
इलाम, ७ बैशाख । इलामको सन्दकपुर गाउँपालिका–४ गुम्बाडाँडास्थित पञ्चकन्या हाइड्रोपावरको मुख्य पाइप फुटेको छ ।
बिजुली उत्पादनका लागि पावर हाउसतर्फ पानी लैजाने मुख्य पाइप आज दिउँसो फुटेको हो । पाइप फुटेको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी माबुबाट तत्काल प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
ठुलो मात्रामा पानी बाहिरिए पनि कुनै किसिमको मानवीय र पशुचौपायाको क्षति नभएको प्रहरीले जनाएको छ । पाइप फुटेर पानीको बहाव बाहिरिएसँगै हाइड्रोपावरबाट हुने विद्युत् उत्पादन प्रभावित भएको छ । पाइपमा सञ्चित रहेको पानी पूर्ण रूपमा बगेर सकिएपश्चात मात्रै फुटेको पाइपको मर्मत कार्य सुरु हुने जनाइएको छ।
Facebook Comments Box



