
भद्रपुर, २२ साउन । इलाका प्रहरी कार्यालय कन्काईको गाडीको ठक्करबाट एक सर्वसाधारणको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–१ बुधबारेका २७ वर्षीय पंकज कोइराला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्व–पश्चिम राजमार्गको कन्काई नगरपालिका–१ दुर्गापुरमा सोमबार साँझ पश्चिमबाट मे ८ प १२२३ नम्बरको स्कुटीमा पूर्वतर्फ आइरहेका कोइरालालाई विपरीत दिशाबाट गइरहेको इप्रका कन्काईको मे १ ज ५८६ नम्बरको गाडीले ठक्कर दिएको थियो ।
प्रहरीको गाडीको ठक्करबाट घाइते भएका कोइरालाको उपचारकै क्रममा आज बिहान उहाँको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

