
विराटनगर, २० भदौ । जिल्ला अदालत मोरङले सहकारीको रकम ठगी गर्ने तीन जनालाई थुनामा राख्न आदेश दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश दीपक खनालको एकल इजलास ले विराटनगर–९ बाटारोडस्थित प्राइम सहकारीमा सर्वसाधारणले बचत गरेको करौडौँ रकम ठगीको आरोप लागेका सो सहकारीका प्रमुख ईन्द्रलाल श्रेष्ठ, प्रबन्धक तथा सचिब ईश्वर श्रेष्ठ र उपाध्यक्ष विष्णुप्रसाद सुवेदीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले आज जानकारी दिनुभयो ।
मुलुकी ऐनको अदालती बन्दोबस्तीको ११८ को २ बमोजिम उनीहरुलाई थुनामा राख्न आदेश दिएको श्रेस्तेदार नवराज दुलालले वताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


