
शालिक भट्टराई अन्तरे
आकाशतिर हेरेर, आमाले लामो सुस्केरा हाल्दै भन्नुभयो– खै बाटो कति छ ! तिमिहरुका मितवाउको घरमा त पुगिन्न कि क्याहो केटाहो ।कोशी किनारको चमेरे पुलमै अध्याँरो झमक्क प¥यो । हेर्दा हेर्दै कालो ओड्ने घुम्लुङ्ग ओढेझै भयो । रात छिप्पिएर निष्पट्ट अध्याँरोमा पाहुना लाग्न पुग्दा उनिहरुले के भन्लान । सुनकोशीको किनारै किनार हामी दुई काँईलो म र आमा सल्लाबोटे मितवाको घर तर्फ सोझिदै थियो । नयाँ ब्याट्री हालेको टर्चलाईट काँईलाको हातमा बल्न शुरु गरि सकेको थियो । म लगायत तिनै जनाको झोला कुम्लो कुटुरो निक्कै भारी/ग¥ह्रौ थियो । मधेशबाट पहाड जाने क्रममा नून, तेल, मरमसला साथमा जो हुन्छ । साँझ छिप्पिदै गयो । कोशीको आवाज शुन्य– शुन्य भएकोले वारीपारीका पाखामा स्याल हुँईया शुरु भई सकेको थियो । मुलबाटो छोडेर गल्छिँडाको बाटो पक्रिएका थियौ । कयौ दिन देखी कोही पनि नहिंडे जस्तो निर्जन लाग्ने। आकाशका तारा पनि नदेखिने झाडी । जब्बर त्यो गोरेटो बाटोमा बनमाराका लहरा जैविक विविधताका स्याउलाले घरीघरी हाम्रा झोला तानेर पछाडि धकेल्थ्यो ।
घारीको साँघुरो बाटो । अँध्यारो छिप्पिए सँगै हामी निक्कै कष्ठपुर्ण यात्रा तय गरिरहेका थियौ । एक पटक काँईलाको हातबाट लहराले अल्झाएर टर्च लाईट तिन कान्लामुनी फुत्कियो । खोजेर ल्याउन सास्ती नै प¥यो । धन्न अनलाईनमै लाईट पुत्किएको रहेछ । बाटो छिचोल्ने क्रममा म अघि–अघि त्यसपछि आमा अनि काँईलो दाई । दुई बेण्डको पानासोनिक रेडियोको मधुर आवाज काँईलाको झोलाको च्यापबाट गुन्जिरहेको थियो । भरखरै मुलुकमा प्रजातन्त्र पुर्नवहाली भएकोमा पुरुषोत्तम दाहाल नामक पत्रकारले घटना बिचार सुनाई रहेका थिए । मानौ, कि उनलाई यो तिनैलोक चौध भूवनको कुरा थाहा छ । अर्थात संसार उनले जानेकाछन । त्यसरी उनी रेडियोमा धारा प्रवाह सूचना र समाचार संपे्रषण गरिरहेकै थिए । हामी त्यो अँधेरी साँझमा मितवाको घर सम्मको यात्रालाई निरन्तरता दिईरहेका थियौ । भोक, प्यास र थकानले हुर्मत लिई सकेको थियो । सुनकोशीको किनारको त्यो कहिल्यै नहिंडेको झाडीको लामो लम्पटमा । मितवाको घर कता पर्छ काँईलो दाईलाई मात्रै थाहा थियो । मितवालाई मैले एक पटक मात्रै देखेको थिंए । उनको अनुहार मेरो स्मरणमा मिरमिर–मिरमिर मात्रै झल्को छ । मधेश पहाड गर्दा एसो हाम्रो घरको बाटो नकाट्नु है बावु । भन्दै मेरो गाला मितवाले मुसारेको ऐले झै लाग्छ । अर्कै बाटो भएर बर्षौ अघि काँईलो दा मितवाकोमा पुगेका थिए । दुहुना गाई भैसी प्रशस्त पालेर दही मोहीको छेलोखेलो थियो रे, त्यसताका मितवाको घरमा । मितबा हुनेखाने खडका थरका हुनुहुन्थ्यो । आमा र म भने मितवाको घर पहिलो पटक जाँदै थियौ । ठाँऊ पनि हेर्ने मुख पनि फेर्ने हाम्रो धोको । गर्मीको समय कोशीको धाप । छेपाराहरु बास वस्ने तरखरमा झाडितिर सर्याक सुरुक गर्दै थिए । घरि-घरी स¥याक सुरुक्कको आवाजले हामीलाई तर्साई रहेको भान हुन्थ्यो । कोशी किनारको त्यस क्षेत्रमा बाघको बासस्थान पनि पर्दछ भन्ने सुनेकै हो । हामीलाई खपिनसक्नु डर, त्रास, हुने नै भयो । छिप्पिएको साँझको समय, डर, भोक, प्यास अनि थकानले हामी आधामासु भईसकेका थियौ ।
