झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २२ साउन । विभिन्न सात पार्टीले आह्वान गरेको बन्दको कारण झापासहित पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । विशेष गरेर शैक्षिक संस्था बन्द भए भने लामो तथा छोटो दुरीका सवारी सधान चल्न सकेका छैनन् । राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बूवान पार्टी नेपाल, लिम्बूवान राष्ट्रिय क्रन्तिकारी पार्टी र कोचिला एकता मोर्चाले बन्दको आह्वान गरेका हुन् । बन्दमा लिम्बूवान जनता पार्टी नेपाल, खम्बुवान मुक्ति मोर्चा संघीयवादी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टीलगायत सात पार्टीले ऐक्यवद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ । वर्तमान संविधानले मुलुकमा जाति, वर्ग, लिंग र समुदायलाई संवैधानिकरूपमा अधिकार सम्पन्न गराउन नसकेको आरोप लगाउँदै त्यसको विरोधमा उनीहरुले बन्द आह्वान गरेका हुन्…

Read More

लमजुङ, २२ साउन । नवजात शिशु हत्या गर्ने आमालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । दुधपोखरी गाउँपालिका–२ विचौरकी विष्णुमाया परियारलाई प्रहरीले पक्राउ गरेको हो । गत शुक्रबार नवजात शिशुलाई जन्माएर हत्या गरेको सूचनाका आधारमा परियारलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो । परियारले छोरी जन्मिएलगत्तै प्लाष्टिकमा पोको पारेर शौचालयमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Read More

उर्लाबारी, २२ साउन । सुनवर्षी नगरपालिका–२ झपरतोलमा मोटरसाइकल दुर्घटनामा परी गएराति एकजनाको ज्यान गएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे३प ६६९४ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे३प ९३१० नंको मोटरसाइकल एकापसमा ठोक्किँदा ६६९४ नंको चालक रतुवामाई नगरपालिका–२ का ५५ वर्षीय जगदीश साहको मृत्यु भएको हो । उनको उपचारका क्रममा रंगेली अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । दुर्घटनामा परी अर्को मोटरसाइकलका चालक सुनवर्षी– ६ का ४५ वर्षीय रुपनारायण ताजपुरिया घाइते भएका छन् । उहाँको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

Read More

सान नेपाल गौरादह, २२ साउन । चिप्स, पकौडा, चटपटे भन्ने बित्तिकै जोकोहीको मुखबाट पानी आउँछ । स्वादिलो खानाको रुपमा चिनिने यी परिकार प्रायः सबैतिर पाइन्छ । तर, झापाको दक्षिणी क्षेत्रमा यसको व्यवसाय भने बढेको छ । यहाँका चोक तथा हाट बजारमा आलुबाट बन्ने परिकारहरुको व्यवसाय गर्नेहरु अत्याधिक मात्रामा पाइन्छन । आलु तरकारीको राजा मानिन्छ । आलुको परिकार प्रत्येक घर परिवारमा प्रयोग भएको पाइन्छ । आलुबाट विभिन्न परिकारका खानेकुराहरु बनिन थालेपछि हाट बजारमा खुद्रा पसल गर्ने साना तिना व्यापारी लाई समेत दैनिक गुजारा चलाउन सहज बनेको छ । आलु चिप्स, पकौडा, सिंगडा जस्ता परिकारहरु बनाइनुका साथै चटपटे व्यवसाय गर्नेहरुले पनि आलूको…

Read More

बिर्तामोड, २२ साउन । सञ्चार प्रविधिको विकासले हुलाक कार्यालयका कर्मचारी फुर्सदिला बनेका छन् । झण्डै १०÷१५ वर्षअघिसम्म एउटा चिठी पु¥याउन एक दिन पैदल हिँड्ने हुलाकी अहिले चिठीको पर्खाइमै कार्यालय रुगेर बसिरहेका छन् । मेचीनगर–४ बाहुनडाँगीमा रहेको अतिरिक्त हुलाक कार्यालयमा आइतबार भेटिएका इञ्चार्ज एकीकृत सम्पत्ति करको फारम भर्दै गरेको अवस्थामा भेटिए । ३५ वर्षदेखि सो कार्यलयमा इञ्चार्जको रुपमा कार्यरत ६१ वर्षीय रविन प्रधानको दैनिकी कार्यालयको जिम्मेवारी भन्दा फरक छ । हुलाकमा आएका चिठी पु¥याउन पुग्नुपर्ने इञ्चार्ज यतिबेला दिनभर लेखनदासको रुपमा काम गरिरहेका हुन्छन् । ‘चिठी आउन छोड्यो काम छैन, त्यही भएर जानेको काम हो, जनाताको सेवा यसरी नै गर्दैछु’, उनले भने…

