झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २० भदौ । झापाका दुई पानी उद्योगमा आज शिलबन्दी गरिएको छ । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले झापाका पानी उद्योगमा आज गर्नुभएको अनुगमनका क्रममा बिना अनुमति सञ्चालित गोर्खा मिनरल र भगवती वेभरेज अनुमतीबिना सञ्चालन भएको पाइएपछि ती उद्योगलाई तत्काल बन्द गर्न अनुगमन समितिले निर्देशन दिएको छ । विषय विज्ञ र कर्मचारीसहित आएको अनुगमन टोलीले उद्योगहरुबाट पानीको स्याम्पल लिएर गएको छ । त्यो पानीको गुणस्तर मापन गरेर चाँडै रिपोर्ट सार्वजनिक गरिने मन्त्री घिमिरेले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्री घिमिरे नेतृत्वमा गएको टोलीले झापाका एचएमएन फुड वेभरेज, देवी पाथीभरा इन्डष्ट्रिज, गोर्खा मिनरल, विशाल वेभरेज, भगवती वेभरेज,…

Read More

काठमाडौँ, २० भदौ । किशोरी हराई खोजीका लागि प्रहरीमा उजुरी गरेको १७ दिनसम्म पनि अवस्था थाहा नपाउँदा अभिभावक चिन्तित बनेका छन् । काठमाडौँ महानगरपालिका–४, चप्पल कारखाना बस्दै आएकी १६ वर्षीया आरती अधिकारी भदौ २ गते प्रगति टोलबाट हराएकी थिइन् । आफन्तकहाँ नभेटिएपछि अभिभावकले भदौ ३ गते महानगरीय प्रहरीवृत्त महाराजगञ्जमा उजुरी गरे । उजुरी गरेको १७ दिन पूरा हुँदा पनि अवस्थाका बारेमा थाहा पाउन नसकिएको अधिकारीका मामा तेजबहादुर बानियाँले गुनासो गर्नुभयो । प्रहरीले विस्तृत कल विवरण माग गर्न लेखेको पत्रमा मोबाइल नं गलत लेखेकाले पनि अनुसन्धानमा ढिलाइ भएको उहाँको भनाइ छ । वृत्तका प्रहरी नायब उपरीक्षक भेषराज रिजाल भने आमाबाबुले गाली…

Read More

विराटनगर, २० भदौ । जिल्ला अदालत मोरङले सहकारीको रकम ठगी गर्ने तीन जनालाई थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश दीपक खनालको एकल इजलास ले विराटनगर–९ बाटारोडस्थित प्राइम सहकारीमा सर्वसाधारणले बचत गरेको करौडौँ रकम ठगीको आरोप लागेका सो सहकारीका प्रमुख ईन्द्रलाल श्रेष्ठ, प्रबन्धक तथा सचिब ईश्वर श्रेष्ठ र उपाध्यक्ष विष्णुप्रसाद सुवेदीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले आज जानकारी दिनुभयो । मुलुकी ऐनको अदालती बन्दोबस्तीको ११८ को २ बमोजिम उनीहरुलाई थुनामा राख्न आदेश दिएको श्रेस्तेदार नवराज दुलालले वताउनुभयो ।

Read More

सन्तोष शर्मा झापा, २० भदौ । झापाको हल्दिबारी गाउँपालिकाको सबै टोल विकास संस्थामा महिलाले नेतृत्व पाएका छन् । गाउँपालिकाले पाँच वटा वडामा गठन गरेको २७ वटा टोल विकास संस्थाको अध्यक्षमा महिलाले नेतृत्व पाएका हुन् । गाउँपालिकाको दोस्रो गाउँसभामा पारित ‘हल्दिबारीका महिला, विकासमा पहिला’ भन्ने नीति तथा कार्यक्रम अन्तरगत सबै टोल संस्थाको नेतृत्व महिलालाई प्रदान गरिएको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले जानकारी दिनुभयो । गाउँपालिकाले आज कार्यालय परिसरमा आयोजना गरेको ‘टोल विकास संस्था दर्ता हस्तान्तरण’ कार्यक्रममा टोल विकास समितिका अध्यक्षहरुलाई प्रमाणपत्र र संस्था सञ्चालन कार्यविधि प्रदान गरेको छ । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले गाउँपालिकाको विकास र समृद्धिमा महिलाको भूमिका महत्वपूर्ण हुने…

Read More

बनियानी, २० भदौ । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले झापाका पानी उद्योगको आज अनुगमन गर्नुभएको छ । मोरङका विभिन्न १० वटा पानी उद्योगमा कोलिफर्मको मात्रा पाइएपछि मन्त्री घिमिरेले यहाँका पानी उद्योगको अनुगमन गर्नुभएको हो ।पानी जीवनको महत्वपूर्ण आधार भएकाले पानीको शुद्धता अत्यावश्यक भएको मन्त्री घिमिरेले बताउनुभयो । अनुगमनका क्रममा झापाका तृष्णा, लाइफलाइन, गोर्खा लगायत आधा दर्जन पानी उद्योगको नमुना संकलन गरिएको छ । उद्योगले गर्नुपर्ने सुधारका विषयमा तत्कालै लिखित निर्देशन दिइएको मन्त्री घिमिरेले बताउनुभयो । ‘संकलित नमूनाको नतिजा एक साताभित्र सार्वजनिक गरिनेछ’, उहाँले भन्नुभयो, ‘जे रिजल्ट आउँछ, त्यसका आधारमा कारबाही प्रक्रिया अघि बढ्छ ।’ ‘प्रदेश सरकार…