खोटाड जिल्लालाई पुर्वको कालीकोट पनि भन्ने गरिन्छ । यस जिल्लाले कुनै समय एकैसाथ विभिन्न नौवटा मन्त्रालयमा सचिव पाएको पनि सुनिएको थियो । तर पनि खोटाङ्गमा बिकासको मुहार अध्याँरै थियो । खोटाङ्गमा जन्मिएर काठमाण्डौलाई कर्मथलो बनाएका अग्रजहरुले पुनः खोटाङ्ग फर्किएर जाने ईच्छाशक्ति नै गरेनन् । खोटाङ्गको विकासमा गुरु योजना नै बनेन । यो जिल्लाको अधिकाशं भाग सुनकोशीले घेरिएर बिकास प्रकृयामा निक्कै पछि धकेलिएको छ । खोटाड जिल्लाको दक्षिणी क्षेत्र अति दुगर्म क्षेत्रको रुपमा पनि चिनिन्छ । यस क्षेत्रलाई वरपरका अनि स्थानीयले खुँज पनि भन्ने गर्दछन ।
हामी तिन प्राणी अन्धकार त्यो साँझ सल्लाबोटेको पुछार कोशी किनारको भित्तामा यात्रा गरिरहेका थियौ । हिड्दा हिड्दै आमाले ऐया नि भन्दै एक्काशी थुचुक्कै बस्नु भयो । उहाँको नाकबाट भल्भल्ती रगत बग्न थाल्यो । उहाँलाई अत्यन्त पीडा भईरहेको थियो । बनमारा झारले आमाको नाकको गहना/बुलाकी तानेर लगेछ । गहना त हरायो नै साथ–साथै घाईते पनि बनायो । एकजनाले आमालाई सम्हाल्दै अर्को भाईले टर्च लाईटको मदत्तले गहना खोज्न थालियो । बन जङ्गल र झाडीनै झाडीको पटेरमा गहना भेट्ने कुरै भएन । साँझ सकिएर राती हुन थाल्यो । हामी सुस्तरी अघि बढ्दै गयौ । मितबाको घर अब कति छ भनेर लोकनाथ दाईलाई सोध्दा उहाको जवाफनै अलपत्र हुन थाल्यो । कति हो कति । केही पर पुगेपछि बाटो भन्दा निक्कै माथि धिप–धिप आगो बलेको उज्यालो हाम्रो आँखा सामु प¥यो । विरवलको शिवपुरीको डाँडामा आगोको झिल्का देखिएको कहानी जस्तै । अनायाशै हामी खुशी भयौ । तिनैजनाको मुखबाट एकै पटक आवाज आयो । ऊ त्याँहा घर आए जस्तो छ…… । हामी अब कसैको घर पाएमा थुचुक्कै बस्ने अवस्थामा पुगेकाछौ । भोक प्यासले शरीर इथियोपिया भईसकेको छ । हाम्रो मितबाको घर सम्म पुग्नु पर्ने सबै खाले संभावनाले बिश्राम लिई सकेको बुझ्न गा¥हो थिएन ।
मधुरो उज्यालो देखिएको त्यस घरमा हामी पुग्यौ । आँगन एक प्रकार छँदै थिएन । बाँसको भाटाले घेरावारा लगाएको त्यो घर भित्र आगोको मधुरो उज्यालो देखिन्थ्यो । घरमा को हुनुहुन्छ… विभिन्न प्रकारले बोलाए पछि घरका दुईजना मानिस अगेनाको छेउछाउ तङ्गग्रिए । उठेर एक पटक सबै शरीर कन्याए अनि विस्तारै सुस्ताए । कोहो ? यतै आए हुन्छ Û पुरुष आवाज आयो । त्यस घरमा दुई पट्टि साधारण भाटाको टाटी भए पनि अरु भाग खुल्ला रहेछ । हामी त्यस घरका मानिस नजिकै पुग्यौ । बास बस्न पाईन्छ भनी सोध्दा बस्नु नि । बसेर के पो लान्छौ र ? जस्तो अररो अनि कट्मिरो जवाफ पाईयो । त्यस घरमा दुई बुढाबुढी र एक अठार बिस बर्षका छोरो रहेछन । उनीहरु सँग सामान्य लगाएको लुगा बाहेक कुनै लुगाफाटा देखिदैन थियो । घरको टाटीमा एकदुई वटा झुम्म्रोमा स साना कालो पोका झुण्ड्याईएको देखिन्थ्यो । खानेकुरा वा विउ बिजनको जोगाड हुनुपर्छ । बाँकी सरल र साधा जिवन । एक अगेनो आगो बलिरहेकै थियो । अगेनोको वरिपरि त्यो परिवार सधै रात काट्दो रहेछ । त्यो परिवारलाई कुनै राष्ट्रिय अन्र्तराष्ट्रिय चासो र चिन्ता पटक्कै थिएन ।
