झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ,  २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धिका लागि सूचना प्रविधिको उपभोगलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूलनारासहित लिभिङ विथ आइसिटीले आयोजना गरेको कार्यक्रममा भिडियो सन्देशमार्फत उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले नेपालको सूचना प्रविधि क्षेत्रमा आइसिटी अवार्डले नयाँ सम्भावना प्रदान गरेको उल्लेख गर्दै सन् २०२० भित्र मध्यपहाडी जिल्लामा अप्टिकल फाइबर पु¥याउने बताउनुभयो । विकासका हरेक क्षेत्रमा सूचना प्रविधि प्रयोग गरिने बताउँदै उहाँले मुलुकमा सुशासन स्थापनाका लागि सूचना प्रविधि माध्यम महत्वपूर्ण छ भन्नुभयो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिभिङ विथ आइसिटीको तेस्रो संस्करणको ‘नेटगियर आइसिटी अवार्ड…

Read More

सुर्खेत, २ भदौ । एक वर्षअघि संसद्बाट पारित ऐनबारे सरकारले प्रचारप्रसार नगर्दा कार्यान्वयनमा अन्योल देखिएको छ । कान्तिपुरको कर्णाली प्रदेश ब्युरोको समाचारअनुसार, मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता शुक्रबारदेखि लागू भए पनि पहिलो दिन मुद्दाका सरोकारवाला पक्ष नै अनभिज्ञ देखिए । नयाँ कानुनअनुसार शुक्रबार सुर्खेत जिल्ला प्रहरी कार्यालय र अदालतमा कुनै मुद्दा दर्ता भएनन् । अदालतमा नयाँ सफ्टवेयरसमेत भित्रिसकेको छैन । नयाँ मुलुकी ऐन लागू भएको पहिलो दिन शुक्रबार कानुन व्यवसायीका ‘ल फर्म’, प्रहरी कार्यालय र अदालत सुनसानजस्तै देखिए । कानुन व्यवसायीले नयाँ कानुनबारे सरोकारवाला अनभिज्ञ रहेकाले सम्पर्कमा आएजति सबै मुद्दा बिहीबारै प्रहरी र अदालत पठाइसकेका थिए । नेपाल…

Read More

मोरङ, २ भदौ । विराटनगर महानगरका एक युवकले बिहे गर्न नमानेको निहुँमा प्रेमिकाको हत्या गरेका छन् । महानगर–१३ का ३० वर्षीय दिनेश भट्टराईले प्रेमिका २३ बर्षीया शिखा घिमिरेलाई शुक्रबार धारिलो हतियारले हानेर हत्या गरेका हुन् । प्रहरीका अनुसार उनीहरु बिहानै घरबाट को१७प १७२३ नम्बर स्कुटरमा घुम्न निस्किएका थिए । घुम्दै ग्रामथान–३ सिद्रहास्थित नहरछेउ पुगेपछि हत्या गरेको युवकको बयान उद्धृत गर्दै प्रहरी उपरीक्षक मनोज केसीले बताए । ‘घिमिरेको अनुहार, घाँटी, टाउकोलगायत शरीरका विभिन्न भागमा काटेर नहरको डिलमा फालिएको थियो,’ उनले भने, ‘शव चिन्नै नसकिने गरी अनुहारमा धारिलो हतियारले काटिएको छ ।’ प्रहरी उपरीक्षक केसीका अनुसार दुबैबीच प्रेमसम्बन्ध रहेको तर युवतीले बिवाह…

Read More

काठमाडौं, २ भदौ । विप्लव नेतृत्वको नेकपालाई प्रहरीले कडा निगरानीमा राखेको छ र सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई समेत प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । हाल विप्लवलगायत उनले नेतृत्व गरेको नेकपाका केन्द्रीय नेताहरु भूमिगत छन् । सो पार्टीका एक उच्च नेताले विप्लव कहाँ छन् भन्ने बारे आफूलाई जानकारी नभएको बताए । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Read More

इटहरी, २ भदौ । इटहरी उपमहानगरपालिका–१० का वडा सचिव विदुर रेग्मी सेवाग्राहीबाट घुस लिएकोे अभियोगमा पक्राउ परेका छन् । होटल सञ्चालन सम्बन्धी दर्ता स्वीकृतिको प्रमाणपत्र उपलब्ध गराउने भन्दै सेवाग्राहीबाट १३ हजार घुस लिएको अभियोग प्रमाणसहित शुक्रबार साँझ इटहरी–६ स्थित रोजरक मःम हाउसबाट उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । नियन्त्रणमा लिन खोज्दा सचिव रेग्मीले सादा पोशाकमा रहेका प्र्रहरी निरीक्षक राजन कार्कीको नेतृत्वका टोलीसँग मलाई गोजीमा पैसा हालेर फसाउन खोजेको भन्दै विरोध जनाएका थिए । उनलाई थप अनुसन्धानका लागि इटहरीस्थित आयोगको कार्यालयमा लगिएको जनाइएको छ ।