Read More

भक्तपुर, २० भदौ । काठमाडौँ उपत्यकासँंग जोडिएको भक्तपुर जिल्लामा पहिलोपटक बिबिएम (ब्याचलर अफ विजनेश म्यानेजमेन्ट)को पढाइ हुने भएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजले यसका लागि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय डीन कार्यालयबाट सम्बन्धन प्राप्त गरेकाले यही वर्षदेखि बिबिएमको पढाइ हुने कलेजले जानकारी दिएको छ । ख्वप कलेजका प्राचार्य रुपक जोशीले तीन वर्षपछि कलेजले बिबिएमको यसै वर्षदेखि पढाइ शुरु गर्ने बताउनुभयो । सेमेष्टर प्रणालीमा चार वर्षे कोर्षको पढाइ हुने र छ महीनाको अन्तरमा आठवटा सेमेष्टर सञ्चालन हुने उहाँको भनाइ छ ।

Read More

धनगढी, २० भदौ । ‘को राम्रो को नराम्रो, तर्क चाँही अर्कै छ,…..। पुलिसको दोष मात्र हो, घटना अर्कै छ…..।।‘ कञ्चनपुर घटनामा प्रहरीलाई देखावटी आरोप लगाइएको हो,घटनामा अर्कै पक्षको दोष छ । गौरा पर्वको अवसरमा मङ्गलबार स्थानीय वनदेवी मन्दिर परिसरमा गोलबन्द भएर खेलिएको डेउडा खेलमा सुरक्षा व्यवस्था फितलो भएकै कारण कञ्चनपुरमा बालिका बलात्कारको घटना भएको आरोपको खण्डन गर्दै डेउडाको भाकामा गीतेरु (गीतकार) बिर्खबहादुर सायरको समूहले गीत गाए । डेउडा खेल्न गोलबन्द भएकामध्ये अर्को समूहको नेतृत्व गरेका गीतेरु(गीतकार) नारद न्यौपानेले खेल आरम्भ गर्दै डेउडाको भाखामा प्रश्न तेस्र्याएपछि सायरको समूहले प्रतिउत्तर फर्काएको थियो । कञ्चनपुरमा भएको बालिका बलात्कारको घटनापछि देखिएको जनआक्रोस, सुरक्षा व्यवस्था…

Read More

नेपालीको औसत आयु ७० बर्षको हाराहारीमा छ । बेलायतको मेडिकल जर्नल ‘दि लान्सेट’ले दक्षिण एशियामा श्रीलंकालीपछि नेपालीको उमेर बढी देखाएको छ । उमेरको आयतन त तन्किएको छ, जो आफैमा खुसी मान्नुपर्ने कुरा हो । तर, यत्तिका उमेरसम्म हामी कसरी बाँच्छौं ? के ७० बर्षको हाराहारीमा पुग्दा पनि हामी तन्दुरुस्त, स्वस्थ्य, उर्जावान् र खुसी हुन्छौ ? या त रोगले थलिएका, जीर्ण, पाको, रोगी शरीर लिएर घिस्रिन्छौं ? सत्य के हो भने, निश्चित उमेर पार गरेपछि हामीले देह त्याग गर्छौं । यद्यपी जति उमेरसम्म बाँचिन्छ, त्यस अवधीसम्म स्वस्थ्य एवं निरोगी भएर बाच्न सक्नु ठूलो उपलब्धी हो । भगवान गौतम बुद्धले पनि जीवनभर…

Read More

काठमाडौँ, २० भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मन्त्रालयका काम कारवाही प्रभावित गर्न प्रत्यक्ष अप्रत्यक्षरुपमा विभिन्न दबाब आउने गरेको भए पनि त्यस्ता दबाबले कुनै पनि फरक नपर्ने बताउनुभएको छ । सञ्चारकर्मीसँग आफ्नै कार्यकक्षमा आज कुरा गर्दै उहाँले कानून विपरीत जनताको स्वास्थ्यमा असर पार्ने खाद्य वस्तु उत्पादन र बिक्रीलाई कारवाही गर्दा विभिन्न दबाब आउने गरेको अनुभव सुनाउनुभयो । हाल मन्त्रालयले उद्योग, व्यापार र आपूर्तिका सबै क्रियाकलापलाई एकीकृत र समन्वयात्मक रुपमा गरी अघि बढाइरहेको जानकारी गराउँदै मन्त्री यादवले संविधानअनुसार जनतालाई खाद्य आपूर्तिको अधिकार दिलाउन मन्त्रालयले कानून संशोधनको प्रक्रिया अघि बढाइसकेको बताउनुभयो । फरक प्रशंगमा उहाँले मन्त्रालयको अनुगमनमा वीरगञ्जको निम्बस उद्योगले…

Read More

काठमाडौँ, २० भदौ । सुरक्षित आप्रवासन परियोजना सामी (तेस्रो चरणं) कार्यान्वयन गर्न नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले रु दुई अर्ब अनुदान सहयोग प्रदान गर्ने भएको छ । अर्थमन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थसचिव डा राजन खनाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्यापिलर ओस्वाल्डले सो सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । चारवर्षे सो परियोजना १६ सेप्टेम्बर २०१८ देखि कार्यान्वयन सुरु भई १५ जुलाई २०२२ सम्म रहने छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मुख्य संयोजन गरी सामी परियोजना सातवटै प्रदेश समावेश हुने गरी ३९ जिल्लाका पालिका ९नगरपालिका÷गाउँपालिका० मार्फत कार्यान्वयनमा आउने छ । यसअघि पनि सो मन्त्रालयले सामी परियोजना पहिलो र…

Read More