हामीले आफ्नो पोको पन्त्यौरो बिसाए पछि पानीको खोजी ग¥यौं । गर्मी र प्यासले सिङ्ग्र्रै एक सागर पानी पेटमा भरौं भा…को छ । हामीलाई पानीको अति आवश्यकता भयो । पानी कता छ ? घरपटि बाबै भनेर सोध्दा उनले सरल जवाफ दिए– तल कोशीमा छ । अहिले जान सक्छौ के ? उनीहरुको एउटा पानी खाने माटोको सानो घैला त्यो पनि आधा फुटेको रैछ । पुरै रित्तो थियो । टाटीपट्टी एउटा ढुँग्रोमा अलिकति पानी संचय गरेर राखेका रहेछन । एक पटक मुख जोतेरै खाईन घरकी ति महिलाले । हामी भोक र प्यासले मर्न लागेका थियौं । त्यो ढुँग्रोको पानी पनि हामीलाई दिन आनाकानी गरेको थाहा पाईयो । पानी नभएरै उनीहरुले आज जुनेलो भुटेर खाएका रहेछन् । पानी भएको भए कोदोको ढिडो खाने कुरो गरिन । कोशीको पानी लिएर आँउन झण्डै एक घण्टा बिस मिनेट भिरको बाटो हिड्नु पर्ने रहेछ । लोकनाथ दाईको झोलाको रेडियोले श्रीमान गंम्भिर नेपाली भन्न लागिसकेको थियो । त्यस घरका मुलीले लोकनाथको हातबाट टर्चलाईट तानेर सुम्सुम्याए । घरपटी बुढीआमाले पनि आवुई बुल्दो पो रै छ । महिलाले निक्कै अनौठै मानिन् । निक्कै बेर टर्च लाईट सुम्सुम्याईन, छोराछोरीलाई मुसारे जस्तै ।
मानौ, नासाले अन्तरिक्षमा पठाएको यानलाई टेलिभिजनमा सोध कार्यमा लागेका बिद्यार्थीले हेरेजस्तो । टर्चलाईट बलेको देखेर उनीहरु तिनछक्क परे । सायद लाईट बलेको उनीहरुले पहिलो पटक देखेका थिए । आबुई बोल्दो पो रै छ…. । एकै छिनमा अगेनाको छेवैमा सुतिरहेको त्यस परिवारको सदस्य लाग्ने एउटा किशोर उठेर बस्यो । हातमा औलाका नङ्ग लामा अनि घिनलाग्दा देखिने । लामो कपाल दुईहातले बडो बेजोडले कन्यायो । शरीर कन्यायो, आङ्ग तन्कायो । जिउ कैयौ महिना देखी नुहाएकै थिएन जस्तो । बोल्न बल गरेझै ग¥यो । अनि हाँस्यो । उसको मुखबाट ठुलो परिमाणमा ¥याल बाहिर ओठको डिलबाट बग्न थाल्यो । अर्थात त्यो केटो लाटो मानिस रहेछ । त्यस घरको एकमात्र सन्तान त्यो पनि लाटो । हामी निक्कै मर्माहत भयौ ।
त्यो लाटो केटोले पनि लाईट तानेर हे¥यो । बालेर निक्कै रमायो । सुम्सुम्यायो । हाँस्यो ….. हाँस्दा हाँस्दै फेरी ¥यालको फोहरानै छुटायो । घाँटी तिर दल्न थाल्यो । म्वाई खायो, मुखको ¥यालमा दलो । उसकी आमाको आँखैनेर बालेर आनन्द लिन थाल्यो । आगो वलिरहेको अगेनोमा झोस्न थाल्यो । उस्ले सुर्यलाई हातमा लिएर खेलाएझै गरी रमायो । घरमुलीको हामीले नाम सोध्यौ । उनको नाम तस्बिरे मगर – नाम परिवर्तन ) रहेछ । तस्बिरे त्यहि कोशी किनारको गाउँमा जन्मी हुर्की बढेर घरजम गरेको ब्यक्ति रहेछन । रेखोपाखो सबै आफ्नै । सम्पतीको नाममा एउटा भुँनी सुँगुर पालेका रहेछन । पश्चिमको हावा चल्दा सुँगुर पालिएको थाहा लाग्थ्यो । तस्बिरेलाई श्रीमतीको नाम पनि थाहा भएको छैन रे । बेहुली हुँदै कसै कसैले कान्छी भनेको सुनेको उस्ले घरमा आएपछि कान्छी–कान्छी भन्दा भन्दै तस्विरेकी पत्नीको नाम कान्छी भएको रहेछ ।
