
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, १७ भदौ । प्रदेश नं १ मा एक घरले कम्तीमा पाँच थान बिरुवा रोप्नुपर्ने भएको छ । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले शनिबार लेटाङ नगरपालिकामा ‘एक घर पाँच वृक्षरोपण अभियान’ शुभारम्भ गर्दै वातावरण स्वच्छ राख्न र आम्दानी बढाउनका लागि आ–आफ्नो घर जग्गामा बिरुवा रोप्नुपर्नेमा जोड दिनुभयो । अहिले पनि हामी वन पैदावरमा आत्मनिर्भर हुननसकेका कारण विदेशबाट अर्बौ रकम बराबरको काठ आयात भइरहको जानकारी दिँदै उहाँले स्वदेशको रकम विदेश जान नदिन रुखका बिरुवा रोप्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सभासद् उपेन्द्र घिमिरे र उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालयका सचिव बद्रिराज…
नारायण न्यौपाने काठमाडौँ, १७ भदौ । विलासितामा खर्च गरिँदै आएको विप्रेषणको ठूलो हिस्सालाई कसरी घटाउन सकिन्छ भनेर छलफल भइरहेको बेला सरकारी ढुकुटीबाटै ठूलो रकम विलासिताकै सामान खरिदमा खर्च भएको तथ्य खुलासा भएको छ । महालेखा परीक्षकको कार्यालयले प्रतिनिधिसभा सार्वजनिक लेखासमितिमा प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७३÷७४ मा राज्यको ढुकुटीबाट सवारीसाधनतर्फ ६ अर्ब ७१ करोड खर्च भएको उल्लेख छ । विप्रेषणबाट प्राप्त हुने रकमको ठूलो अंश मोबाइल, टेलिभिजन, कपडालगायत विलासिता तथा दैनिक उपभोग्य वस्तुमा खर्च हुँदै आएकाले त्यसलाई कसरी उत्पादनतर्फ जोड्ने भन्नेबारे सरकार र अर्थतन्त्रका जानकारबीच छलफल हुँदै आएको छ । वैदेशिक रोजगारमा रहेका नेपालीबाट आर्थिक वर्ष २०७४÷७५ मा रु सात…
उर्लाबारी, १७ भदौ । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा गए राति मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३प ७९०९ नं को मोटरसाइकलको ठक्करबाट तेह्रथुमको लालीगुँरास नगरपालिका–२ घर भएका ५५ वर्षीय उद्धव मोतेको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोतेलाई उपचारका लागि स्थानीय पथरी अस्पतालमा पु¥याउने बित्तिकै मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय पथरीशनिश्चरेले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर, १७ भदौ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका अभिभावक दोषी पत्ता लाग्नेमा आशंकित देखिएका छन् । भेट्न पुगेकी खानेपानी मन्त्री बिना मगरसामु उनीहरूले प्रहरीले दोहोर्याएर गरेको अनुसन्धान पनि प्रभावकारी नभएको गुनासो गरे । ‘देशका सबै लागेर पनि त्यो अझै लुकेको छ, कति शक्तिशाली छ त्यो रु’ आमा दुर्गादेवीले प्रश्न गरिन् । प्रत्युत्तरमा मन्त्री मगरले दोषी खोजेरै छाड्ने आश्वासन दिइन । दुर्गादेवीका आँखा रसाइरहेका थिए । यो देखेर मगरले पनि आँसु थाम्न सकिनन् । ‘आफन्त गुमाउँदाको पीडा मैले राम्ररी भोगेकी छु,’ उनले भनिन्, ‘छानबिन अघि बढेको छ, हिम्मत नहार्नुस् ।’ पहिलेको अनुसन्धानमा प्रहरी नै प्रमाण मेट्न संलग्न पाइएकाले अब पनि…
काठमाडौँ, १७ भदौ । सरकारले मुलुकी अपराध संहिता संशोधन गर्ने लिखित प्रतिबद्धता पूरा नगरेको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने भएको छ। संघका महासचिव डा। लोचन कार्कीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र कानुनमन्त्री भानुभक्त ढकालसँग शुक्रबार सिंहदरबारमा भएको बैठकमा सकारात्मक परिणाम निस्कन नसकेकाले हडतालमा उत्रनुपरेको बताए। उनले भने, ‘सरकारले सहमतिबमोजिम संहिता संशोधन प्रक्रिया अघि बढाएन । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन २०६६ एवं नियमावली २०६९ बनिसके पनि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढिरहेकाले यस्ता घटनामा संलग्न दोषीमाथि कारबाही गर्नका लागि बिनाधरौटी जेल चलानको व्यवस्था नभएसम्म स्वास्थ्य सेवा…
