
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
आजकाल कम उमेरमा कपाल झर्ने समस्याबाट मानिसहरु पीडित भइरहेका हुन्छन् । कपाल झर्नुमा विभिन्न कारण हुन्छन् । तीमध्ये एक हो खानपानमा लापरवाही । यदि खानामा प्रोटीनको कमी भयो भने कपाल झर्ने समस्या हुन सक्छ । यसैले प्रोटीन र आइरनयुक्त खाद्यपदार्थ खानुपर्छ । हरियो सागसब्जी, अण्डा आदि दैनिक खानामा समावेश गर्नुपर्छ। बढ्दो उमेर पनि तालु खुईलिने कारण हुन्छ । किनभने उमेर वृद्धिसंगै रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ, जसबाट हर्मोन प्रभावित हुन्छ र कपाल झर्न थाल्छ । तर कपाललाई राम्ररी हेरविचार गर्ने झर्ने समस्या कम गर्न सकिन्छ । स्याहार गर्ने तरिकाका कारण पनि कपाल झर्छ । खासगरी महिलाहरुले कपाललाई कसेर बाँध्दा रौंको…
चन्द्रकला भण्डारी भद्रपुर, ९ भदौ । सीप र जागर भयो भने सानो लगानीले स्वदेशमै मासिक रु एक लाखदेखि दुई लाखसम्म कमाउन सकिन्छ, भन्ने उदाहरण प्रस्तुत गर्न सफल हुनुभएको छ, झापा अर्जुनधारा–९ का उद्यमी दिनानाथ शिवाकोटी । उहाँले आफ्नै घरमा ‘शिव बाबा’ अचार उद्योग सञ्चालन गरेर विभिन्न २० परिकारका उत्पादन बजारमा ल्याएका छन् । दश वर्षअघि रु पाँच लाख पूँजी लगानी गरेर साना तथा घरेलु व्यवसायको रुपमा शुरु गरिएको अचार उद्योगबाट उहाँले अहिले कम्तीमा मासिक रु एक लाख ५० हजार आम्दानी गरिरहेको बताउनुभयो । उहाँको उद्योगमा उत्पादित अचारको माग स्थानीय बजारमा मात्र नभएर हेटौँडा, पोखरा र काठमाडौँ बजारमासमेत बढ्दै गएको छ…
काठमाडौँ, ९ भदौ । इण्डोनेसियामा जारी १८ औँ एशियाली खेलकूद अन्तर्गत आज भएको एथ्लेटिक्सको म्याराथनमा नेपालका दुई धावकले दौड पूरा गर्न असफल भएका छन् । म्याराथनमा भाग लिएका नेपालका कृष्णबहादुर बस्नेत र गोपिचन्द्र पार्कीले दौड पूरा गर्न नसकेका हुन् । तेह्र देशका २१ धावक सहभागी म्याराथनमा नेपालका दुईसहित अन्य छ मुलुकका खेलाडीले दौड पूरा गर्न नसकेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । जाकर्ताको बुङकार्नोको रङ्गशालामा भएको प्रतिस्पर्धामा कृष्णले दुई किलोमिटर दुरी बाँकी हुँदा दौड त्यागेका थिए । ४० किलोमिटर दुई घण्टा १३ मिनेट २३ सेकेण्डमा पूरा गर्दा उनी १२ औँ स्थानमा थिए । यता गोपिचन्द्रले ३० किलोमिटरपछि दौड त्यागेका…
बैतडी, ९ भदौ । दार्चुला मार्मा गाउँपालिका– १ गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अङ्गवीरसिंह ठगुन्नाको हत्या आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मार्मा गाउँपालिका– १ का धर्म सिंह धामी, गणेश ठगुन्ना, देवकी ठगुन्ना र करनसिंह ठगुन्ना रहेका छन् । “पक्राउ परेका चारै जनालाई अनुसन्धानका लागि पक्रेका छौँं ”जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले भन्नुभयो,“अनुसन्धानपछि पुष्टि भए कानून बमोजिम कारवाही हुन्छ” मार्मा गाउँपालिका– वडा नं १ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगी ठगुन्नाको भदौ ४ गते रातिको समयमा घरमै हत्या भएको थियो । हत्या गरिएका ठगुन्नाको साथमा रहेको रु १० लाखसमेत हत्याराले…
पाँचथर, ९ भदौ । प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले तिम्बुपोखरी महोत्सव गर्ने भएको छ । पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुपोखरी स्वच्छ वातावरणमा तथा प्राकृतिकरुपमा सुन्दर देखिएको छ । उक्त पोखरी र यस आसपासका हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि महोत्सव गर्न लागिएको हो । पछिल्ला वर्षमा मानिसको आकर्षण र चर्चित बन्दै गएको तिम्बुपोखरी क्षेत्रको विकासका लागि ताप्लेजुङको सिदिङवा गाउँपालिकाले महोत्सव गर्न लागेको हो । चार हजार ४४८ मिटर उचाइमा यही भदौ २२ देखि २४ गतेसम्म विभिन्न कार्यक्रम गरी महोत्सव गर्न लागिएको गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरियाले जानकारी दिनुभयो । महोत्सवका लागि रु १४ लाख खर्च हुने अनुमान छ…
