
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २३ साउन । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जनप्रतिनिधिको सेवासुविधामा फेरबदल हुन सक्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति झापाले आज आयोजना गरेको तीनदिने ‘न्यायिक अधिकारसम्बन्धी तालीम’को उद्घाटन गर्दै उहाँले प्रदेश सरकारको पूर्ण व्यवस्थापन भएसँगै जनप्रतिनिधिको सुविधाका बारेमा फेरबदल हुन सक्छ भन्नुभयो । मन्त्री कार्कीले नागरिकको हितमा काम गर्न स्थानीय सरकारले थप रचनात्मक योजना ल्याउनुपर्नेमा जोड दिदैं नागरिकले चाहेजस्तो सेवासुविधा स्थानीय सरकारले दिनुपर्ने बताउनुभयो । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले स्थानीय तहको न्याय सम्पादनलाई सहज बनाउनका लागि तालीम आयोजना गरिएको जानकारी दिनुभयो । “तालीमले स्थानीय न्यायिक समितिका पदाधिकारीलाई काम गर्न सहज हुनेछ,”…
काठमाडौँ, २३ साउन । महानगरीय प्रहरी परिसर काठमाडौँले नेकपाका केन्द्रीय प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)सहित तीन जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले मकवानपुरको हेटौँडाबाट काठमाडौँ आउँदै गरेको बा१४प २७२९नं को सवारी साधन चेकजाँचका क्रममा कालीकोटका प्रकाण्डसहित कपिलवस्तुका मनबहादुर श्रेष्ठ र कालीकोटकै हरिचन्द्र आचार्यलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाले विभिन्न उद्योगपति, व्यवसायीसँग अवैध रुपमा सात करोडभन्दा बढी चन्दा असुल गरेको भन्दै पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकालाई चन्दा ऐन, २०३० बमोजिम मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको परिसरका प्रवक्ता थापाले बताउनुभयो…
सन्तोष शर्मा झापा, २३ साउन । बलात्कारका घटनामा संलग्नमाथि कडा कारबाहीको माग गर्दै झापाको बिर्तामोडमा आज वृहत् विरोध प्रदर्शन गरिएको छ । झापालगायत देशभर यौनजन्य हिंसाका घटना बृद्धि भएपछि त्यसको विरोध गर्दै नेपाली आमा समूहको अगुवाईमा विरोध प्रदर्शन गरिएको हो । यसै साता मात्र झापाको अर्जुनधारा नगरपालिकामा दुई जना बालिका यौनजन्य हिंसामा परेका थिए । बिर्तामोडको शनिश्चरे रोडबाट शुरु भएको विरोध ¥याली बिर्तामोड क्षेत्रको परिक्रमापछि मुक्तिचोकमा कोणसभामा परिणत भएको थियो । ¥यालीमा ‘बलात्कारीलाई फाँसी नै भनौँ’, ‘आफ्नो छोरीचेलीको सुरक्षा गरौँ’, ‘हाम्रो छोरी समाजमा पुजिनुपर्छ, मारिनु हुँदैन’, ‘महिलाहरु मोजमस्तीका चिज होइनन्, उनीहरुलाई सम्मान गर्न सिकौंँ’ लगायतका नारा लेखिएको व्यानर तथा पम्प्लेट…
चन्द्रकला भण्डारी भद्रपुर, २३ साउन । ‘हेभन वाटर पार्क’ मा उत्पादन हुने माछाको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको छ । झापा विर्तामोडका नगर प्रमुख ध्रुव शिवाकोटीद्वारा सञ्चालित यो पार्क माछा पाल्न चाहने कृषकका लागि नमूना नै बनेको छ । विर्तामोड–२ मा १६ विगाहा क्षेत्रफलमा ११ वटा पोखरी बनाएर नगर प्रमुख शिवाकोटीले ५ करोड रुपैयाँको निजी लगानीमा २०७३ वैशाखदेखि माछापालन शुरु गर्नुभएको हो । उत्पादन हुन थालेको दुई बर्ष नबित्दै पार्कका माछाले झापा जिल्लामा उत्पादन हुने कुल माछाको करीव एक चौथाई हिस्सा ओगट्न सफल भएको छ । पार्क सञ्चालक शिवाकोटीका अनुसार पार्कले आर्थिक वर्ष २०७४÷७५ मा २५० मेट्रिक टन माछा उत्पादन गरेर…
हाम्रो समाजमा अनेकौं किसिमका मान्यताहरु हुन्छन्, चालचलन र रीति रिवाज पनि समाज अनुसार फरकफरक हुन्छन् । तर कुनै कुनै ठाउँहरुमा यस्ता संस्कार छन् जहाँ महिलाले गाउँमा नै बच्चा जन्माउन पाउँदैनन् । एउटा यस्तो ठाउँको कल्पना गर्नुहोस् जहाँ बच्चा जन्माउन बर्जित छ । तर, यो कल्पना मात्र होईन वास्तविकता पनि हो । यस्तो चलन एक दुई वर्षको होईन, विगत चार सय वर्ष देखि मानिँदै आएको छ । सुन्दा पनि पत्यार नलाग्ने यो वास्तविक चलन हो, भारतको मध्य प्रदेश स्थित एउटा गाउँको । राजगड जिल्ला अन्तर्गत पर्ने उक्त गाउँका महिलाले विगत चार सय वर्ष पहिलेबाट गाउँमा बच्चा जन्माएका छैनन् । सिङ्क श्याम…
