
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १ भदौ । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले स्थानीय तहले लिने पञ्जीकरण शुल्कमा पुनर्विचार गर्नुपर्ने बताउनुभएको छ । दमक उद्योग बाणिज्य संघको २७औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै मन्त्री आङ्बाले त्यस्तो बताउनु भएको हो । ‘जन्म, मृत्यु, विवाह लगायत व्यक्तिगत घटना दर्ताका लागि लिइने शिल्कका विषयमा विवाद आइरहेको छ’, मन्त्री आङ्बोले भन्नुभयो, ‘यसमा स्थानीय तहले विचार गर्नुपर्छ ।’ उहाँले जनभावना अनुरुप शुल्क निर्धारण गर्न आग्रहसमेत गर्नुभयो । जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई विभिन्न बहानामा निश्तेज पार्ने प्रयास भइरहेको बताउँदै उहाँले भन्नुभयो, ‘त्यस्ता प्रयासलाई स्वतः असफल हुनेछन् ।’ जनता सही गलत छुट्याउन सक्ने भइसकेकाले सरकारका…
मोरङ, १ भदौ । बिराटनगर महानगरपालिका–१३ बस्ने २३ बर्षीया सिखा घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । हत्या गरको आरोपमा सोही ठाउँ बस्ने ३० बर्षीय दिनेश भट्टराईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । को.१.प १७२३ नम्बरको स्कुटरमा आएका दिनेशले ग्रामथान गाउँपालिका–३ सिद्राहामा सिखालाई दाउले प्रहार गरी हत्या गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खुदुनाबारी, १ भदौ । जनताको तटबन्धन कार्यक्रम विकास कार्यक्रम अन्तरगत अर्जुनधारा नगर भएर बग्ने विरीङ नदीको अतिसंवेदनशील क्षेत्रको अनुगमन सम्पन्न गरिएको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको नेतृत्वको अनुगमन टोलीले अर्जुनधारा–७ स्थित विरीङ नदीमा पर्ने फूलमति पुल चौरासी बिघे पैनीको मुहान र अर्जुनधारा–१ विरीङ नदीमा रहेको पाँचथरे खोल्सी छेउको अति संवेदनशील क्षेत्रको स्थलगत अनुगमन गरिएको हो । वर्षाको समयमा उक्त क्षेत्रमा पानीको बहाब अत्यन्तै बढी हुने भएकाले संम्भावित कटान गरी क्षर्ति पु¥याउने देखिएकाले अनुगमन गरिएको नगर प्रमुख रानाले बताए । बाढीले संम्भावित क्षेत्रमा पु¥याएको विवरण रिपोटिङ आफूले सिँचाई विभागमा गर्ने उक्त टोलीमा सहभागी रहेका जनताको तटबन्धन कार्यक्रम इञ्जिनियर राम…
काठमाडौँ, १ भदौ । रेडियो नेपाल अब मोबाइल एप्सबाट पनि विश्वभर सुन्न सकिने भएको छ । एण्ड्रोइड भर्सनको मोबाइलमा उपयोग गर्न सकिने एप्स आज रेडियो नेपालमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक गर्नुभयो । सरकारको आधिकारिक विषय सार्वजनिक गर्न रेडियो नेपालको मोबाइल एप्स सहयोगी सावित हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । “रेडियो नेपालले सकारात्मक कुरा पठाउनुपर्छ, नकारात्मक कुरा होइन, दिग्भ्रमित गर्ने विषयको आयु छोटो हुन्छ, यो संस्थाले राष्ट्रको प्रतिनिधित्व गर्छ, यसैले रेडियो नेपालले सरकारको मात्र नभई सबैको सही सूचना सम्प्रेषण गर्नुपर्छ”, मन्त्री बाँस्कोटाले भन्नुभयो । रेडियो नेपालमा स्वर परीक्षा नलिइ समाचार वाचन र कार्यक्रम चलाउन नदिन…
अर्जुनधारा, १ भदौ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनमएसी)को बुट्टाबारी सम्पर्क कार्यालय उद्घाटन भएको छ । एनएमसीको २६ औं कार्यालयको रुपमा बुट्टाबारीमा कार्यालय उद्घाटन भएको हो । सम्पर्क कार्यालयको रिवन काटेर उद्घाटन अर्जुनधारा नगरपालिका प्रमुख हरि कुमार रानाले गरेका थिए । नेपालमा एनएमसीले समुदायको अभियानमा मार्गदर्शकको भूमिका निर्वाह गरेको आफूले पाएको बताउँर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका रानाले अर्जुनधारा नगर क्षेत्रमा खाद्यपदार्थमा विष नियन्त्रण गरी आग्र्यानिक उत्पादनतर्फ प्रवेश गरिने बताए । उनले समुदायमा सामाजिक सद्भाव, महिला हिंसा नियन्त्रण र बालमैत्री वातावरण बनाउन प्रतिबद्ध रहेको बताए । संस्थाको संक्षिप्त परिचय तथा वर्तमान अवस्थाको बारेमा एनएमसी संञ्चालक समितिका उपाध्यक्ष लक्ष्मी उप्रेतीले जानकारी…
