झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बलिउड अभिनेत्री दीपिका पादुकोण फिल्म ‘पद्मावत’ पछि खाली बसेकी छन् । उनी खाली बस्नुको कारणबारे विभिन्न अड्कलबाजी भइरहेका छन् । दीपिकाले रणवीर सिंहसँगको विवाहका लागि फिल्म साइन नगरी बसेको एकथरीको अनुमान छ । दीपिका र रणवीरले आगामी नोभेम्भरमा बिहे गर्ने तय भइसकेको छ । तर, अर्काथरीको भनाईमा पद्मावतको सफलतापछि दीपिकाले चर्को पारिश्रमिकको डिमान्ड गर्न थालेकाले निर्माता(निर्देशक उनलाई लिन हच्किएका हुन् । यसैबीच, निर्देशक सञ्जय लिला भन्सालीको नयाँ फिल्ममा दीपिकाले अभिनय गर्ने सम्भावना बढेको छ । यो फिल्ममा उनी सलमान खानको अपोजिटमा हुन सक्छिन् । सलमानले रेस ३ को प्रमोसनका क्रममा नै भन्सालीको नयाँ फिल्ममा आफूले अभिनय गर्ने बताइसकेका छन् ।…

Read More

सान नेपाल गौरादह, ३ भदौ । भनिन्छ स्वास्थ्य नै धन हो । स्वास्थ्य खराव भएपछि मानिसले कुनै पनि काम गर्न सक्दैन । त्यसमा पनि भयानक रोगको सिकार भए पछि त भए भरको धन सम्पत्ति सकिदा पनि असफलता नै हात लाग्छ । यस्तै समस्या बाट चिन्तित बनेका छन् गौरादह–९ दहगाउँ निवासी बोधराज खनाल । खनाल ३८ वर्षीय युवा हुन् । खनालका दुबै मृगौलाले काम गर्न छोडेका छन् । परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको छ । पेसाले ऊनी रेडियो, टिभी मर्मतको काम गर्छन् । उनको एक्लो कमाइले धानिएको परिवार माथी अहिले ठूलो बज्र परेको छ । गाउँमा रहेको ८ कठ्ठा जमिन…

Read More

काठमाडौँ, ३ भदौ । इण्डोनेशियामा शनिबारदेखि शुरु भएको १८औँ संस्करणको एशियाली खेलकूद प्रतियोगितामा नेपालले आज नौ खेलमा प्रतिस्पर्धा गर्दैछ । इण्डोनेशियाको जाकार्ता र पालेमबाङमा जारी प्रतियोगिताको दोस्रो दिन आज नेपालले तेक्वान्दो, कुस्ती, फूटबल, ब्याडमिन्टन, उसु, लनटेनिस, कबड्डी, सुटिङ र सेपाकताक्रोमा प्रतिस्पर्धा गर्न लागेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)का तालीम तथा प्रशिक्षण विभाग निर्देशक रिमबहादुर रानाभाटले जानकारी दिनुभयो । फूटबलमा नेपाल शुरुआती दुई खेलमा पराजित भएसँगै समूह चरणबाटै बाहिरिने लगभग निश्चित छ । समूह चरणको अन्तिम खेलमा आज पाकिस्तानसँग वेस्ट जाभास्थित शहीद चन्द्रभागा रङ्गशालामा प्रतिस्पर्धा गर्नेछ । नेपालले हालसम्म एशियाली खेलकूदमा खेलेका १७ खेलमा नै पराजय भोगेको छ । सत्र खेलमा ६८ गोल…

Read More

काठमाडौं, ३ भदौ । सबैजस्तो पेट्रोलियम पदार्थमा नेपाल आयल निगमलाई घाटा छ । तर, समाजको सबैभन्दा तल्लो तप्का र दूरदराजका उपेक्षित जनताले प्रयोग गर्ने मट्टीतेलबाट भने निगमले नाफा गर्छ । ३१ साउनको नयाँ सूचीअनुसार ग्यासबाहेकका पेट्रोलियम पदार्थ किनेकोभन्दा करिब दोब्बर मूल्यमा बिक्री गरिरहेको छ । तैपनि आगामी १५ दिनमा २५ करोड ५५ लाख रुपैयाँ नोक्सानी हुने प्रक्षेपण गरेको छ । रक्सौल नाकामा पेट्रोल ६२ रुपैयाँ ७० पैसामा किनेर ११० रुपैयाँमा बेच्दा पनि आगामी १५ दिनमा पेट्रोलमा ३३ लाख, डिजेलमा १६ करोड आठ लाख र ग्यासमा ३३ करोड ४७ लाख घाटा हुन्छ भने मट्टीतेलमा एक करोड ६६ लाख नाफा हुनेछ ।…

Read More

काठमाडौँ, ३ भदौ । नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयसँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी रोजगारीबाट विस्तापित भएको बताउनुभयो । सङ्घको शनिबार बसेको बैठकले भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिताले दुर्घटनाबाट मृत्यु भएमा सवारी चालकलाई १० वर्ष कैद तोकेको भन्दै आपत्ति जनाएको छ । बैठकले मुलुकको संरचनाअनुसार गत महाधिवेशनले सङ्घको विधान परिमार्जन गरेकाले सोअनुसारको संरचनाका लागि देशभर अभियान थाल्ने, नयाँ स्थानमा सङ्गठन विस्तार गर्ने, तोकिएको न्यूनतम पारिश्रमिक सबै यातायात मजदुरमा…

