झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ८ भदौ । एशियाकप छनोटको तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा फराकिलो जित हासिल गरेको छ । आज त्यहाँको स्थानीय ब्लुमफिल्ड क्लबसँग भएको दोस्रो खेलमा नेपाल १७६ रनले विजयी बन्यो । ३२४ रनको विशाल लक्ष्य पच्छ्याउने क्रममा ब्लुमफिल्डले ३८ ओभरमा नौ विकेट गुमाउँदै १३४ रन बनाएपछि प्रकाशमा समस्या आएपछि खेल रोकिएको थियो । त्यसपछि खेल हुन सकेन र नेपालले डक वर्थ लुईस नियमको आधारमा १७६ रनले विजयी बन्यो । नेपालका सागर पुनले तीन, ललित भण्डारीले दुई तथा वसन्त रेग्मी, ललित राजवंशी र कप्तान पारस खड्काले समान एक÷एक विकेट लिन सफल भए । यसअघि टस…

Read More

भद्रपुर, ८ भदौ । विद्यार्थीविहीन भएपछि झापा मेचीनगर–१ स्थित जनकल्याण प्राथमिक विद्यालय बन्द भएको छ । शैक्षिक सत्र शुरु भएको एक महिनासम्म विद्यालय खुला गरिए पनि कुनै विद्यार्थी भर्नाका लागि नआएको र भएका सबै विद्यार्थीसमेत अन्यत्र गएका कारण विद्यालय बन्द गरिएको मेची नगरपालिकाका शिक्षा शाखा प्रमुख उद्धव विष्टले बताउनुभयो । २०४५ सालमा स्थापना भएको सो विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्म पठनपाठन हुँदै आएको थियो । विद्यालयमा विगत केही वर्षदेखि विद्यार्थी भर्ना हुन आउने क्रम घटेको थियो । अघिल्लो शैक्षिक सत्रमा २० जना मात्र विद्यार्थी रहेको तत्कालीन बाहुनडाँगी स्रोत केन्द्रका स्रोत व्यक्ति दीपेन्द्र सुब्बाले बताउनुभयो । विद्यालयमा गुणस्तरीय पढाइ नभएको भन्दै…

Read More

ताप्लेजुङ, ८ भदौ । ताप्लेजुङमा आजदेखि शुरु भएको तेस्रो पाथीभरा गोल्डकपको पहिलो खेलमा रेडहर्स क्लब इलाम विजयी भएको छ । रेडहर्सले कञ्चनजङ्घा स्पोर्टिङ क्लब ताप्लेजुङलाई एक शून्य गोल अन्तरले पराजित गर्दै विजयी बनेको हो । खेलको पहिलो हाफमा रेडहर्सका जर्सी नं १० का सञ्जय धिमालले गरेको गोल निर्णायक बन्यो । निरोज बस्नेत आजको खेलको ‘म्यान अफ द म्याच’ घोषित भए । यसैबीच शनिबारको खेलमा फिदिम स्पोर्टिङ क्लब पाँचथर र कर्णसिंह स्पोर्टिङ क्लब ताप्लेजुङबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सदरमुकामस्थित भानुजन माध्यामिक विद्यालयको खेलमैदानमा भइरहेको छ । आगामी १६ गते सम्पन्न हुने प्रतियोगितामा काठमाडाँै र भारतका समेत १० टिम…

Read More

काठमाडौँ, ८ साउन । ताप्लेजुङमा ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको छ । आज साँझ ६ बजेर १६ मिनेट जाँदा जिल्लाको यामफुदिन केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । यो गोरखा भूकम्प (७ दशमलव ६ रिक्टर स्केल) को परकम्प नभई भूकम्प नै भएको उहाँले बताउनुभयो । ठूला भूकम्प गएको बीचको समयमा यस्ता साना भूकम्प जाने गरेको विज्ञहरुको भनाइ छ । गोरखा भूकम्पको परकम्प पनि पातलो रुपमा गइरहेको छ । पछिल्लो समय गत असारमा दुई र साउनमा दुईवटा परकम्प गएको थियो । पछिल्लो पटक साउन १७ गते दोलखाको नाम्दु आसपास केन्द्रबिन्दु भई ४…

Read More

भीमदत्तनगर, ८ भदौ । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गृहमन्त्रालयबाट बिहीबार गठन भएको उच्चस्तरीय छानबिन समितिले यहाँ आएर छानबिन थालेको छ । आज भीमदत्तनगर आइपुगेको गृहमन्त्रालयको टोलीले बालिका हत्या घटनाबारे प्रारम्भिक चरणको छानबिन थालेको छानबिन समितिका संयोजक एवं गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयमा कञ्चनपुरका पत्रकारलाई प्रतिक्रिया दिँदै छानबिन समितिका संयोजक मैनालीले सरकारले समितिलाई घटनाबारे छानबिनका लागि काम, कर्तव्य र अधिकार दिएर पठाएको जानकारी दिँदै घटनाको यथार्थ बाहिर ल्याएरै छाड्ने बताउनुभयो । छानबिनसँगै सत्यतथ्य पत्ता लगाउँदाको अवधिसम्म भीमदत्तनगरमै रहेर काम गर्ने बताउँदै मैनालीले सरकारले तोकेको जिम्मेवारीअनुसार विभिन्न कोणबाट घटनाबारे छानबिन…

