमा प्राविधिकरुपमा छलफल भइरहेको बताउँदै आन्तरिक…

Read More

काठमाडौं, १६ भदौ । बूढानिलकण्ठ नगरपालिका बिष्णुमती टुसालमा शुक्रबार जमिन फाटेपछि चार घर भत्किएका छन् । सोही कारण थप १४ घरसमेत धरापमा परेका छन् । १४ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । घर भत्किएका र विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जमिन चिरा परेर फाटेपछि चित्रबहादुर बस्नेत, राधिका धिताल, बीरबहादुर तामाङ र सुशीला बस्नेतको घर भत्किएको हो । चिरा परेको ठाउँमा पहिले डाँडो थियो । खारेर प्लटिङ गरेको हुनाले जमिन चिरा परी फाटेको हुन सक्ने भूगर्भविदले अनुमान गरेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

हेटौंडा, १६ भदौ । प्रदेश प्रहरी ऐनको विषयलाई लिएर प्रदेश र संघबीच बिबाद देखिएको छ । प्रदेश मामिला समितिले हेटौंडामा गरेको ुसंघीयतामा प्रदेशको शान्ति सुरक्षा र प्रदेश प्रहरीु विषयक अन्तक्रियामा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले संविधान बनाउनेले नै मिचेको आरोप लगाए । ुसंघीय सरकारले नै कानुन मिचेको छ, संविधानमा व्यवस्था भएको अधिकार पनि नदिनेु उनले भने, ुकेन्द्र सरकारसँग विवाद गर्ने पक्षमा त हामी छैनौं तर, हामी गम्भीर हुनुपर्ने बेला आएको छ ।ु संविधानले बराबर अधिकार दिएको भन्दै उनले संविधानले नै व्यवस्था गरेको कुरा दिन्न भन्न नमिल्ने बताए । प्रदेश प्रहरी ऐन बनाउने कुरामा हतार नगरिएको भन्दै उनले केन्द्र…

Read More

काठमाडौँ, १५ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राकृतिक विपत्तिमा परेका पर्यटकको खोजी तथा उद्धार कार्यलाई मर्यादित र व्यवस्थित बनाउन ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५’ लागू गरेको छ । पदयात्रा, जलयात्रा, पर्वतारोहण तथा अन्य साहसिक पर्यटकीय क्रियाकलापका क्रममा पर्यटकलाई पर्न सक्ने विपत्तिबाट हुने प्रभावलाई न्यूनीकरण गरी खोज, उद्धार तथा उपचार कार्यलाई छिटोछरितो, सहज र सरल बनाउन कार्यविधि लागू गरिएको मन्त्रालयका सहप्रवक्ता प्रकाश शर्मा ढकालले जानकारी दिनुभयो । कार्यविधि आजैदेखि लागू हुनेछ । कार्यविधिले साहसिक क्रियाकलापका क्रममा हुने प्राकृतिक तथा अन्य विपद्बाट प्रभावित भई कुनै पर्यटक वा सहयोगी कामदार हराएमा वा बेपत्ता भएमा तत्काल सम्बन्धित एजेन्सीले…

Read More

चन्द्रकला भण्डारी भद्रपुर, १५ भदौ । अदुवामा निकासी कर नलगाउन पुनरावेदन अदालत इलामले आज अन्तरिम आदेश जारी गरेको छ । झापा जिल्ला समन्वय समितिले काँकडभिट्टाबाट भारत निकासी हुने अदुवामा प्रतिट्रक रु पाँच हजार निकासी कर लगाएपछि त्यस विरुद्ध परेको रिटमा पुनरावेदन अदालत इलामले अर्को निर्णय नआउञ्जेल त्यस्तो कर नलगाउन आदेश जारी गरेको हो । नेपाल अदुवा उत्पादक सङ्घका तर्फबाट बिहीबार पुनरावेदन अदालत इलाममा निकासी कर रोकी पाउँ भनी बिहीवार रिट दायर गरिएको थियो । अधिवक्ता उत्तम पौडेलका अनुसार मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलले अदुवामा निकासी कर नलगाउनु भनी आज अन्तरिम आदेश जारी गर्नुभएको हो । अदालतले विपक्षी झापा जिल्ला समन्वय समितिलाई…

