
गौरादह, २ भदौ । त्रिभुवन विश्व बिधालयको आंगिक क्याम्पस गौरादह कृषि क्याम्पसमा अन्तर बिधालय स्तरीय हाजिरी जवाफ कार्यक्रम सप्पन्न भएको छ ।
अनेरास्ववियु र अखिल क्रान्तिकारी सम्बद्ध विद्यार्थीहरुको संयुक्त विद्यार्थी संगठन द्वारा आयोजित हाजिरी जवाफ कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । उक्त कार्यक्रम क्याम्पसको पठनपाठन सुरु भएसँगै प्रथम पटक आयोजना गरिएको विद्यार्थी स्तरिय कार्यक्रम रहेकोे बताइएको छ ।

प्रतियोगितात्मक कार्यक्रममा गौरादह नगरपालिका भित्र रहेका ११ वटा निजि तथा सामुदायिक बिधालयका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुले भाग लिएका थिए । कार्यक्रममा गोल्डेन सनराइज मावि प्रथम, ज्ञान ज्योति मा वी द्वितीय र इमिनेन्ट कन्चंजङ्गा तृतीय भएका थिए ।
कार्यक्रममा प्रमुख अतिथी अखिल विद्यार्थी संगठनका नेता समर्पण खतिवडा रहेका थिए । सभ्य र व्यवस्थित रूपमा संचालन गरिएको कार्यक्रम गौरादह क्षेत्रमै एउटा उदाहरण बनेको उनले बताए । विशिष्ट अतिथि तथा क्याम्पस प्रमुख जन्मजय गैरे ले समय समयमा आयोजना गरिने अतिरिक्त क्रियाकलाप बाट विद्यार्थीहरुको आत्मीय सम्बन्ध बिकास हुने भन्दै आगामी दिनमा पनि क्याम्पसले विभिन्न अतिरिक्त कृयाकलापहरु आयोजना गरिरहने बताएका छन् ।
कार्यक्रममा प्रथम, द्वितीय तथा तृतीय हुने विद्यार्थीहरुलाइ पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको गोल्डेनका शिक्षक गोपाल खरेलले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
