
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, ३१ साउन । मृगौला रोगबाट पीडित पूर्व फुटवल खेलाडी राजी राजवंशीलाई उपचारका लागि ४० हजार ५ सय रूपैया आर्थिक सहयोग गरिएको छ । नेपाल पुलिस क्लवमा समेत रहेर राष्ट्रिय फुटवल टिममा लामोसमय खेलाडीका रूपमा रहेका राजवंशी ३ महिना यता मृगौला रोगबाट पीडित भएपछि उपचारमा आर्थिक संकट आउन थालेपछि खेलमा संलग्न भद्रपुरका पूर्व खेलाडीहरुले आर्थिक संकलन गरी सो रकम राजवंशीलाई हस्तान्तरण गरेका हुन् । भद्रपुर नगर प्रमुख तथा पूर्व खेलाडी जीवनकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले ३७ जना खेलाडी एवम् शुभचिन्तकबाट संकलित रकम ४० हजार ५ सय प्रदान गरेका हुन् । २०३९ सालबाट झापालाई केन्द्र बनाएर फुटवल खेल्न थालेका ५२ वर्षीय…
सान नेपाल गौरादह, ३१ साउन । चाडपर्व नजिकिँदै गर्दा चोरीका घटना सुनिन थालेका छन् । गौरादह वडा नं. २ मा रहेको कलाकार सीताराम ताजपुरियाको घर फुटाएरसामान चोरी भएको इलाका प्रशासन गौरादहले जनाएको छ । विगत केही देनदेखि कलाकार ताजपुरिया श्रीमतीसहित काठमाडौँ बस्दै आएका थिए । घरमा कोही नभएको मौका पारी मुख्य ढोका फुटाएर रातको समयमा चोरी भएको बताइएको छ । घटना भएको सूचना पाउने बित्तिकै प्रहरीको टोली उक्त स्थानमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको थियो । अनुसन्धान क्रममा केही लत्ताकपडा र खाली सुटकेस घरदेखि १०० मिटरको दुरीमा भेटिएको बताइएको छ । त्यस्तै, घरदेखि करिब ५०० मि. टाढा धान खेती भएको ठाउँमा…
गौरादह, ३१ साउन । गौरादहमा सञ्चालन गरिएको एक महिने हाउस वायरिङ् तालिम सम्पन्न भएको छ । दक्ष सीप प्रशिक्षण तथा रोजगार प्रर्वद्धन केन्द्र इटहरीको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हाउस वायरीङ् तालिममा नगरपालिका भित्रका ३७ जनाले तालिम लिएका थिए । वडा नं.१ को वडा कार्यालयको सभाहलमा एक कार्यक्रमकाबिच समापन गरिएको हो । रोजगार प्रर्वद्धन केन्द्रका प्रशिक्षक मित्र राईले एक महिनासम्म प्रशिक्षण दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले तालिममा सहभागिहरुलाई प्रमाण–पत्र वितरण गरेका थिए । प्रमाण–पत्र वितरण गर्दै मेयर शाहले युवालाई आफ्नै क्षेत्रमा रोजगारीका अवसर सिर्जना गराई आत्मनिर्भर बनाउन नगरपालिकाले सीप मूलक तालिम आयोजना गरेको बताए…
मदन राजवंशी गौरीगञ्ज, ३१ साउन । बाटो निर्माणका नाममा उपभोक्ता समितिले झारो टार्ने काम मात्र गरेको आरोप लाउँदै गाउँलेहरुले उपभोक्ता समिति उपर गौरीगञ्ज गाउँपालिकामा उजुरी दर्ता गरेका छन् । गौरीगञ्ज गापा अन्तर्गतको हुलाकी सडक देखि प्रहरी टोल जाने सडकमा उपभोक्ता समितिका अध्यक्ष बाबुराम कटुवालले मनोमानी ढंगले काम गरेको र सम्झौता अनुसार काम नभएको गाउँलेहरुको आरोप छ । उपभोक्ता समितिको कोषाध्यक्ष धनमाया कार्की र सदस्य पेसराज भट्टराई सहितको टोलीले बुधबार गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठलाइ भेटेर गाउँलेहरुको हस्ताक्षर सहितको उजुरी बुझाएका हुन् । कोषाध्यक्ष धनमाया कार्कीका अनुसार समितिका अध्यक्ष कटुवालले समितिका सदस्यहरुलाई झुक्याएर निर्णय पुस्तिकामा हस्ताक्षर गराएको र समितिका सदस्यहरुलाई जानकारी नै…
अनिलदेब राई शिवसताक्षी, ३१ साउन । झापाको शिवसताक्षी नगरपालिकाको सवै वडाहरुलाई सडक सञ्जालसँग जोडिपछि विकासका पूर्वाधार पनि बढ्दै गएका छन् । ११ वडा रहेको शिवसताक्षी नगरपालिकामा गत आर्थिक वर्ष २०७४÷०७५ मा ८३ दशमलब ४ किलोमिटर ग्राभेल र २ दशमलब ७० मिटर कालोपत्रे र नाला निर्माण भएको छ । शिबसताक्षीमा करीब सोह्र करोड ४६ लाख ८७ हजार नौ सय ९७ रुपैयाको योजना सम्पन्न भएको छ । विषयगत योजना सम्पन्न पश्चायत नगरको ११ वटा वडाहरुमा सडक ग्राभेल, कालोपत्रे र नाला निर्माणले नजीकका गाउँबस्तीलाई नगरपालिकाको कार्यालय व्याङडाडासंग नजिक्याएको छ । वडा नं १ मा ९.७ किलोमिटर, २ मा ४.७ किलोमिटर, ३ मा ४.२…