काठमाडौँ, १ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ सङ्गठन विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ राखिने भएको छ । आज बसेको विद्यार्थी एकता कार्यदलको बैठकले विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ वा छोटकारीमा ‘अखिल’ राख्ने निर्णय गरेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले जानकारी दिनुभयो । यसअघि नेकपा (एमाले) निकट अनेरास्ववियु र नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) नाम रहेका थिए । उक्त विद्यार्थीको नाम अङ्ग्रेजीमा भने All Nepal Nation Indepent Students UnionÚ रहनेछ । नेतृत्वमा अझै सहमति हुन सकेको छैन । नयाँ बन्ने सङ्गठनको नेतृत्वका लागि अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङ र अनेरास्ववियुका महासचिव ऐन महर, उपाध्यक्ष महेश बर्तौला र सचिव सुरेश पराजुली रहेका…
धनगढी, १ भदौ । आजबाट लागू भएको मुलुकी देवानी तथा फौजदारीसम्बन्धी संहिताको प्रभावकारी कार्यान्वयन हुन सकेमा कानूनी राज्य स्थापना हुनेमा जोड दिइएको छ । मुलुकी देवानी फौज्दारीसम्बन्धी संहिता लागू भएको अवस्थामा प्रदेश नं ७, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज आयोजित अन्तरक्रियाका वक्ताहरुले नयाँ कानूनलाई हरेक व्यक्तिले आ–आफ्नो नैतिकता र आचरणसँग जोड्दै सफल कार्यान्वयन गर्ने÷गराउनेतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाली समाजको रुपान्तरणका लागि यो कानून ऐतिहासिक घटना भएको उल्लेख गर्दै भनसुन र आफ्नो इच्छानुसार कानूनको कार्यान्वयन गर्ने गराउने विगतको प्रवृत्तिको यो कानूनले अन्त्य गराउने विश्वास व्यक्त गर्नुभयो । “सकारात्मक सोच राखेर कानून…
अच्युत रेग्मी काठमाडौँ, १ भदौ । आर्थिक वर्ष २०७४÷७५ मा नेपालमा उत्पादित रु पाँच अर्ब २१ करोड २० लाख ३३ हजारको हस्तकला सामग्री विदेश निर्यात गरिएको छ । सबैभन्दा बढी हस्तकलाका सामग्री संयुक्त राज्य अमेरिकामा निर्यात भएको छ । तीस प्रतिशतभन्दा बढी नेपाली हस्तकलाका सामग्री अमेरिका निर्यात गरिएको छ । नेपाल हस्तकला महासङ्घका महानिर्देशक डा गोविन्दप्रसाद रेग्मी अमेरिकाबाट नेपाली हस्तकला सामग्रीको अत्यधिक माग आएको बताउनुहुन्छ । “रेशाजन्य र धातुजन्य हस्तकला सामग्री बढी मात्रामा अमेरिका निर्यात हुने गरेको छ,” उहाँले भन्नुभयो । नेपालले हाल अमेरिका, युरोप, बेलायत, जर्मनी, फ्रान्स, फिलिपिन्स, क्यानडा, कुवेत, जापान, चीन, भारतलगायत ६० भन्दाबढी मुलुकमा हस्तकलाका सामान निर्यात…
दमक, १ भदौ । विद्युत् चुहिएर झापाको शिवसताक्षी–११ स्थित सङ्ग्रौला ब्रर्दशमा आगलागी हुँदा करीब दुई करोड मूल्यबराबरको क्षति भएको छ । बिहीबार राति ८ बजेतिर अचानक आगलागी हुँदा पसलमा रहेको विद्युतीय सामग्री टेलिभिजन, फ्रिज, भ्याकुमक्लिनर, वासिङमेशिन पूर्णरूपमा नष्ट भएको छ । कोठाको दुबै सटरमा एक्कासी धुँवाधुलो निस्किएपछि मात्रै आगो लागेको थाहा भएको थियो । तत्कालै आगो नियन्त्रण गर्न नसक्दा पसलको सबै समान जलेको सञ्चालक पोखरेलले बताउनुभयो । आगलागीबाट पसलको सबै समान जल्दा दुई करोड मूल्यबराबरको क्षति भएकोे सञ्चालक पोखरेलले बताउनुभयो । आगलागी दमक, बिर्तामोडको बारुणयन्त्र, प्रहरी, स्थानीय बासिन्दाको सहयोगबाट करीब एक घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक…
काठमाडौँ, १ भदौ । अर्थमन्त्री डा युवराज खतिवडाले तीन÷चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको छ । लघुवित्त संघ नेपालले आज आयोजना गरेको ‘लघुवित्त कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै उहाँले सरकारले गरिबीलाई उत्पादनसँग जोडेर निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको हो । “कर्जाको आकार बढाएर गरिबीलाई उत्पादन र सीपलाई जोड्न गइरहेका छौँ”, उहाँले भन्नुभयो, “हामी समृद्धिको यात्रामा रहेकाले निरपेक्ष गरीब अन्त्य गरेर अगाडि बढ्दैछौँ ।” उहाँले स्थानीय तहसँग मिलेर लघुवित्तले गरिबी हटाउन भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले लघुवित्त संस्थाले सदस्य सङ्ख्या धेरै बनाएर सर्वसाधारणलाई गरीबमै राख्नुभन्दा थोरैमा धेरै लगानी गरेर उनीहरुको जीवनस्तर माथि उठाउन पहल गर्नुपर्नेमा…