
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, १४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालीबीचको एकतालाई बलियो बनाउन हिन्दूराष्ट्र अपरिहार्य भएको बताउनुभएको छ । प्रदेश नं १ स्तरीय ‘हिन्दूराष्ट्र पुनःस्थापना राष्ट्रिय जागरण अभियान’को विराटनगरमा आज शुभारम्भ गर्दै अध्यक्ष थापाले कुनै राजनीतिक क्रान्ति तथा आन्दोलनले नभई केही दलका नेताले व्यक्तिगत स्वार्थसिद्ध गर्न रातारात हिन्दूराष्ट्र हटाएर धर्म निरपेक्ष बनाएको आरोप लगाउनुभयो । हिन्दूराष्ट्र र सनातन धर्म नेपालीको पहिचान, एकताको आधार तथा राष्ट्रिय अस्तित्वको आधारस्तम्भ भएको उल्लेख गर्दै अध्यक्ष थापाले केन्द्रबाट शुरु भएको हिन्दूराष्ट्र पुनःस्थापना जनजागरण अभियान प्रदेश र जिल्ला हुँदै ७५३ वटै स्थानीय निकायमा सञ्चालन हुने बताउनुभयो । उहाँले राप्रपाकै नेतृत्वमा आन्दोलनले सफलता प्राप्त गरी हिन्दूराष्ट्र…
काठमाडौँ, १४ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्गठनलाई दक्षिणपूर्व र दक्षिण एशियालाई जोड्ने सेतु बनाउनुपर्ने बताउनुभएको छ । चौथो बिम्स्टेक शिखर सम्मेलनको आज आयोजित विशेष समारोहमा शुभारम्भ गर्दै उहाँले सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई बुद्ध र सगरमाथाको देशमा न्यानो अभिवादनका साथ स्वागत गर्नुभयो । विश्वको कूल जनसङ्ख्याको २२ प्रतिशत जनसङ्ख्याको प्रतिनिधित्व गर्ने बङ्गालको खाडी क्षेत्रका राष्ट्रका तर्फबाट हामी यहाँ यस क्षेत्रमा शान्त, समृद्ध र दिगो विकास कायम गर्ने प्रतिबद्धताका साथ उपस्थित भएको बताउनुभयो । सम्भाव्यताले भरिपूर्ण यस क्षेत्रका राष्ट्रमा समृद्ध प्राकृतिक सम्पदा र क्रियाशील जनसङ्ख्याबाट…
काठमाडौँ १४ भदौ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले द्वन्द्व पीडितलाई न्याय हुने तरिकाले काम गर्न द्वन्द्वकालीन दुई आयोगलाई आग्रह गर्नुभएको छ । अन्तराष्ट्रिय बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा आज बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले आयोजना गरेको कार्यक्रममा उहाँले दुवै आयोगलाई द्वन्द्वपीडितलाई आशावादी हुने तरिकाले काम गर्न आग्रह गर्नुभएको हो । मन्त्री ढकालले भन्नुभयो, “बेपत्ता परिवारका पीडालाई कम गर्ने तरिकाले आयोगले काम गर्नुपर्छ, आयोगले पीडितलाई न्याय दिन्छ भन्ने आशावादी पनि बनाउनुपर्छ, कानूनी रुपमा केही समस्या भए, त्यो समाधान सरकारले छिटै गर्छ ।” पीडामा परेका पीडितलाई न्याय दिनका लागि सरकारले आयोगको गठन गरेको तर आयोगका पदाधिकारी सरकारकै आलोचना गरेर…
विराटनगर, १५ भदौ । विराटनगरस्थित प्राइम सहकारी बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणले बचत गरेको करोडौं रुपैयाँ अपचलन गरेको भन्दै प्रबन्धकसहित ९ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएको छ । सहकारीका प्रमुख विराटनगरका ६८ वर्षका इन्द्रलाल श्रेष्ठ, प्रबन्धक तथा सचिव विराटनगरका ३४ वर्षका ईश्वर श्रेष्ठ र उपाध्यक्ष विराटनगर ३ का ४० वर्षका विष्णुप्रसाद सुवेदीसहित ९ जनाविरुद्ध बिहीबार जिल्ला अदालतमा ठगी मुद्दा दर्ता भएको हो । प्रहरीले ठगी आरोपमा अनुसन्धान गर्न तीन जनालाई पक्राउ गरिसकेको छ भने अन्य ६ जना फरार रहेका छन् । सरकारी वकिलको कार्यालयले पक्राउ परेका तीन जनासहित अन्य ९ जनाविरुद्ध मुद्दा दायर गरेको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज…
काठमाडौँ, १४ भदौ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएइ)सँग ७८ रनले पराजित भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएइले नेपाललाई २५५ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल ४८ दशमलव ५ ओभरमा सवै विकेट गुमाउँदै १७६ रनमा समेटियो । यो नेपालको लगातार दोस्रो हार हो । यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल ओमनसँग सात विकेटले पराजित भयो । हारसँगै नेपालको एशिया कप क्रिकेट खेल्ने सपना अधुरो नै रह्यो । खेलमा नेपालका लागि सुवास खकुरेलले सर्वाधिक ५० रन जोडे । एक दिवसीय अन्तर्रााष्ट्रय…