Read More

झापा, २२ साउन । श्रीमतीको इच्छा विपरीत यौन सम्पर्क राख्ने झापा बिर्तामोडका २७ वर्षीय पुरुष अहिले इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका छन् । गत साउन १० गते पहिलो पटक म्याद थप गरे पनि ढिलो गरि यो घट्ना सार्वजनिक भएको हो । २२ वर्षीया श्रीमतीको उजुरीका आधारमा प्रहरीले ती युवकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । पक्राउ परेका ती युवकमाथि अनुसन्धान भइरहेको प्रहरीले इलाका प्रहरी कार्यालय बितामोडका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । श्रीमानले इच्छा विपरीत यौनसम्पर्क गरेको भन्दै ती महिलाले वैवाहिक बलात्कारमा मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ । विवाह भएको दुई वर्षपछि…

Read More

धर्म गौतम ‘इलाम धेरै पहिलेदेखि आउन खोजेकी थिएँ तर मिलिरहेको थिएन । यसपालि अवसर जु¥यो, साह्रै खुसी लागेको छ । इलाम नेपालको एउटा सुन्दर नगरका रुपमा चिनिन्छ । त्यस्तै पोखरा अर्को सुन्दर शहरका रुपमा चिनिन्छ । म पोखराकी मान्छे, इलाममा आएर, इलामलाई देखेर साह्रै आनन्दित भएकी छु ।’ लेखक पाठक सम्वाद तथा ‘नथिया’ आख्यानमाथि विमर्श कार्यक्रममा नथियाकी लेखिका सरस्वती प्रतीक्षाले आप्mनो मन्तव्यको थालनी यसरी नै गरिन् । ‘फरक आयाम’ र ‘भानु प्रतिमा संरक्षण तथा साहित्य प्रवद्र्धन समिति’ को निम्तिामा गएको आइतबार इलाम सदरमुकाम आइपुगेकी प्रतीक्षाले नथियाको रचना गर्भ र त्यस आख्यानका बारेमा बोल्दै गर्दा यस पंक्तिकारलाई भने एकखाले पछुतोले सतायो…

Read More

काठमाडौं, २१ साउन । थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक थाइल्यान्ड युनिभर्सिटी जुडो च्याम्पियनसिपका पदक विजेतासहितको नेपाली टोली आज स्वदेश फर्किएको छ । यही साउन १९ र २० गते भएको प्रतियोगितामा नेपालले दुई स्वर्ण, एक रजत र एक कांस्य पदक जितेको थियो । टोलीलाई जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य, महासचिव धर्मकुमार श्रेष्ठ, कोषाध्यक्ष विपिन श्रेष्ठलगायतका पदाधिकारी, खेलाडी, प्रशिक्षकले त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभएको थियो । प्रतियोगिताअन्तर्गत पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र महिला ५७ केजीमुनि मनिता श्रेष्ठ प्रधानले नेपाललाई स्वर्ण दिलाएका थिए । १५ प्रतिस्पर्धी सहभागी स्पर्धामा इन्द्रले चार खेलाडीलाई पराजित गरे । उनले थाइल्यान्डका दुई तथा युएई र जापानका खेलाडीलाई हराए…

Read More

उर्लाबारी,२१ साउन । हत्यामा संलग्न फरार तीन जनालाई घटना भएको १५ वर्षपछि प्रहरीले मोरङको बुढीगंगा गाउँपालिकाबाट पक्राउ गरेको छ । साविकको डंग्राहा गाविस–६ का ६० वर्षीय गारीलाल विश्वासको हत्यामा संलग्न बुढीगंगा गाउँपालिका–७ डंग्राहाका ५१ वर्षीय भवरलाल मण्डल, ४० वर्षीय ईश्वरचन्द गच्छदार र ३८ वर्षीय श्रवण गच्छदारलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता निशान थापाले आज जानकारी दिनुभयो । विश्वासको २०६० मंसिर ७ गते हत्या भएको थियो । हत्या भएको लामो समय भए पनि घटनामा संलग्नलाई गाउँघरबाटै पक्राउ गर्न प्रहरी सफल भएको थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार गाउँमा रातको समयमा धान चोरी गर्न आएको…

Read More

अशोक घिमिरे काठमाडौँ २१ साउन । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकटबापत तिर्नुपर्ने रकम घटेको छ । नेपालबाट कोरिया जाने प्रत्येक नेपाली कामदारले हवाई भाडाबापत तिर्ने रकम ५३० अमेरिकन डलरबाट ४११ अमेरिकन डलरमा झरेको वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले जनाएको छ । अब नेपाली कामदारले कोरिया जाँदा हवाई टिकटबापत रु ४११ अमेरिकी डलर अर्थात ४५ हजार २९२ रुपैँया तिर्नुपर्नेछ । इपिएस प्रणालीबाट दक्षिण कोरिया जाने कामदारले तिर्ने हवाई भाडा सार्वजनिक खरिद ऐनअनुसार पहिलो पटक विद्युतीय बोलपत्रको माध्यमबाट प्रतिस्पर्धा गराइएको शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । बोलपत्रमा पाँच ट्राभल्स कम्पनीले सहभागिता…

Read More