झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, १८ भदौ । झापाको अर्जुनधारा नगरपालिका– ८ हात्तीकिल्लामा भुस्याहा कुकुरको टोकाइबाट खसी बोका मरेपछि स्थानीयवासी त्रसित छन् । दैनिक दर्जनको सङ्ख्यामा हुल बाँधेर हिँड्ने जङ्गली कुकुरले टोकेकै कारण करीब ३५ स्थानीयवासीको खसीबोका मरेका छन् । कुकुरको टोकाइबाट एक हप्तायता सोही क्षेत्रका बासिन्दाका ४० खसीबोका मरेका छन् जसको मूल्य रु तीन लाखभन्दा बढी रहेको सोही वडाका वडाध्यक्ष गोपीचन्द गौतमले बताउनुभयो । शिशुहरुको स्कुलको शुल्क तिर्न र दशैँखर्च टार्न भनी पालिएका खसी यसरी भुस्याहा कुकुरले मारिदिँदा आर्थिक क्षति पुगेको बताउँदै भुस्याहा कुकुर नियन्त्रण र क्षतिपूर्तिका लागि पीडित पक्षले वडा नं ८ का वडाध्यक्षलाई आइतबार ज्ञापनपत्र बुझाएका छन् । उहाँका अनुसार अर्जुनधारा–३…

Read More

इलाम, १८ भदौ । श्रीमानको मृत्यु भएपछि एकल महिलालाई सामाजिक सुरक्षा भत्ता सरकारले व्यवस्था गरेको वर्षौं बित्यो । उस्तै अवस्थाका पुरुषले भने केही पाउँदैनन् । तर देउमाई नगरपालिकाका करिब २ सय यस्ता ‘भाग्यमानी पुरुष’ छन्, जसले एकल महिलासरह मासिक भत्ता पाउँछन् । श्रीमतीको मृत्युपछि अर्को विवाह नगर्ने जुनसुकै उमेरको पुरुषले भत्ता पाउनेछ तर विवाह नगरी बसेकाका हकमा ६० वर्ष उमेर पुग्नुपर्नेछ । नगरसभाले नै पारित गरेर चालु आर्थिक वर्षदेखि यो निर्णय गरेपछि हरेक एकल पुरुषले महिनाको १ हजार रुपैयाँ पाउँछन् । यो वर्षका लागि नगरपालिकाले भत्ता वितरणका लागि छ लाख रुपैयाँ छुटयाएको हो । ‘एकल भएपछि पुरुषले पनि पाको हुँदै…

Read More

सिन्धुपाल्चोक, १८ भदौ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबीसे नगरपालिकाअन्तर्गत जुरेस्थित सुनकोशी नदीमा माछा मार्न गएका दुई भारतीय नागरिक आइतबार नदीले बगाएर बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा विहार प्रान्तअन्तर्गत सीतामढी पर्शुराम– ९ निवासी ३० वर्षीय रुपलाल सहनी र २५ वर्षीय मनोहर सहनी रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबीसेले जानकारी दिएको छ ।

Read More

पथरी, १८ भदौ । प्रदेश नं १ को गौरवको आयोजनामा भनिएको जातीय सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि मोरङको पथरी शनिश्चरे नगरपालिका– १० को भूटानी शरणार्थी शिविरमा सर्भे शुरु भएको छ । भूटानी शरणार्थी शिविर रहेका क्षेत्रमा निर्माण हुने बृहत् जातीय सांस्कृतिक सङ्ग्रहालयका लागि प्रारम्भिक सर्भे थालिएको हो । प्रदेश सरकारको तर्फबाट इडी कन्सल्टका राजेन्द्र भट्टराईको टोलीले आइतबार शिविर र आसपासका क्षेत्रको प्रारम्भिक सर्भे गरेको हो । वडाका कार्यवाहक अध्यक्ष मनोज घिमिरे, कार्यपालिका सदस्य मैनादेवी फुयाँल आचार्य, अरुणा राई, गीता विश्वकर्मा तथा स्थानीय सामाजिक अगुवाले सर्भे टोलीलाई सङ्ग्रहालयका लागि प्रस्तावित क्षेत्रको अवलोकन गराएका थिए । सर्भे टोलीका राजेन्द्र भट्टराईले प्रस्तावित क्षेत्रको पहिलो…

Read More

काठमाडौँ, १८ भदौ । आगामी पुसबाट जयनगर-जनकपुर रेल सेवा चल्ने तरखरमा छ। बर्दिबाससम्म लिक बन्दैछ। तर, त्यो कुन ढंगले चलाउने सरकार अझै टुंगोमा पुगेको छैन। प्रधानमन्त्री केपी ओली र बिम्स्टेक सम्मेलनमा आएका भारतीय समकक्षी नरेन्द्र मोदीबीच यस विषयमा गहन छलफल भयो। प्रधानमन्त्री निकट स्रोतले भन्यो– भेटको मुख्य एजेन्डा नै रेल बन्यो। नेपालले रेलमार्ग यसमा प्राविधिक तयारी गरेकै छैन। रेल किन्ने वा भाडामा लिने निचोड निस्किएकै छैन। सरकारको यो सुस्तताले समयमा रेल सञ्चानल हुने÷नहुने अन्योल बढेको भौतिक पूर्वाधार मन्त्रालयका एक अधिकारीले बताए। तीन डिब्बासहितको नयाँ रेल किन्दा करिब दुई अर्ब रुपैयाँ लाग्ने अनुमान छ। त्यसैले डिब्बा भाडामा लिने केही अधिकारीको राय…