Read More

ताप्लेजुङ, १५ भदौ । न्यु स्टार झापाले ताप्लेजुङमा जारी पाथीभरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज काठमाडौँलाई २–१ गोल अन्तरले पराजित गर्दै न्यु स्टार फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा चर्च ब्वाइजको फाइनलमा पुग्ने सपना पूरा हुन सकेन । खेलको ३८औँ मिनेटमा चर्च ब्वाइजका लागि बुद्धिमान राईले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको दोस्रो मिनेटमा नै चर्च ब्वाइजका कप्तान रमेश दङ्गालले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुग्यो । बराबरीपछि निकै प्रतिस्पर्धात्मक देखिएको खेलको ९३औँ मिनेटमा न्यु स्टारका सनम राईले फ्रि किकमार्फत…

Read More

भद्रपुर, १५ भदौ । नेपाल निजामती कर्मचारी सङ्गठन झापाले स्व प्रमोद तामाङको स्मृति दिवसको अवसर पारेर आज पत्रकारसहित तीन जनालाई पुरस्कृत गरेको छ । सङ्गठनले स्व प्रमोद तामाङ सुशासन पत्रकारिता पुरस्कारबाट पत्रकार गोपाल काफ्ले तथा उत्कृष्ट राष्ट्रसेवक पुरस्कारबाट मेची अञ्चल अस्पताल भद्रपुरका डा गोविन्द कँडेल र जिल्ला हुलाक कार्यालय झापाका नासु अर्जुनप्रसाद पोखरेललाई पुरस्कृत गरेको हो । काफ्लेलाई नगद रु पाँच हजार १५१, उत्कृष्ट राष्ट्रसेवक पुरस्कारबाट सम्मानित कँडेल र पोखरेललाई नगद रु १० हजार १५१ नगदसहित सम्मान गरिएको छ । उनीहरुलाई जिल्ला समन्वयन समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले सम्मान गर्नुभएको थियो ।

Read More

विराटनगर, १५ भदौ । प्रदेश नं १ को सुनसरी, उदयपुर र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा एकै दिन चारजनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा उदयपुर त्रिजुगा नगरपालिका–१ कङखोलाका ६१ वर्षीय लीलबहादुर विश्वकर्मा, ताप्लेजुङ फुङलिङ नगरपालिका–३ का २० वर्षीय सन्तोष पालुङवा, सुनसरी इटहरी उपमहानगरपलिका–८ भुर्कीका दिलीप सरदारको श्रीमती अन्दाजी ३२ वर्षीया आशा सरदार र सुनसरीकै धरान उपमहानगरपालिका–१३ सूर्यमार्गका २२ वर्षीय अभय राई रहेको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । भदौ १४ आ–आफ्नै घरमा झुण्डी मृतावस्थामा उनीहरु फेला परेका थिए । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरी स्वास्थ्य परीक्षणपछि शवलाई सम्बन्धीत परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

Read More

सुरुङ्गा, १५ भदौ । झापा गाउँपालिकामा यस वर्षको इद मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । मदरसा समिति झापा गाउँपालिकाको आयोजनामा भएको इद मिलन कार्यक्रममा मुस्लिम र गैरमुस्लिम समुदायको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य हिराकुमार थापा रहनुभएको थियो । कार्यक्रममा झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्तीदेबि बुडाथोकी, नेपाली कांग्रेस नेता देउमान थेबे, राजपा केन्द्रीय सदस्य मोतीलाल कामती, नेपाल महिला संघ केन्द्रीय सदस्य लखीदेवि गणेश, नेपाल कम्युनिष्ट पार्टीका झापा गाउँपालिका अध्यक्ष गजेन्द्र ताम्ली, टाघनडुब्बा स्रोत शिक्षक खड्गप्रसाद खरेल, वडाध्यक्ष हरिकुमार बानियाँ, शिक्षक महासंघ झापा गाउँपालिकाका अध्यक्ष जग्गनाथ राजबंशी, डिल्लीराज माविका प्रअ भवदेव राजवंशी, सदरसा समाजका संस्थापक अध्यक्ष…

Read More