काठमाडौँ, १४ भदौ । आगामी तीन दिनसम्म देशभरि नै सामान्य बद्ली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनसम्मको मौसमी पूर्वानुमान बुलेटिन जारी गर्दै आज दिउँसो हल्कादेखि मध्यम वर्षा र पश्चिम नेपाल र पूर्वी नेपालका एक–दुई स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना औँल्याएको हो । आज राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बद्ली रही मध्य र पश्चिमका धेरै स्थानमा र पूर्वी नेपालका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि शुक्रबार देशभरि नै आंशिकदेखि सामान्य बद्ली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पश्चिम नेपालको विशेष गरी तराई र…
थकानको अनुभव सबैलाई हुन्छ । आराम गरेपछि या सुतेपछि थकाई मेटिन्छ । तर जब सुत्दा या आराम गर्दा पनि थकाई मेटिंदैंन भने ‘क्रोनिक फटिग’ को संकेत हुन सक्छ । यो रोगमा बिरामी सधैं आलस्य महसुस गर्छ । आलस्यताले उसको मानसिक, शारीरिक या सामाजिक स्तरमा असर पर्छ । व्यस्त दिनचर्या, खराब जीवनशैली, बिरामी, अनियमित या असन्तुलित खानपान, भाइरल इन्फेक्सन अथवा बायो–साइकोलोजिकल कारणबाट यस्तो हुन सक्छ । यस्तो अवस्थामा दिनचर्या बदल्न, मनोवैज्ञानिक सल्लाह लिन, डाक्टरको सल्लाहमा औषधि लिनुका अलावा राम्रोसंग निद्रा पु¥याउनाले समस्या काफी हदसम्म ठीक हुन्छ । बढी आलस्यताले केही गम्भीर रोगको संकेत गर्छ । मुख्य रुपमा यी चार खालका रोगमा…
बलिउडका रियल जोडी ऐश्वर्या राय र अभिषेक बच्चनको दिन ठिक चलिरहेको छैन । उनीहरुको करिअर ग्राफ निरन्तर ओरालो लागिरहेको छ । ऐश्वर्याको पछिल्लो फिल्म ‘फन्ने खान’ फ्लप भयो । योभन्दा अगाडि उनका दुई फिल्म ‘जज्बा’ र ‘सरबजित’ पनि असफल बनेका थिए । फ्लप फिल्मको ह्याट्रिक गरेपछि ऐश्वर्याको करिअरमै प्रश्नचिन्ह लागेको छ । अर्कोतर्फ अभिषेकको अवस्था झन् डामाडोल छ ,। चार वर्षसम्म उनले एउटै फिल्म पाएनन् । बल्लबल्ल ‘मनमर्जिया’ पाएका छन्, तर यो फिल्मले पनि कुनै चमत्कार गर्ने छाँट देखिएको छैन । यसैबीच एक निर्माताले अभिषेक र ऐश्वर्यालाई आफ्नो फिल्ममा जोडी बनाउने चेष्टा गरे । यो फिल्मको नाम थियो, ‘गुलाब जामुन’…
श्रीमती धेरै सुन्दर हुँदा पनि कतिपय लोग्नेहरुलाई औडाहा हुँदो रहेछ । भारतमा एकजना युवकले आफ्नी पत्नी धेरै राम्रो भएको भन्दै उनीमाथि निकै घिनलाग्दो हर्कत गरेका छन् । आफ्नी सुन्दर पत्नीमाथि सहरका मानिसहरुको गिद्दे नजर पर्ला कि भन्ने डरले सताएपछि ती युवकले पत्तीविरुद्ध डरलाग्दो कर्तूत गरे । भारतको मुम्बइको घटना हो यो । आरोपीको नाम राज रायकवार हो । उनीमाथि बलात्कार तथा यौनउत्पीडनको आरोप लागेको छ । अभियुक्त बलिउड फिल्म उद्योगमा काम गर्दछन् । उनी मुम्बईमा बस्दछन् भने उनको परिवार जबलपुरमा बस्ने गरेका छन् । राजले १२ वर्षअघि बिहे गरेका थिए र उनका २ बच्चा छन् । राजकी पत्नी निकै सुन्दर…
मोरङ, १४ भदौ । १ नं प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्वाहाङले आज दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रमाणीकरण गरिएका विधेयकहरूमा जिल्ला सभाको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ रहेका छन् । प्रदेशसभाको विभिन्न बैठकबाट पारित भई प्रदेश प्रमुखको कार्यालयमा प्रमाणीकरणका लागि प्राप्त हुन आएको दुवै विधेयक प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयका सचिव रामकृष्ण गुरागार्इंले बताउनुभयो । हालसम्म प्रदेशसभाबाट निर्णय भई आएका १५ वटा विधेयक प्रमाणीकरण भइसकेको प्रदेश सचिव गुरागाईंको भनाइ छ ।