बलिउड नायक रणवीर कपुर यतिबेला नायिका आलिया भट्टसँग अफेयरमा रमाइरहेका छन् । उनीहरुले चाँडै बिहे गर्न सक्ने अड्कल पनि काटिएको छ । तर, रणवीरको भनाई पत्याउने हो भने उनीहरुले चाँडै बिहे गर्ने सम्भावना छैन । उनले हिन्दुस्तान टाइम्ससँगको अन्तरवार्तामा बिहेको विषयमा आफ्नो धारणा बताएका छन् ।रणवीरलाई आलियासँग कहिले बिहे गर्दै हुनुहुन्छ भनेर सोधिएको थियो । जवाफमा उनले आलियाको नाम नलिइकन भने, ‘बिहे भन्ने कुरा योजनावद्ध हुँदैन । म ३५ वर्षको भएँ, अब बिहे गर्छु भन्ने खालको कुरामा म विश्वास गर्दिन । बिहे समय र परिस्थितिले निर्धारण गर्छ । मेरो हकमा यो समय र परिस्थिति अझै टाढा नै छ ।’ मिडियामा…
काठमाडौँ, ९ भदौ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी विधेयकले सुत्केरी (प्रसूति) बिदा ९८ दिन पाउने व्यवस्था गरेको छ । “सरकारी, गैरसरकारी, निजी सङ्घ संस्थामा कार्यरत महिलालाई सुत्केरी हुनुअघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलब सहितको प्रसूति बिदा पाउने अधिकार हुनेछ ।” विधेयकमा भनिएको छ । साथै, महिलाको स्वास्थ्यस्थिति कमजोर देखिएमा स्वास्थ्यकर्मीको परामर्शमा एक महिनाको बिदासहित तलब पाउने अधिकार पनि विधेयकमा छ । सरकारी, गैरसरकारी, निजी सङ्घ संस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध चुसाउन छुट्टै कोठाको व्यवस्था गर्नुपर्ने प्रावधान विधेयकले गरेको छ । पहिलो पटक स्वास्थ्य सेवा विभागले आफ्ना महिला कर्मचारीका…
आफ्नो हराएको कुनै चिज भेटिँदा खुसी अवश्य लाग्दछ । हराएको चिज चाहे भेटिने खालको नहोस् तर भेटिने आशा लागिरहन्छ । यस्तोमा यदि भेटिने आशै मारेको कुनै विशेष चिज फ्याट्ट भेटियो भने कत्तिको खुसी मिल्ला ? अमेरिकाको जर्जियामा बस्ने रोय रोट्स नामका वृद्धको हकमा यस्तै भएको छ । उनले ७७ वर्षअघि हराएको एउटा पर्स हालै फेला पारेका छन् । पर्समा होइन, ऊबेला पर्ससँग हराएका महत्वपूर्ण कागजात पनि उनले जस्ताको जस्तै फेला पारे । रोय अहिले १ सय वर्षका भए । तर जुन दिन उनको उक्त पर्स हराएको थियो, त्यो दिनका हरेक घटना उनको मनमा ताजै छन् । पर्स हराउने दिनको घटना…
विष्णु नेपाल काठमाडौँ, ९ भदौँ । प्रजनन स्वास्थ्यको कमजोरी ९रुग्णता० देखाएर श्रीमान्÷श्रीमतीमध्ये कसैले पनि एक अर्कालाई घरबाट निकाल्न, विस्थापित गर्न र सम्बन्ध विच्छेद गर्न वा गराउन नपाइने भएको छ । सङ्घीय संसद् सचिवालय सिंहदरबारमा दर्ता भएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी विधेयकमा भनिएको छ, “प्रजनन स्वास्थ्यको रुग्णताका कारण देखाइ कसैलाई पनि सम्बन्ध विच्छेद गर्न, घरबाट निकाला गर्न, विस्थापन गर्न वा गराउनु हुँदैन । ” उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले हालै सो विधेयक दर्ता गर्नुभएको थियो । विधेयकमा सम्बन्ध विच्छेद, घरबाट निकाला, विस्थापन गरेमा एक वर्षसम्म कैद र रु एकलाख जरिवानाको प्रावधान मस्यौदा गरेको छ । विधेयकमा…
काठमाडौं, ९ भदौ । यसअघि १६ वर्ष उमेर पूरा नगरेकालाई मात्र बालबालिका मानिन्थ्यो । भदौ १ बाट कार्यान्वयनमा आएको मुलुकी फौजदारी संहिता, २०७४ ले बालबालिकाको उमेर हदलाई दुई बढाएको छ । साथै मौलिक हक कार्यान्वयन गर्न संसदमा सरकारले ल्याएको बालबालिकासम्बन्धी कानुन संशोधन गर्ने विधेयकमा ‘१८ वर्ष उमेर पूरा नगरेकालाई बालबालिकाका रुपमा मानिने’ भनिएको छ । कसुरजन्य अभियोग लागे यस्ता बालबालिकालाई पुर्पक्षका लागि थुनाको सट्टा बाल सुधारगृहमा राखिने व्यवस्था गरिएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । यस्तै, १० वर्षभन्दा कम उमेरका बालबालिकालाई मुद्दा नलगाइने र कुनै सजाय नहुने भएको छ । १० वर्षमाथिका तथा १४ वर्षमुनिकाले कसरजन्य काम गरेका भए…