झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

लहान, १० भदौ । आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते सिरहाको लहान नगरपालिका–१८ मनर्वाका एक जनाको मृत्यु भएको छ । घरायसी विवादमा २५ वर्षीय छोरा सञ्जय सदायको कुटपिटबाट गम्भीर घाइते भएका ४५ वर्षीय बुबा उमेश सदायको उपचारको क्रममा शनिबार साँझ विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । छोराको कुटपिटबाट गम्भीर घाइते भएका सदायको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा भर्ना गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर भर्ना गरिएको थियो । उपचारका क्रममा शनिबार उहाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । बाबुलाई कुटपिट गर्ने सञ्जयलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ…

Read More

अजयकुमार साह धनुषा, १० भदौ । जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधाम साथ आज मनाइरहेका छन् । मधेशी समुदायमा रहेको राखी बाँध्ने चलन पछिल्ला वर्षहरुमा पहाडी समुदायमा पनि आएको देखिन्छ । यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र प्रगतिको कामना गर्दछन् । दाजुभाइले दिदीबहिनीलाई केही उपहार अथवा दक्षिणा पैसा दिन्छन् तथा बहिनीको रक्षा गर्ने वचन दिन्छन् । रक्षाबन्धनका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई याद गर्ने र सोहीअनुरुप दाजुभाइले पनि बहिनीलाई याद गरेर अनिवार्य रुपमा उनीहरु कहाँ पुगेर आफ्ना दिदीबहिनीसँग राखी ९रक्षासुत्र० बाँधेर एक…

Read More

नवलपरासी, १० भदौ । सुस्ताको विवादित भूमिमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि पुनः विवाद सिर्जना भएको छ । विवादित भूमि मानिएको क्षेत्रमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि नेपाली पक्षले सो बाटो बिस्तारमा रोक लगाउन खोजेपछि विवाद सिर्जना भएको हो । विसं २०६४ मा नेपाल र भारतका उच्च अधिकारीबीच सुस्ताको विवादित भूमिमा दुवै पक्षबाट कुनै पनि सडक बिस्तार, खेती गर्नेलगायतका काम नगर्ने सहमति भएको थियो । यद्यपि पछिल्लो पटक सुस्ताको विवादित भूमिमा भारतीय पक्षबाट सडक बिस्तार गर्न खोजिएको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खाँले जानकारी दिनुभयो । खाँका अनुसार भारतीय पक्षले विवादित भूमिमा सडक बिस्तार गर्न खोज्दा नेपाली पक्षले…

Read More

गौरादह, ९ भदौ । गौरादह –१ भूपु शैनिक चौकमा रहेको मच्छेश्वर शिवालय मन्दिरको आय–व्यय सार्वजनिक गरिएको छ । मन्दिर परिसरमा आयोजना गरिएको कार्यक्रममा समितिका कोषाध्यक्ष मेख बहादुर विष्टले आम्दानी खर्च ९ लाख रहेको आय–व्यय सार्वजनिक गरेका थिए । मन्दिरको आम्दानी मन्दिर परिसरमा भवन निर्माण, धारा, बिजुली जडानमा खर्च भएको जनाएका थिए । सो स्थानमा नयाँ मन्दिर भवन निर्माणका लागि निकट भविष्यमा शिव पुराण आयोजना गर्ने निर्णय गरिएको छ । मन्दिर कार्यसमितिको अध्यक्ष इन्दिरा विष्ट को सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारी प्रमुख अतिथि रहेका थिए । गौरादह दुर्गा मन्दिर अध्यक्ष खगेन्द्र कार्की, वडा सदस्य कोमल प्रसाद…

Read More

महेन्द्रनगर, ९ भदौ । प्रदेश नं २ सरकारले रक्षाबन्धनका अवसरमा सार्वजनिक बिदाको दिएको छ । आइतबार हुने रक्षाबन्धनका लागि प्रदेश २ का सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बिदाबारे सूचना प्रकाशित गरी जानकारी दिनुभयो । यसअघि प्रदेश सरकारले बिदा दिए पनि सङ्घीय सरकारको मातहतमा रहेका निकाय तथा अदालतले बिदा दिन अस्वीकार गर्दै आएका थिए । प्रदेश २ भित्रका सम्पूर्ण सरकारी कार्यालय, अदालत, बैंक तथा वित्तिय संस्था, संस्थान र विद्यालयमा सार्वजनिक बिदा कार्यान्वयन गराउन सम्बन्धित सबैका लागि सूचना प्रकाशित गरिएको छ । मधेशका जिल्लामा दिदीबहिनी तथा दाजुभाइको प्रेमको प्रतीक मानिएको रक्षाबन्धन धुमधाम साथ मनाइँदैछ । रक्षाबन्धनमा दिदीबहिनीले दाजुभाइलाई रक्षाबन्धन…

