
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
१० दिनअघि मरेकी महिलाको अन्त्येष्टिका लागि लैजाने क्रममा मानिसहरु तब अचम्ममा परे जब महिलाको लास राखिएको कफन खोलियो । दक्षिण अफ्रिकाको एक गाउँमा यस्तो घटना भएको छ । अन्त्येष्टिका लागि महिलाको शव लगिरहेका शवगृहका कर्मचारीहरुले मृतक महिलाको शव राखिएको कफन खोल्दा झसँग भए । कफनभित्र मृतक महिलाको शव त थियो नै उनले जन्माएको जीवित नवजात शिशु पनि थियो । ३३ वर्षकी नामभेलिसो नामासोन्तो म्योदी नामकी महिला ९ महिनाकी गर्भवती थिइन्, जतिबेला उनको मृत्यु भयो । आमाको मृत्यु भएपछि पेटको बच्चा पनि मर्दछ भन्ने सबैको अनुमान भयो र उनको अन्त्येष्टिको तयारी गरियो र पार्थिव सरीर परिवारलाई सुम्पिइयो । अन्त्येष्टिका क्रममा कफन…
काठमाडौँ,१६ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पत्रकार संगठनको नाम ‘प्रेस संगठन नेपाल’ हुने भएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीच एकताका लागि गठन भएको कार्यदलले एकीकृत संगठनको नाम टुंगो लगाएको हो । यस्तै कार्यदलको मंगलबार बसेको बैठकल प्रेस चौतारी र प्रेस सेन्टरका महासचिवद्वय राजेश राई र विष्णु सापकोटा’जुगल’ ले प्रस्तुत गरेको अन्तिरिम विधान(२०७५ लाई अन्तिम रुप दिएको छ । उक्त विधानअनुसार संगठनको केन्द्रीय समिति अध्यक्ष र महासचिवसहित २२५ सदस्यी रहेने छ भने प्रदेश समिति अध्यक्ष र सचिवसहित १२५ सदस्यीय, जिल्ला समिति ३५ सदस्यीय र शाखा समिति ९ सदस्यीय रहने छ । यस्तै १५र१५ सदस्यीय अनुशासन…
चर्चित हास्य टेलिश्रृंखला ‘भद्रगोल’ फेरि बन्द भएको छ । कार्यक्रम उत्पादक मिडिया हबको नेपाल टेलिभिजनसँग सम्झौता अवधि सकिएकाले ‘भद्रगोल’ बन्द भएको हो । भद्रगोलसँगै नेपाल टेलिभिजनबाट प्रशारण हुने सबै टेलिसिरियल अहिले बन्द भएका छन् । मिडिया हबले हास्य टेलिश्रृंखला भद्रगोल ९शुक्रबार०, जिरे खुर्सानी ९बिहिबार० मेरी बास्सै ९मंगलबार० र ब्रेक फेल ९सोमबार० तथा पारिवारिक टेलिश्रृंखला परिचय ९आइतबार० उत्पादन गरेर प्रशारण गर्दै आएको थियो । ती टेलिश्रृंखला प्रशारणका लागि नेपाल टेलिभिजनसँग तीन वर्षका लागि गरेको सम्झौता समाप्त भएको मिडिया हबका सञ्चालक सोम धितालले बताए ।
अमेरिकाकी आन्तरिक सुरक्षासम्बन्धी मन्त्रीले मध्यावधि चुनावलाई प्रभावित गर्ने उद्देश्यले खोलिएको देखिएका ३० वटा खाता बन्द गर्न फेसबुकले गरेको निर्णयको स्वागत गरेकी छन्। कियर्स्टिन निल्सनले चुनावमा हस्तक्षेप गर्ने कुनै पनि प्रयास प्रजातन्त्रमाथि प्रत्यक्ष हमला भन्दै अमेरिकाले त्यस्तो कुनै दखल नसहने बताइन्।फेसबुकले झण्डै १० हजार पोष्ट र १ सय ५० वटा विज्ञापन हटाएको हो। सामाजिक सञ्जालको उक्त कम्पनीले अभियानको स्रोतबारे आफू पक्का हुन नसके पनि कतिपय झूटा पोष्ट क्रेम्लिनले प्रयोग गरेका खाताहरूसँग सम्बन्धित भएको जनाएको छ। उसले आफूहरू अनुसन्धानको निकै प्रारम्भिक चरणमा रहेको र ती पेजहरू कसले बनाएको भन्ने थाहा नभएको फेसबुकले जनाएको छ। सन् २०१६ को राष्ट्रपतीय चुनावमा भएको भनिएको रुसी…
काठमाडौँ, १६ साउन । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले युएईमा गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका नेपालीलाई युएई सरकारले दिएको आममाफीको भरपुर सदुपयोग गर्न आग्रह गरेको छ । युएई सरकारले आफ्नो मुलुकमा गैरकानूनी हैसियतमा रहेका विदेशी नागरिकलाई वैध रुपमा युएईमा काम गर्न दिने तथा स्वदेश फर्कन चाहनेका लागि तीनमहिने आममाफीको व्यवस्था गरेको छ । यो व्यवस्था आजदेखि लागू भएर आगामी कात्तिक १४ गतेसम्म कायम रहने छ ।प्रवेशाज्ञाको अवधि सकिएर म्यादभन्दा बढी बसेका र कम्पनी छाडेर भागेका व्यक्तिहरु आममाफीसम्बन्धी व्यवस्थाबाट लाभान्वित हुन सक्ने दूतावासले जनाएको छ । आममाफी व्यवस्थाअनुसार युएइको अध्यागमनको नियमानुसार लाग्ने जरिवाना तथा शुल्कसमेत मिनाहा हुने र भविश्यमा…