काठमाडौँ, १७ भदौ । बजारमा नक्कली सर्टिफिकेटको चर्चा व्यापक छ । नक्कली नागरिकता पनि ब्यापकै छ भन्दा फरक पर्दैन । त्यस्तै नक्कली साबुन, नक्कली तेल, नक्कली सैम्पु, नक्कली औषधिबारे पनि हामीले सुनेकै हौँ । अब नक्कलीहरुको यो हुलमुलमा एउटा अर्को नक्कली थपिएको छ, नक्कली बलात्कारी । बजार त नक्कलीहरुले पुरै छोपिसकेको रहेछ । हुँदाहुँदा अब बलात्कारीसमेत नक्कली आउन थालिसक्यो । हालै मात्र कञ्चनपुरमा त्यस्तो नक्कली बलात्कारी पक्राउ परेको हो । कञ्चनपुरमा गत महिना एक चेली बलात्कारपछि हत्याको सिकार भएकी थिइन् । घटनाप्रति स्थानीय जनता आक्रोशित भएपछि प्रहरीले एउटा बलात्कारी पक्राउ गर्यो । सबैका सामु सार्वजनिक पनि गर्यो । पछि थाहा…
काठमाडौँ, १७ भदौ । एक साताभित्रै प्रदेश ५ मा आधा दर्जन बलात्कारका घटना सार्वजनिक भएका छन् । तीमध्ये तीन जना बालिका छन् । मंगलबार बाँकेको कोहलपुरमा पाँच वर्षीया बालिकामाथि काकाले बलात्कार गरेको मुद्दा प्रहरीकहाँ पुगेको खबर नसेलाउँदै शुक्रबार १३ वर्षीया बालिका आफ्नै हजुरबुवाबाट बलात्कृत भएकी छन् । कोहलपुर नगरपालिका–३ निवासी ७० बर्से वृद्धले नातिनीलाई तीन वर्षदेखि यौन शोषण गर्दै आइरहेको रहस्य खुलेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका सूचना अधिकारी मानबहादुर बिसीका अनुसार पीडित बालिकाले शुक्रबार प्रहरीमा हजुरबुवाविरुद्व उजुरी दिएकी छन् । आरोपी वृद्धलाई शुक्रबारै पक्राउ गरी प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ । शुक्रबारै पीडित बालिकाको स्वास्थ्य परीक्षण…
गौरादह, १७ भदौ । गौरादह–४ डोरामारीमा तीज विषेश कार्यक्रम सम्पन्न भएको छ । वार्ड नं. ४ महिला सञ्जालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । गौरादहको पुरानो र ऐतिहासिक बजारको रूपमा स्थापित डोरामारी बजारलाई नगरभित्रको मुख्य बजारको रूपमा बिकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ । तीज पर्वको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा प्रतियोगितात्मक तिज नृत्यहरु प्रस्तुत गरिएको थिए । अन्तर्पार्टी पार्टी महिला संजाल कि अध्यक्ष विनिता कट्वालको सभापतित्वमा सप्पन्न भएको कार्यक्रममा ४ नं. वार्ड अध्यक्ष मडिन्द्र कार्की प्रमुख अतिथि रहेका थिए । त्यसैगरी, विशिस्ट अतिथिमा १ नं. वडाध्यक्ष नगेन्द्र भण्डारी, गौरादह उद्योग वाणिज्य संघ अध्यक्ष जीवनकुमार रार्इ, महिला नेत्री…
जाजरकोट, १७ भदौ । जाजरकोटमा एक जनप्रतिनिधि राजीनामा दिएर शिक्षिका बन्नुभएको छ । गत वर्ष सम्पन्न स्थानीय तहको चुनावमा वडा सदस्यमा निर्वाचित हुनुभएकी जुनिचाँदे गाउँपालिका–६ की गरिमा शाही राजीनामा दिएर शिक्षिका बन्नुभएको हो । शाही तत्कालीन माओवादी केन्द्रबाट वडा सदस्य भई जिल्ला समन्वय समितिको सदस्यसमेत निर्वाचित हुनुभएको थियो । उहाँ छेडागाड नगरपालिका–७ को भानुभक्त आधारभूत विद्यालयको शिक्षिका बन्नुभएको हो । बिहीबार जिल्ला समन्वय समितिबाट राजीनामा दिइ जिल्ला शिक्षा समन्वय इकाइले लिएको परीक्षामा समेल हुनुभएको थियो । कक्षा ६ देखि ८ सम्मको गणित विषयको शिक्षण सिकाइ अनुदान दरबन्दीमा उहाँ शिक्षिका भएको जिल्ला शिक्षा समन्वय इकाइ जाजरकोटका प्रमुख सुधिनराज बुढाथोकीले जानकारी दिनुभयो…
काठमाडौँ, १७ भदौ । यती एयरलाइन्सको विमान दुर्घटनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ११ घण्टादेखि बन्द रहेको छ । नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौँ आइपुगेको यतीको कलसाइन नाइन एन एएचडब्लुको जेट स्ट्रिम विमान गए राति अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको थियो । शनिबार राति ८ः३० बजे भएको उक्त घटनापछि विमानस्थल अवरुद्ध थियो । दुर्घटनामा कुनै मानवीय क्षति भएन । घाँसे मैदानमा धस्सिएको विमानलाई नेपाल नागरिक उड्डयन प्राधिकरण, यती एयरलाइन्सका प्राविधिकलगायतको टोलीले तानेर रनवेतर्फ लगिसकेको विमानस्थल कार्यालयले जनाएको छ । केहीबेरमा सञ्चालनमा आउने अवरुद्ध विमानस्थल केहीबेरमै सञ्चालनमा आउने भएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार प्राधिकरण, विमानस्थलको फायर फाइटिङका कर्मचारी, नेपाल प्रहरी,…