झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, ८ साउन। यसअघि साउनको पहिलो सातादेखि खुल्ने भनिएको सवारी चालक अनुमति पत्र ‘लाइसेन्स’को आवेदन तेस्रो सातादेखि खुल्ने बताइएको छ। यातायात व्यवस्था विभागले गएको जेठ २१ गते एक सूचना प्रकाशित गर्दै नयाँ लाइसेन्ससम्बन्धी सबै कामकारबाही बन्द गरेको थियो । पछि ट्रायल पास गरेका तर राजस्व नतिरेका पनि नतिजा रद्द गर्ने निर्णय गरेको थियो । साथै एकपटकका लागि भन्दै बाँकी रहेकाहरुको असार १५ गते भित्रै रिट्रायल भ्याउने निर्णय गरेको थियो। विभागका अनुसार पेन्डिङमा रहेका कार्डको छपाई सक्न र राजश्व लगायत हिसाव मिलान गर्नुपर्ने भन्दै आवेदन लिन बन्द गरेको थियो। लाइसेन्सको आवेदनका साथै लिखित र प्रयोगात्मक परीक्षा समेत स्थगित गरिएको थियो। तर…

Read More

काठमाडौँ, ८ साउन । सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा सामाजिक सञ्जाल ‘ट्वीटर’ सञ्चालन गर्ने तयारी थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको ‘हेलो सरकार कक्ष’ले सबै सरकारी निकायले जनतासमक्ष सेवा र सूचना आदानप्रदान गर्नका लागि ट्वीटर सञ्चालन गर्न तयारी थालिएको कक्षका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँले सरकारी कार्यालयले सबैलाई सूचना प्रदान गर्न, जनगुनासो ग्रहण गर्न र आफ्ना कार्यालयका सूचना सार्वजनिक गर्न ट्वीटर सञ्चालन गर्न तयारी थालिएको बताउनुभयो । यसअघि सरकारको निर्देशनअनुसार सबै सरकारी कार्यालयले सामाजिक सञ्जाल फेसबुक सञ्चालन गरिरहेका छन् । उपाध्यायका अनुसार ट्वीटर सञ्चालनका लागि सरकारले ‘सरकारी निकायद्वारा ट्वीटर खाता प्रयोग गर्ने कार्यविधि, २०७५’ समेत बनाउन…

Read More

नेपालगञ्ज, ८ साउन । संघीयसभाका सभामुख कृष्णबहादुर महराले मुलुकको राजनीतिक विवाद संविधान निर्माण भएपछि सकिएको बताउनुभएको छ । यहाँस्थित महेन्द्र बहुमुखी क्याम्पसको हातामा नयाँ निर्माण हुने क्याम्पस भवनको आज शिलान्यास गर्दै उहाँले भन्नुभयो, “अब मुलुक बनाउन सरकार र सबै राजनीतिक दलको गतिशीलता देखिनु जरुरी छ ।” सभामुख महराको थप भनाइ थियो, “मुलुक बनाउन अहिले पनि थुप्रै चुनौती छन्, तर सामूहिक संकल्प गरेर अघि बढियो भने सफलता अवश्य पाइन्छ ।” उहाँले संघीयताको कार्यान्वयन मुख्य प्राथमिकतामा राखेर सरकार गतिवान् हुनुपर्ने बताउँदै त्यसका लागि आवश्यक पर्ने कानून निर्माण संघीय सभाबाट भइरहेको छ भन्नुभयो । सभामुख महराले नेपालगञ्ज पश्चिम नेपालको शैक्षिक हब भएकाले यहाँको…

Read More

विराटनगर, ८ साउन । मोरङ जिल्लाका बाढीपीडित समुदायलाई वितरण गर्न आएको राहत रकम समयमै वितरण गर्न नसक्दा करोडौँ रकम ‘फ्रिज’ भई फिर्ता गएको छ । गृह मन्त्रालयबाट मोरङको कटहरी गाउँपालिकाको बाढी पीडितलाई वितरण गर्न रु तीन करोड ८९ लाख २५ हजार आएको थियो । कटहरी गाउँपालिकाले सो रकम गत असार मसान्तसम्म वितरण नगरेपछि रकम फ्रिज भई फिर्ता भएको हो । गत आर्थिक वर्षको असार मसान्तभित्र वितरण गर्नुपर्ने रकम स्थानीय निकायले वितरणमा ढिलाइ गर्नाले नै रकम फिर्ता भएको हो । जिल्ला प्रशासन कार्यालय मोरङमा रकम फ्रिज भएर र्फिता गएपछि आज प्रमुख जिल्ला अधिकारी, कटहरी गाउँपालिकाका जनप्रतिनिधि तथा प्रहरी प्रमुखबीच यस सम्बन्धमा…