बनियानी, झापा, १६ साउन : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत झापामा २० हेक्टर क्षेत्रफलमा कृषि वन विस्तार गरिएको छ । सुपरजोन क्षेत्रमा कृषि वन अवधारणा अन्तरगत २० हेक्टरमा कृषि वन विस्तार गरिएको जिल्ला वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार धान सुपरजोन क्षेत्रमा पर्ने भद्रपुर–२ पृथ्वीनगरस्थित कमलधाप राम पोखरी सामुदायिक वनमा सिट्रोनेला र वन विरुवा लगाइएको छ । सिट्रोनेला हर्बल तेल उत्पादनमा प्रयोग हुन्छ । उक्त सामुदायिक वनले उत्पादित सेट्रोनेलाबाट गत रू ६० हजार आम्दानी समेत गर्न सफल भएको सहायक वन अधिकृत उप्रेतीले बताउनुभयो । ‘सिट्रोनेलाबाट छ÷छ महिनामा उत्पादन लिन सकिन्छ’, उहाँले भन्नुभयो, ‘बजारको…
झापा, १६ साउन । हिन्दु धर्मको सर्वोच्च पद शंकराचार्यमा नियुक्त नेपाली चेली हेमानन्द गिरीलाई विवादमा तानिएकी छिन् । उनले भने पदका लागि आफू उपयुक्त भएको दाबी गरेकी छन् । साउन ७ गते काशी विद्धत परिषद्ले अवैध भएको ठहर गरेको पत्र सार्वजनिक भएपछि धार्मिक क्षेत्रमा तरंग आएको छ । नेपालमा थुप्रै ऋषिमुनिले तपो र देवभूमि नेपालमा गरेको योगदानमा पनि जगद्गुरु शंकराचार्य दाबी गर्न नसक्नुले नेपाललाई कमजोर पारिराखेकै अवस्थामा आफूले सबै प्रमाण पु¥याएर नियुक्ति पाएको उनको भनाइ छ । १२ सय वर्षको इतिहासमा शंकराचार्य पदका लागि दाबी गर्ने उनी पहिलो महिला हुन् । नेपाली महिला भएकाले यो विषयमा आम नेपालीको चासो छ…
भक्तपुर, १६ साउन । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली रमाइलो चोकमा गएराति बाबुले छोराको हत्या गरेका छन् । गएराति आफ्नै कोठामा सुतिरहेका १७ वर्षीय सागर चापागाईंलाई उनका बाबु ४० वर्षीय डिल्लीराम चापागाईंले मासु काट्न प्रयोग हुने चुप्पीले घाँटीमा प्रहार गरी हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । मोरङ सुनवर्षा नगरपालिका– १ घर भई हाल लोकन्थली रमाइलो चोकमा डेरामा बस्दै आएका चापागाईंले घरायसी विवादकै कारण सुतिरहेको छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको पोखरेलले बताउनुभयो । छोराको हत्या गरी घरको एक तला माथिबाट हामफाली कोटेश्वरतर्फ भाग्दै गरेका डिल्लीरामलाई प्रहरीले पक्राउ गरी प्रहरी वृत्त थिमिमा राखेर…
काशीराम शर्मा बाँके, १६ साउन । मादक पदार्थ सेवन ९मापसे० जाँच्ने ब्रेथलाइजर मेशिन नहुँदा ट्राफिक प्रहरीलाई जाँच गर्न समस्या भएको छ । थोरै संख्यामा भएका ब्रेथलाइजर मेशिन पनि बिग्रिएका कारण ट्राफिक प्रहरीले अहिले सुँघेरै मापसे जाँच गर्नुपरिहरेको छ । सुँघेर जाँच गर्दा ट्राफिक प्रहरीलाई अन्य रोग सर्ने खतरासमेत उत्तिकै छ । प्रदेश नं ५ ट्राफिक कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकी ब्रेथलाइजर मेशिन नहुँदा सुँघेरै जाँच्नुपर्ने अवस्था रहेको बताउनुहुनछ । उहाँले भन्नुभयो, “ब्रेथलाइजर मेशिन अभावमा ट्राफिक प्रहरी र नागरिकबीच वैमनस्यता सिर्जना हुने गरेको छ । मापसे नगरेका सर्वसाधारण अनावश्यक दुःख दिएको भन्दै ट्राफिक प्रहरीसँग रिसाउने गरेका छन् ।” मापसे…
गोरादह, १६ साउन । दर्पण फिल्मस् प्रालीले शर्ट मुभी ‘प्रायश्चित’को शुभमुहुर्त गरेको छ। सागर फिल्म्सको व्यानरमा निर्मित उक्त चलचित्रको मंगलबार एक औपचारिक कार्यक्रमका बीच गौरादह नगरपालिकाको ग्वालडुब्बा बजारबाट छायांकनको शुभारम्भ गरियो । स्थानीय कलाकारहरुको प्रस्तुति रहेकोे चलचित्रको निर्देशन हरी बस्नेत डि. के.ले गरेका छन भने मुख्य नायकमा भुवन खड्का र नायिकाको भुमिकामा सुस्मा सुवेदी रहेकि छिन् । यसैगरी अन्य कलाकारहरुमा दर्पण फिल्मिसका व्यवस्थापक नारायण राजवंशी, चरीत्र अभिनेत्रीको रूपमा दुर्गा काफ्ले, ओमप्रकाश गौतमको मुख्य भुमिका रहेको छ भने अन्य कलाकारहरुमा बिजय खड्का, अनु भुजेल, सुनिता दाहाल, हेलन राजवंशी, पुजन राजवंशी, छितिज बस्नेत, लक्ष्मी बराल, मन्दिरा मगर लगायतले अभिनय गर्ने भएका छन्…