बिर्तामोड, ३१ साउन । मेचीनगर ४ बाहुनडाँगीका स्थानियबासीले हात्तीकै कारण सबै परिवार सँगै बसेर खाना खान पाउँदैनन् । श्रीमानले खाना खान थाले श्रीमती बाहिर बसेर हात्ती हेर्नुपर्छ भने, श्रीमतीले खानथाले श्रीमानले । यसरी खाना खान थालेको एक, दुई दिन होईन वषौँ भईसक्यो । यसो नगरे कतिबेला हात्ती आउँछ र घर भत्काउँछ थाहा हुँदैन । ‘छोराछोरी र श्रीमती सँगै बसेर खाना खाँदा कस्तो होला ? कल्पना मात्र गछौँ, हात्ती नरुगे घर सँगै ज्यानै जाने डर हुन्छ ।’ बाहुनडाँगीका स्थानिय शम्भु ढुङ्गेल दुखेसो पोख्छन् । दुई वर्ष अघि घाँस काट्न घर नजिकै गएका ६७ वर्षीय बुबा मनहरी ढुङ्गेललाई हात्तीले मारेपछि ढुङ्गेल परिवार…
कनकाई, ३० साउन । कर बृद्धिको विरोध गर्दै नेपाली कांग्रेस कनकाई नगर समितिले आज कनकाई नगपालिकामा ज्ञापनपत्र बुझाएको छ । जनताको ढाड सेकिने गरी कर वृद्धि गरेको भन्दै तत्काल हटाउन माग गर्दै कांग्रेसले ज्ञापन पत्र बुझाएको हो । कांग्रेस नगर सभापति नेत्रप्रसाद चिमरिया नेतृत्वको टोलील नगरप्रमुख राजेन्द्रकुमार पोखरेललाई १३ बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा सम्पति कर र भुमीकर मालपोत लिनु पर्नेमा एकिकृत सम्पति करका नाममा सम्पतिको मूल्यांकन बढाको तथा घरको मूल्यंकन र जग्गाको मूल्याङ्कन अत्याधिक कर बृद्धि गरिएकोमा आपत्ति जनाइएको छ । ज्ञापनपत्रमा सहकारीलाई लगाएको कर, वडाहरुमा हुने बजेट बिनियोजनमा देखिएको असमानाता, विकास निर्माण कार्यका लागि उपभोक्ता समिति गठन…
काठमाडौँ, ३० साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनसम्बन्धी सम्पूर्ण काम समयमै पूरा गर्न सम्बद्ध सबैपक्षलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठित राष्ट्रिय मूल समितिको आज प्रधानमन्त्री कार्यालयमा भएको दोस्रो बैठकमा आगामी भदौ १४ र १५ गते राजधानीमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनका सन्दर्भमा भएका तयारीबारे जानकारी लिँदै उहाँले त्यस्तो निर्देशन दिनुभएको हो । सम्मेलनस्थल पुग्ने सडकको मर्मतसम्भार, काठमाडाँै महानगरको साजसज्जा तथा सरसफाइलगायत सम्मेलन तयारीसम्बन्धी आ–आफ्नो जिम्मेवारीका काम समयमै पूरा गर्न सबै मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले राससलाई बताउनुभयो । बैठकमा हालसम्म…
काठमाडौँ, ३० साउन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून)को आज यहाँ बसेको बैठकले उत्कृष्ट सङ्घसहित विभिन्न पुरस्कारको घोषणा गरेको छ । सङ्घको ३१ औँ स्थापना दिवसका अवसर पारेर बसेको बैठकले सुनसरी जिल्ला बचत सङ्घलाई नेफ्स्कून सर्वोत्कृष्ट जिल्ला सङ्घबाट सम्मान गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ सहकारी नेपालका सम्पादक एवम् अन्नपूर्णपोष्ट दैनिकका तुलसीराम सुवेदीलाई दिने निर्णय गरेको नेफ्स्कूनका महासचिव चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो । यसैगरी संस्थापक अध्यक्ष पुरस्कार बाँकेका मीना सिग्देल र दोलखाका यज्ञराज ढुङ्गेललाई तथा नेफ्स्कुन सर्वोत्कृष्ट संस्था पुरस्कार दोलखाको हाम्रो जनकल्याण साकोस र मकवानपुुरको महिला जागरण साकोसलाई दिइने भएको छ । प्रदेशस्तरीय…
काठमाडौँ, ३० साउन । अबदेखि प्रदेश तहमा कर्मचारीको खटनपटन सम्बन्धित प्रदेश सरकारले गर्ने भएको छ । यसअघि प्रदेश तहमा सङ्घ (केन्द्र)ले कर्मचारी खटाउँदै आएकामा अबदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकार मातहतका कर्मचारी खटाउने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । ‘‘अब हामीप्रदेश सरकारका लागि एकमुष्ट कर्मचारी पठाउछौँ’’, उहाँले भन्नुभयो, ‘‘अनि मुख्यमन्त्रीको कार्यालयले आवश्यक पर्ने ठाउँमा कर्मचारी पठाउँछ ।’’ मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का प्रमुख सचिवलाई कर्मचारी खटाउने अधिकार प्रदान गरेको छ । कर्मचारी समायोजन ऐन २०७४ अनुसार तीन तहमा कर्मचारी समायोजन नभएसम्मका लागि सम्बन्धित प्रदेशका मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालयले नै कर्मचारी खटाउने व्यवस्था गरिएको उहाँले…