तस्बिरे र कान्छीलाई देश दुनियाँ सँग कुनै दरकारै छैन । नागरिकता, धनीपुर्जा, जन्ममृत्यु दर्ता, बिद्यालय, पढाईलेखाई, शहर बजार, मेला बजार, घुमफिर, रामरमिता कुनै कुरा सँग सरोकार छैन । उनीहरुलाई मुलुकको नागरिक हुनु पर्छ भन्ने थाहै छैन । उनीहरुलाई जग्गा जमिन मालपोतमा पारित गरेपछि मात्र आफ्नो हुन्छ भन्ने पत्तै छैन । उनीहरुको सँधियारले साँध मिचिदेला भन्ने पनि कुनै चिन्ता छैन । छोराछोरीलाई नेपाली उर्फ अंग्रेजी स्कुलमा पढाएर ठुलो मान्छे बनाउनु पर्ने कुनै जानकारीनै छैन । देश विदेशमा भएका परिवर्तन सँग एकाकार हुनुपर्ने कुनै छनक छैन । उनलाई दरकार पर्ने नुन हो अनि एकधरो बस्त्र । उदयपुरको बेल्टार बजार हिउँदमा एक पटक जान्छन् तस्बिरे । तेस्को जोहो गर्न निक्कै सिपालु छन् । बेल्टारमा किन्नु पर्ने नुनतेल र एकसरो लुगाफाटा किन्न उनले भिरमौरीको मह एकदुई ढुँग्रा बनाएर धुरीको बलोमा झुण्ड्¥याएर राख्छन ।
उनीहरुका तिन सन्तान जन्मिदै मर्दै गरेका रहेछन । निक्कै बर्ष अघिको कुरा सुनाए दुबैले । एक दिनको कुरो हो । मिति त ठ्याक्कै थाहा छैन । एउटा तिन महिनाको छोरो निक्कै राम्रो र चम्किलो थियो रे । त्यसलाई सिकुवामा सुताएर तरुल खन्न दुबै बुढाबुढी जगंल गएछन । घरमा आउँदा छोरोलाई स्यालले खाएर कपालनेरको अलिकति भाग मात्रै पो छाडेछ । उनीहरु असहज नमानी भन्छन । जन्मिएर बाँकी बचेको यो छोरो बक्क लाटो छ । तस्विरेले अलि मन खिस्स्रिक पार्दै अलि भक्कानिएको पारामा भन्यो । रात बाह्र बज्न लागेको थियो । हामीले एकथोपो पानी खान पाएनौ । एक दुई फाका चिउरा टोकेर हामी आफ्नै कुम्लोबाट तन्ना ओछ्याएर सुत््न थाल्यौ । वरिपरिबाट उडुसको ताँतीले हामीमाथी सांघातिक आक्रमण शुरु ग¥यो । जिउ चिलाउन थालेपछि हाम्रो बिश्राम विथोलियो । उडुस रै छ अब, रात कसरी काट्ने होला आमा चिन्तित हुनु भयो । उज्यालोको सहायताले भुँईमा हेर्दा त उडुसको जुलुस हाम्रै आश्रमतिर सोझिएको थियो । मानौ, रगंशालामा दर्शक झरेझै उडुसको बथान बेजोडले हाम्रो आक्रमणमा आईरहेका पाईयो ।
बाँकी केही घण्टा हामी तिनैजना आमाछोरा उडुस सँग पौठेजोरी खेल्दै बितायौ । निन्द्रा पर्ने, सुत्ने त कुरै अन्त्य भयो । तस्बिरे, कान्छी र उनीहरुको छोरा फेरी अगेनोको डिलको खाली पृथ्वीमा पल्टिएर घरी–घरी फुस्रो शरीर कन्याउँदै घुर्न थाले । हामी बिहानको तिन बजे टर्च लाईटबाट प्राप्त उज्यालोको मद्यतले मितबाको घर तर्फ सोझ्यिौं । धन्यवाद ।
२० जेष्ठ २०49
आमा स्व. नन्दकुमारी भट्टराईको संझनामा समर्पित लेख
भद्रपुर, झापा ।