Read More

काठमाडौँ, १८ भदौ । प्रहरीको नियन्त्रणमै रहेका बेला मृत्यु भएका सिके राउत समर्थक नेता राममनोहर यादवका आफन्तले उनको हत्या भएको आशंका गरेका छन् । स्वस्थ अवस्थामा पक्राउ परेका यादवको मृत्यु रहस्यमय भएको भन्दै उनका आफन्तले हत्याको आशंका गरेका हुन् । उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झन्डा देखाएको आरोपमा पक्राउ परेका बाँकेको जानकी गाउँपालिका ६ का यादव ३० बर्षीय यादवको गत शुक्रबार राति हिरासतमै मृत्यु भएको थियो । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, १८ भदौ । प्रदेश ३ का सभामुखलाई मासिक तलब ५३ हजार तथा उपभसभामुख र विपक्षी दलका नेतालाई ५० हजार रुपैयाँ तलब तोकिएको छ । आईतवार बसेको प्रदेशसभा बैठकमा सत्तापक्षको मुख्य सचेतक, समितिका सभापति र विपक्षी दलका प्रमुख सचेतकका ४९ हजार, दलका प्रमुख सचेतक, सत्तापक्षको सचेतक र विपक्षी दलका सचेतकको ४७ हजार र प्रदेशसभा सदसइ सांसद को ४५ हाजर रुपैयाँ पारित गरिएको हो । प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमाा व्यवस्था गर्न बनेको विधेयक २०७४ माथि प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले पेश गरेको प्रतिवेदनमा अन्य सुविधासमेत थप गरी पारित गरिएको छ ।, आजको नागरिकदैनिकमा खबर छ ।

Read More

काठमाडौँ, १८ भदौ । संगै पढ्ने साथीका बुबाबाट १४ बर्षे किशोरी बलात्कृत भएकी छिन् । एसपी विनोद घिमिरेका अनुसार घोडाघोडी नगरपालिका–६ की ती किशोरीलाई गत बुधबार हर्कबहादुर कुवरले राति घरमा कोही नभएको बेला पछयौराले मुख र हात बाँधेर बलात्कार गरेका हुन् । स्थानीयले गाउँमै मिलाउन खोजेका रहेछन् । सहमति नभएपछि प्रहरीसमक्ष खबर आएको रहकेछ, उनले भने, हाल उनी फरार छन् । किशोरीका अभिभावकले इलाका प्रहरी कार्यालय सुखडमा शुक्रबार उजुरी दिएपछि कुँवरमाथि जबरजस्ती करणी मुद्धा दर्ता गरी खोजी थालिएको प्रहरी जनाएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, १८ भदौ । सरकारले झन्डै एक बर्ष लगाएर संघीय निजामति सेवासम्बन्धी विधेयक बनायो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो गृहकार्यपछि बनाएको विधेयक स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठायो पनि । मन्त्रिपरिषदमा पठाउँदा एउटा प्रावधान भने चलाखीपुर्ण रुपमा हटाइयो, त्यो हो बहुविवाहसम्बन्धी प्रावधान । मन्त्रिपरिषदमा पठाउनु अघिसम्म प्रस्तावित विधेयककमो सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था, समेटिएको दफामा यस्तो व्यवस्था थियो, बहुविवाह गर्ने कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त आयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गरिनेछ । तर मन्त्रिपरिषदमा पठाइएको विधेयकमा बहुबिबाहसम्बन्धी प्रावधान एकाएक हटाइएको छ । बहुविवाह गर्ने कर्मचारी बर्खास्त हुने प्रावधान हटाएर संघीय नेपालका कर्मचारीलार्य खुलेआमा बहुविवाहको स्वीकृति दिन खोजिएको हो…

Read More

काठमाडौँ, १८ भदौ । अठार दिनको छोराले बान्ता गरेपछि सिन्धुलीकी संगीता रावत दौडँदै कान्ति बाल अस्पतालमा पुगिन् । चिकित्सकले पेटको एक्सरे रिपोर्ट हेर्नुपर्ने बताएपछि छोरा च्यापेर उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल गइन्। आकस्मिकबाहेक सेवाहरू ठप्प भएको थाहा पाएलगत्तै रुन थालिन्। संगीतालाई छोराको ज्यान बचाउने चिन्ता थियो। सिमसिमे पानीमा भिजेकी २१ बर्से रावतले सुँक्सुँकाउँदै भनिन्, ‘छोराको ज्यानको तलमाथि हुन्छ कि भन्ने चिन्ता छ।’ संगीताझैं चिन्तित देखिन्थे, धादिङका दीपक गुरुङ। शिक्षण अस्पतालले छोरी दीपिकालाई मुटुको जाँच गराउन गंगालाल हृदयरोग केन्द्र पठाएपछि उनी तनावमा परे। गंगालाल अस्पतालको टिकट काउन्टर बन्द थियो। आपतकालीन कक्षमा पुगेका उनलाई चिकित्सकहरूले इको गर्न सेवा बन्द भएको जनाउँदै फर्काए।…

Read More