Read More

गौरादह, ९ भदौ । झापाको गौरादह नगरपालिकामा सञ्चालन गरिएको ३ महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । गौरादह वडा नं.४ महिला सञ्जालले धरधरे र मजुवामा सञ्चालन गरेको ३ महिने तालिममा वडा भित्रका ७० जना सहभागी थिए । सहभागीलाई दिव्या कार्की र चन्द्रकला ढुंगानाले प्रशिक्षण दिएका थिए । तालिम समापनको अवसरमा सहभागीलाई प्रमाण पत्र वितरण गरियो । सञ्जालकी अध्यक्ष सुनिता सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साह प्रमुख अतिथि रहेका थिए । त्यसअवसरमा उपप्रमुख गीता भेट्वाल वडा नं. ४ का वडा अध्यक्ष मणिन्द्र कार्की, स्थानीय लीला कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Read More

बिर्तामोड, ९ भदौ । बिर्तामोड–५ स्थित कञ्चनजंघा टोल सुधार समितिको अध्यक्षमा पुनः मनबहादुर पाहिम चयन भएका छन् । शनिबार देवी माविको साइन्स ब्लकमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनबाट पाहिमलाई दोस्रो कार्यकालका लागि पनि अध्यक्षको जिम्मेवारी दिइएको हो । २ वर्षे कार्यकालका लागि पाहिमको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षद्वयमा धनराज योङहाङ र दुर्गादेवी थापा चयन भए । सचिबमा लक्ष्मी बास्कोटा, सहसचिबमा सन्तोष गुरुङ र कोषाध्यक्षमा योगप्रसाद भट्टराई ‘सुनिल’ छन् । समितिको सदस्यमा शिवलाल खतिवडा, फिपध्वज तामाङ, विमला भण्डारी, टिका गड्तौला र शैलेन्द्र उप्रेती छन् । समितिका अध्यक्ष पाहिमको अध्यक्षता तथा बिर्तामोड–५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख…

Read More

भक्तपुर, ९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको तीव्रत्तर आर्थिक तथा सामाजिक विकास गर्ने लक्ष्यका साथ सरकार अगाडि बढिरेहको बताउनुभएको छ । भक्तपुरको खरिपाटीमा आज मदन भण्डारी एशियाली विद्यालयको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “भावी पुस्तालाई नेपालको तीव्रत्तर आर्थिक, सामाजिक र सांस्कृतिक विकास देखाउने गरी समृद्धिको लक्ष्य हासिल गर्न सरकार सक्रियरुपमा लागि परेको छ ।” प्रधानमन्त्री ओलीले समाजवाद उन्मुख कम्युनिष्ट पार्टीको वर्तमान सरकारले दिगो आर्थिक विकासलाई उच्च प्राथमिकतामा राखेको चर्चा गर्दै सुखी नेपाली समृद्ध नेपाल बनाउने कार्य चुनौतीपूर्ण भएपनि नेपाल आफैँमा स्रोत र साधनले सम्पन्न भएकाले यसको समुचित प्रयोग गरिने दृढता व्यक्त गर्नुभयो । दुई ठूला छिमेकी राष्ट्रसँगको सन्तुलित सम्बन्ध…

Read More

जीतबहादुर भण्डारी पाँचथर, ९ भदौ । पाँचथर फिदिम बजारमा लामो सयमदेखि व्यवसाय गर्दै आएका भरत अधिकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्नका लागि कृषि कर्जा लिन बैंक धाएको झण्डै डेढ वर्ष हुनथाल्यो, तर अहिलेसम्म उहाँले कुनै पनि बैंकबाट कर्जा पाउन सकेको छैन् । उहाँ मात्र होइन्, उहाँजस्तै बैंकबाट कर्जा नपाएर कृषिजन्य व्यवसाय गर्न नपाएको धैरै छन् । स्थानीय तीर्थ मिश्र, उदय तिम्सिना र इन्द्र गुरुङले पनि संयुक्त लगानीमा दुग्ध प्रशोधन केन्द्र सञ्चालनका लागि कृषि कर्जा लिन सिविल बैंक धाएको डेढ वर्षभन्दा बढी भइसक्यो तर पनि कर्जा पाउन सकेको छैन् । दुग्ध प्रशोधन केन्द्र सञ्चालनका लागि झण्डै रु एक करोड ३१ लाख…

Read More

एजेन्सी,  अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीको जर्सी तथा तस्वीर जलाउन समर्थकलाई आग्रह गरेका एकजना व्यत्ति १२ महिना प्रतिबन्धमा परेका छन् । प्यालेस्टाइनी फुटबल एसोसिएसनका अध्यक्ष जिब्रिल राजिब एकवर्षको प्रतिबन्धमा परेका हुन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्यालेस्टाइनी फुटबल एसोसिएसनका अध्यक्ष राजिबमाथि १२ महिनाको प्रतिबन्ध लगाएको हो । जिब्रिलले घृणा तथा हिंसा भड्काउनका लागि उक्साएको फिफाले जनाएको छ । जिब्रिलले १५ हजार ८२६ पाउण्ड जरिवाना पनि तिर्नु पर्ने भएको छ । जिब्रिलले अर्जेन्टिना र इजरायलबिच हुने तय भएको मैत्रीपूर्ण खेलअघि मेस्सीको जर्सी तथा तस्वीर जलाउन भनेका थिए । खेल गएको जुनमा जेरुसेलममा हुने तय भएको थियो । तर विवाद बढ्दै…

Read More