काठमाडौँ, २३ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पुस मसान्तसम्म संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन हुने बताउनुभएको छ । आज मन्त्री निवास ललितपुरमा पत्रकारसँग कुराकानी गदै उहाँले तिनै तहको स्वीकृत दरबन्दीअनुसार पुस मसान्तसम्म कर्मचारी समायोजन हुने बताउनु भएको हो । सङ्घीय निजामती सेवा ऐन मन्त्रिपरिषद्बाट चाँडै लगेर संसद्बाट पारित गराएपछि समायोजनको काम शुरु हुने बताउनुभयो, ‘‘संसद्बाट हामी चाँडै नै पास गराउने तयारीमा रहेका छौँ’’ उहाँले भन्नुभयो–‘‘यही संसद्बाट पारित गराउन ढिलाइ भएर संसद् नबसेको खण्डमा अध्यादेशमार्फत पनि ल्याउछौँ ।’’ मन्त्री पण्डितले प्रशासनका सुधार गर्न आफू प्रतिबद्ध रहेको भन्दै अवकाशको उमेर पुग्न थालेको कर्मचारीको राजीनामा स्वीकृत नगरिने…
बलिउडका चारजना अभिनेत्रीहरूसँग भारतीय नागरिकता नरहेको खुलासा भएकोछ । पूर्वपोर्नस्टार एवम् नायिका सन्नी लियोनी, नायिका नरगिस फाखरी, नायिका ज्याकलिन फर्नान्डिस र नायिका क्याट्रिना कैफको भारतीय नागरिकता छैन । क्यानडाको सर्नियामा जन्मिएकी पूर्वपोर्नस्टार तथा बलिउड नायिका सन्नी लियोनी बलिउडमा चर्चित नायिका बनेकी छिन् । उनको जन्म १३ मे १९८१ मा भएको थियो । उनी इन्डियन–अमेरिकन तथा विवाहित अभिनेत्री हुन् । उनको असली नाम करनजित कौर बोहरा हो । उनको नागरिकता क्यानेडियन–अमेरिकन छ । उनीसँग भारतीय नागरिकता छैन । अर्की बलिउड नायिका नरगिस फखरी २० अक्टोबर १९७९ मा अमेरिकाको न्युयोर्क सिटीमा जन्मेकी हुन् । नरगिस अमेरिकी मोडल तथा नायिका हुन् । जो…
सन्तोष शर्मा । झापा, २३ साउन । प्रदेश नं. १ का २७३ स्थानमा सीसी क्यामेरा जडान गरिने भएको छ । प्रदेश सरकारले सुरक्षा व्यवस्था मजबुृद बनाउन मेचीदेखि कोशीसम्म २७३ स्थानका चोक–बजारमा सीसी क्यामेरा जडान गर्ने भएको प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार जडान गरिएको सीसी क्यामेराबाट स्थानीय प्रहरीले निरीक्षण गर्नेछन् । ‘प्रदेशको सुरक्षालाई व्यवस्थित र मजबुद बनाउने काममा प्रदेश सरकार लागेको छ’, रासससँग उहाँले भन्नुभयो, ‘बजेट विनियोजन गर्ने, स्थानीय तहसँग सहकार्य गर्ने विषय गृहकार्य अघि बढाइएको छ ।’ प्रदेश सरकारले प्रहरीलाई प्रविधिमैत्री बनाउने भएको छ । सुरक्षा व्यवस्था मजबुद बनाउनका…
काठमाडौँ, २३ साउन । वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा गएराति हृदयाघातका कारण निधन भएको छ । आफ्नै निवासमा सुतेको अवस्थामा राति दुई बजे उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च रक्तचापबाट ग्रसित मिश्र दुई दशकदेखि आफ्नो निवास (गुफा)बाट बाहिर निस्कनु भएको थिएन । उहाँको आत्मकथा ‘हर्मिताजः अढाइ दशक गुफामा’ दुई वर्षअघि प्रकाशित भएको थियो । मिश्र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र तथा ‘कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन’का प्रिन्सिपल डा मञ्जु मिश्रका पिता हुनुहुन्छ । कान्छो छोरा विदेशबाट आएपछि सम्भवतः बिहीबार मिश्रको अन्त्येष्टि गरिने छ । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी…
झापा, २३ साउन । झापा भद्रपुरका व्यापारी सञ्जीव घोष पक्राउ परेसँगै यहाँका व्यापारीको निंद (निन्द्र) हराम भएको छ । कर छलेको आरोपमा घोष पक्राउ परेपछि कर छल्न माहिर व्यापारीको निंद हराम भएको हो । प्रहरी प्रशासनसँग ‘लेनादेना’ गरेर कालोधन्दा गर्दै आएका व्यापारीले अब सोच्ने बेला आएको जानकारहरु बताउँछन् । सरकारले कर असुलीमा कडाइँ गरेपछि व्यापारी पक्राउ पर्ने मात्र होइन, कर्मचारीलाई समेत मुस्किल परेको छ । राजश्व असुली हुने देशभरका कार्यालयका कर्मचारी त्राहिमाम भएका छन् । अरु त अरु सिमावर्ती क्षेत्रमा भारतीय नम्बरका गाडी समेत पारी टपाउने काम भइरहेको छ भने आफू सुकिलो देखिन र बच्न राजनीति शक्ति केन्द्रमा शरण पर्न…