Read More

झापा, ३ भदौ । झापाको धान सुपरजोनमा उत्पादित चैत धानको एक प्रजातिमा जिंकको मात्रा अत्याधिक रहेको पाईएको छ । ‘सुख्खा ३’ नाम दिइएको सो प्रजातिको धानको चामलमा जिंक तत्वको मात्रा अत्यधिक पाइएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले जनाएको छ । कार्यालयले गरेको अनुसन्धानमा सुख्खा ३ धानको सय ग्राम चामलमा १५ दशमलव ८ मिलिग्राम जिंक पाइएको कार्यालय प्रमुख प्रमोद कोइरालाले बताए । उनका अनुसार सामान्यतया प्रति सय ग्राम चामलमा ७ देखि १० मिलिग्राम जिंक पाइने गरेको तर सुख्खा ३ मा १५ दशमलव ८ मिलिग्राम पाइनु फाइदाजनक रहेको छ । ‘जिंकको अभावमा मानिसको शरीरमा विभिन्न किसिमको रोग लाग्छ तर…

Read More

मेचीनगर, ३ भदौ । झापाको मेचीनगरमा एकै घरका तीन जना डेङ्गु रोगले बिरामी भएका छन् । मेचीनगर–३ बाहुनडाँगीकी ३५ वर्षीया शर्मिला राई, उनको ११ वर्षीय छोरो अमन राई र २७ वर्षीय देउरानी सरिता राई डेङ्गुबाट सङ्क्रमित भएका हुन् । डेङ्गु सङ्क्रमित तीनैजनालाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी शिक्षण अस्पतालमा भर्ना गरिएको छ । झापाको काँकरभिट्टा, विर्तामोड र दमक नगर क्षेत्रमा विगत वर्षमा डेङ्गु सङ्क्रमण फैलिएको भए पनि बजारबाट निकै टाढा बाहुनडाँगीको ग्रामीण क्षेत्रमा डेङ्गु रोगी फेला परेको यो पहिलो पटक हो । एक साताअघि शुरुमा ११ वर्षीय अमन राईमा टाउको दुख्ने समस्यासँगै कडा ज्वरो आएपछि रक्त परीक्षण गर्दा डेङ्गु सङ्क्रमण पत्ता…

Read More

काठमाडौं, ३ भदौ । भारतबाट पेट्रोलियम पदार्थ आयातमा एक दुई दिनमात्र रोकिए मुलुकमा पेट्रोलियम पदार्थको हाहाकार हुने भएको छ । पेट्रोलियम पदार्थको खपत बार्षिक २० प्रतिशतले बढेर पनि भण्डारण क्षमता नबढाउँदा पेट्रोल स्टक क्षमता पाँच दिनमा झरेको छ । पेट्रोल ढुवानीमा अवरोध भए आम उपभोक्तालाई पेट्रोल आपूर्ति गर्न कठिन हुने आयल निगमले जनाएको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराइले भने, पेट्रोलियम पदार्थको खपत वृद्धि भए पनि भण्डारण क्षमता बढेन सकेन । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, ३ भदौ । एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको आज साँझ इण्डोनेसियाको जाकार्तास्थित गेलोरा बुङ कार्नो रङ्गशालामा त्यहाँका राष्ट्रपति जोको विडोडोले उद्घाटन गरेका छन् । समारोहमा इण्डोनेसियाका चर्चित कलाकारहरू अन्गुन, राइसा, टुलुस, इडो कोण्डोलोगिट लगायतले आफ्नो प्रस्तुति दिए । उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जना सहभागी थिए । उद्घाटन समारोहको मार्चपासमा भारोत्तोलनका कमलबहादुर अधिकारीले नेपालको राष्ट्रिय झण्डा बोकेका थिए । एशियाडमा ४५ देशका ११ हजार ५०० खेलाडी सहभागी छन् । ४० खेलका ४२० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । इण्डोनेसियाका सर्वाधिक ९५१ खेलाडीले प्रतिस्पर्धा गर्ने एशियाली खेलकूदमा समग्रमा सबैभन्दा बढी स्वर्ण जितेको चीनले ८७९ खेलाडी सहभागी गराएको छ…

Read More

काठमाडौं, ३ भदौ । नेपाली सुगन्धित जडीबुटीको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने उद्देश्यले युरोपमा हुन लागेको एक कार्यक्रममा दर्जन सरकारी कर्मचारी सहभागी हुन लागेका छन् । जर्मन अन्तर्राष्ट्रिय विकास नियोग (जीआईजेड) नेपालको आयोजनामा हुने कार्यक्रममा व्यवसायी र निजी क्षेत्रको कोटामा समेत केन्द्र र प्रदेशका कर्मचारी जान लागेका हुन् । भदौ १६ देखि २४ सम्म उनीहरूले फ्रान्स र इटाली भ्रमण गर्नेछन् । भ्रमणमा संघको वन तथा वातावरण, प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालय र तत्कालीन वन कार्यालयका प्रमुख (डीएफओ)हरू सहभागी हुनेछन् । जीआईजेडकै जडीबुटी प्रवर्द्धन कार्यक्रम ‘इन्म्याप्स’का प्रोजेट मेनेजर कल्याण गौलीसहित तीन जना पनि भ्रमणमा जाँदै छन् । भ्रमणमा…

Read More