Read More

काठमाडौँ, ८ भदौ । इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत भलिबलतर्फ आज भएको दोस्रो खेलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको छ । समूह ‘डी’ मा रहेको नेपाल आज सम्पन्न दोस्रो खेलमा दक्षिण कोरियासँग २५–१६, २५–१३ र २५–१४ मा पराजित भएको जकार्तामा रहनुभएका भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिनुभयो । दुवै खेलमा पराजित नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपाल यसअघि बुधबार भएको पहिलो खेलमा चाइनिज ताइपेइसँग पराजित भएको थियो । एशियाली खेलकूदको पुरुष भलिबलतर्फ २० राष्ट्र सहभागी छन् । नेपालले ३२ वर्षपछि एशियाली खेलकूदमा भलिबलमा सहभागिता जनाएको हो । नेपालको भलिबल टोलीले पछिल्लो पटक सन् १९८४मा दक्षिण…

Read More

सन्तोष खनाल, फर्मासिष्ट क्यान्सर रोकथामको लागि प्रयोग हुने औषधि अर्थात् एन्टी क्यान्सर ड्रग्स ‘केमो’ औषधिहरु अन्य औषधिको तुलना धेरै असर तथा दुष्प्रभाव गर्ने हुन्छन्। क्यान्सर भएको व्यक्तिले एक वा एक भन्दा बढी औषधिहरु क्यान्सर निदानको लागि प्रयोग गरिरहेका हुन्छन्। ती औषधिको प्रयोग गर्ने प्रविधीलाई ‘केमोथेरापी’ भनिन्छ । यी औषधिको लापरवाहीपूर्ण सेवन गर्ने र गराउनेलाई धेरै जोखिम छ । अहिले बिभिन्न प्रकारका केमोथेरापी बनेका छन् । हरेक औषधीको प्रयोग गर्ने तरिका फरक हुन्छ– साथै केमोथेरापी फरक हुन्छन् । केमो औषधीहरू सुर्इबाट नशामा लगाइन्छ , केही केमो मुखबाट सेवन गर्नुपर्छ। कुन केमोथेरापी प्रयोग गर्ने निर्णय क्यान्सरको प्रकार, बिरामीको अवश्था र उमेरको आधारमा…

Read More

भीमदत्तनगर, ८ भदौ । कञ्चनपुरको महाकाली नगरपालिका–६ मा एक दम्पतीले आफ्नै घरको कोठामा झण्डिएर आज आत्महत्या गरेका छन् । आफ्नै सुत्ने कोठामा झुण्डिएर स्थानीय २२ वर्षीय मनोज थापा र २१ वर्षीया दीपा थापाले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दोधराचाँदनीले जनाएको छ । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक नारायण गिरीले श्रीमान्-श्रीमती अलग-अलग चुन्नीमा झुण्डिएको अवस्थामा भेटिएको बताउनुभयो । मृतकका भाइले झ्यालबाट दाइ-भाउजु झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकहरुको गत जेठमा विवाह भएको थियो ।

Read More

बिर्तामोड, ८ भदौ । नेपाल सुनचाँदी व्यवसायी सङ्घ झापाको अध्यक्षमा राजु विश्वकर्मा निर्वाचित भएका छन् । व्यवसायी सङ्घको विर्तामोडमा सम्पन्न दोस्रो अधिवेशनबाट निकटम प्रतिद्वन्दी गोपाल ल्वागुनलाई ३३ मतले हराउँदै विश्वकर्मा विजयी हुनुभएको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा राजुकुमार गुप्ता तथा उपाध्यक्षमा धीरेन विश्वकर्मा, टोलबहादुर सुनार, तुलसी विमली र रमेश पोर्तेल चयन भएका छन् । महासचिवमा राजन कालीकोटे, सचिव राजेशकुमार सोनी, सहसचिव वृहस्पति पाण्डे र कोषाध्यक्षमा विजय सराफ निर्विरोध चयन हुनुभएको निर्वाचन अधिकृत एकराज गिरीले जानकारी दिनुभयो । सङ्घमा आठ सदस्यसमेत निर्वाचित भएका छन् ।

Read More

बिर्तामोड, ८ भदौ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सुखी र समृद्ध मुलुक निर्माणका लागि सरकार अघि बढेको बताउनुभएको छ । झापाको बिर्तामोड नगरपालिकालाई खुला दिसामुक्त नगर घोषणा गर्न आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले समृद्ध नेपाल निर्माणका लागि कार्ययोजना बनाएर सरकार अघि बढेको बताउनुभयो । ‘मुलुक समृद्धिको यात्रामा छ’, उहाँले भन्नुभयो, ‘धेरै समस्या आइरहेका छन्, तर यो यात्रा रोकिनेवाला छैन ।’ उहाँले सरकार कछुवा गतिमा नभई चितुवाको गतिमा अघि बढिरहेको बताउनुभयो । ‘सरकार किस्ताबन्दीमा होइन, तीव्र गतिमा अघि बढिरहेको छ’, उहाँले भन्नुभयो, ‘विकासको गतिमा गुणात्मक फड्को मार्नुपर्छ ।’ सरकारले जनताको ढाँस सेक्ने गरी…

Read More