Read More

तीर्थ सिग्देल बेल्जियममा बसोबास गर्दै आएका पत्रकार सन्तोस न्यौपानेले लेखेका छन्, मैले गाडी चलाए बापत वार्षिक ४५० युरो कर तिर्छु, काम गरेबापत मासिक ८०० युरो कर तिर्छु, बाटो हिडे बापत वार्षिक ६० युरो कर तिर्छु, घरको वार्षिक ६५० युरो कर तिर्छु, बिजुली पानी इन्टरनेटको वार्षिक सालाखाला १००० युरो कर तिर्छु, प्रत्येक पटक खाद्य पदार्थ किन्दा ६५ कर तिरेको हुन्छु, माछा मार्ने रहर लागे वार्षिक १२ युरो नगरपालिकालाई बुझाउनुपर्छ मैले । यस्ता धेरै छन् यथार्थ, तर विशेष गरेर युरोप अमेरिका बस्ने नेपालीहरुले सामाजिक सञ्जालहरुमा नेपाल सरकारले लागू गरेको करको विरोध नगरेकै राम्रो । याद राख्नुहोस, ढाड सेकिने गरेर कर तिर्दाको अवस्था…

Read More

भद्रपुर, २ भदौ । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सरकार नयाँ मुलुकी ऐनको देवानी संहितामा कठोर रुपमा प्रस्तुत भएको बताउनुभएको छ । झापाको भद्रपुरमा शुक्रबार आयोजित अन्तरक्रियामा बोल्दै नेता सिटौलाले वर्तमान सरकार देवानी संहितामा कठोर रुपमा प्रस्तुत हुँदा विपक्षीको आवाज दमित हुन सक्ने बताउनुभयो । ‘सरकारले मुलुकी ऐनको देवानी संहिताको दुरूपयोग गरी विपक्षी आवाज नियन्त्रण गर्न सक्ने देखिन्छ’, पूर्व गृहमन्त्री समेत रहनुभएका नेता सिटौलाले भन्नुभयो, ‘सामान्य कानूनलाई महत्व दिन थाले स्वतन्त्र न्यायालय र सञ्चार क्षेत्र अतिक्रमणमा पर्नेछ ।’ सञ्चार जगत सत्ता पक्षका लागि पहिलो प्रतिपक्ष भएको भन्दै सिटौलाले जनजागरणका लागि खबदारी गर्ने बेला आएको उल्लेख गर्नुभयो । ‘सत्ताको दम्भमा नागरिक…

Read More

कनकाई, २ भदौ । इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रमुखमा प्रहरी नायव निरिक्षक (सई ) अकिल अहमद सिद्धिकी आएका छन् । यस पहिलेका प्रमुख गोकर्ण कार्की ईलाकामा आएको महिना दिन पनि नबित्दै सरुवा भएपछि हेडक्वाटरबाटै सिद्धिकी सुरुङ्गा आएका हुन् । यसैविच सिद्धिकीले यस क्षेत्रको शान्तिसुरक्षा लागि थप मजबुद बनाउनका लागि नागरिक र प्रहरीविच सहकार्य गर्न शुक्रबार परिचयात्मक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका थिए । कनकाई नगरपालिका वार्ड नम्बर ३ का अध्यक्ष रुद्रप्रसाद चिमरिया , ४ का अध्यक्ष गोविन्द पौडेल , ५ का अध्यक्ष कृष्ण राई , ८ का अध्यक्ष प्रेम कटुवाल , सेक्टर बन सुरुङ्गाका ओमनाथ भट्टराई , कनकाई सामुदायिक वनका अध्यक्ष…

Read More

बिर्तामोड, २ भदौ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राई सवारी चेकिङको क्रममा दमक पुग्दा चोकैबाट एउटा मोटरसाईकल, प्रमुख राई सवार गाडी अघि अघि दौडिरहेको थियो । मोटरसाइकल दौडाउने चालकले हेलमेट नलगाई मध्य सडकमानै सवारी चलाईरहेको देखेपछि प्रमुख राईले मोटरसाईकल रोक्न लगाए र सोधे किन हेलमेट नलगाएको ? चालकले उत्तर दिए यहि नजिकै जार्नुपर्ने भयो अनि । हेर्दा शिक्षित देखिने ति युवाकोनै यस्तो उत्तर सुनेपछि प्रमुखले जरिवाना तिराए र अब देखि त्यस्तो नगर्ने सर्तमा छाडिदिए । नजिकै कलेजबाट स्कुटरमा निस्कदै गरेकी छात्राले हेलमेट लुकिङ् ग्लासमा झुण्डाएकी थिईन भने, दुई जना साथिलाई पनि स्कुटरमा राखेर मध्य सडकमा दौडदै थिईन्…

Read More

विराटनगर, २ भदौ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आगामी पाँच वर्षभित्रमा यो प्रदेशलाई बालविवाह मुक्त घोषणा गर्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयद्वारा शुक्रबारदेखि शुरु भएको प्रदेशस्तरीय बालिका सम्मेलनको उद्घाटन गर्दै उहाँले सम्मेलनले बालविवाह मुक्त प्रदेश घोषणा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री धिमिरले आजका बालिका नै ‘समृद्ध नेपाल सुखी नेपाली’” निर्माणको आधारस्तम्भ भएको उल्लेख गर्दै बालविवाह न्यूनीकरणका लागि प्रदेशको १४ वटै जिल्लामा विशेषदूत राखिने जानकारी दिनुभयो । मन्त्रालयका सचिव ज्ञानराज सुवेदीले बालहिंसाको अन्त्य, बालविवाह न्यूनीककरण र बालबालिकालाई पढ्ने, सिक्ने अवसर दिनका लागि सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । तीन दिनसम्म चल्ने उक्त…

Read More