Read More

रमेश लम्साल काठमाडौँ, ८ साउन । सरकारले अस्पतालमा आधारित अनशन जारी राख्नुभएका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीसँग वार्तामार्फत समस्याको समाधान गर्ने प्रयास गरेको छ । त्यसका लागि गत असार ३२ गते नै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । प्रा डा केसीको अनशन आज २५औँ दिनमा जारी छ तर डा केसी ‘अधिकार नभएको’ समितिसँग वार्ता नगर्ने भन्दै सरकारी वार्ता टोलीसँग अनौपचारिक औपचारिक संवादसमेत गर्न तयार देखिनुभएको छैन । प्रा डा केसीको नजिक रहेका केही चिकित्सक र सहयोगीको भनाइ पनि त्यस्तै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताका…

Read More

काठमाडौँ, ८ साउन । कानून, न्याय तथा मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज अपराह्न पत्रकार सम्मेलन गरी उहाँले बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने नेपाली विद्यार्थीका सम्बन्धमा आफूले दिएको अभिव्यक्ति विवादित भएकाले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिने घोषणा गर्नुभएको हो । आफ्नो चारमहीने कार्यकालको उपलब्धिबारे अवगत गराउँदै उहाँले आफू जहाँ रहे पनि सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानमा सहयोगी रहने बताउनुभयो ।

Read More

भद्रपुर, ८ साउन । मेचीनगर क्षेत्रका १२ सामाजिक संस्थाले मुलुकका सबै निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न वा गैरनाफामुखी ट्रष्टमा रुपान्तरण गर्न माग गरेका छन् । उनीहरुले सो मागलाई प्रमुख जिल्ला अधिकारी जनक दाहालमार्फत आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पठाएका छन् । मागपत्रमा पहिलो पाइलाका अध्यक्ष बिपी भट्टराई, समर्पण अभियानका अध्यक्ष प्रकाश खड्का, प्रोग्रेसिभ युथका केन्द्रीय प्रतिनिधि मणिराम खतिवडा, मानव विकास एकता समाजका अध्यक्ष साङ्गे शेर्पा, प्रगतिशील कृषक समूहका सचिव ज्ञाननाथ घिमिरे, मेचीनगर मूल कृषक समूहका सचिव कञ्चन तामाङलगायत दर्जन बढी संघसंस्थाका अध्यक्षले हस्ताक्षर गरेका छन् । मागपत्रमा राज्यले स्वास्थ्य र शिक्षामा नियन्त्रण कायम गर्न नसक्दा समान्य जनताको पहुँचबाट टाढा भएको,…

Read More

काठमाडौँ, ८ साउन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टहरुको एकता र निर्वाचनबाट बनेको दुई तिहाइको सरकारविरुद्ध नियोजित षड्यन्त्र गरी भ्रमपूर्ण प्रचार गरिएको बताउनुभयो । “हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ । प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ । प्रतिक्रियावादीहरुलाई कम्युनिष्ट एकता र स्थिर सरकार मन परेको छैन तर हामी त्यस्ता षड्यन्त्रलाई सफल हुन दिने छैनौँ ।” उहाँले भए÷नभएका कथाहरु बनाएर सरकार र नेकपाको विरोधमा भ्रम छर्ने काम भएकाले क्रान्तिलाई सफल बनाउन र स्थिर सरकारको विरुद्ध सबै हतियार प्रयोग गरेर भइरहेका नियोजित षड्यन्त्र चिर्न आह्वान गर्नुभयो । प्रा डा केसीको अनशनको नाममा सरकारलाई टिक्नै नदिने वितण्डा मच्चाउन खोजिएको छ भन्दै…

Read More

काठमाडौैँ, ८ साउन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संविधानबमोजिम संसद्ले कानून बनाउने लोकतान्त्रिक विधिबाट अघि बढ्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई आग्रह गर्नुभएको छ । नेकपा केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित कार्यक्रममा काँग्रेसले संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली र संविधानको सर्वोच्चता मानेर अगाडि जान तयार छ कि छैन भन्ने प्रश्न गर्दै भन्नुभयो, “संसद्ले कानून बनाउँछ, काँग्रेस मान्न तयार छ कि छैन ? संवैधानिक बाटो चुनावबाट सरकारलाई अपदस्थ गर्न सकिन्छ, म लोकतान्त्रिक विधि र प्रक्रियामा आउन काँग्रेसलाई चुनौती दिन्छु । संघर्षको मैदान हामीले पनि देखेका छौँ । अलोकतान्त्रिक, प्रतिक्रियावादी र जनविरोधी कुनै पनि प्रयास सरकारलाई अस्वीकार्य छ र…

Read More

मोहम्मद सदरुल विराटनगर, ८ साउन । सेवा, सुरक्षा र सुविधाको दृष्टिकोणले प्रदेश नं १ को राजधानी विराटनगर नै स्थायी राजधानी हुनुपर्नेमा जोड दिन थालिएको छ । पछिल्लो राजनीतिक परिवर्तनपछि मुलुकमा बनेका प्रदेशका अस्थायी राजधानीमध्ये सबै पूर्वाधारको दृष्टिकोणले विराटनगर नै स्थायी राजधानी बनाउनुपर्ने बहस भइरहेको हो । आर्थिक, सामाजिक, राजनीतिक र बहुसांस्कृतिकजस्ता विविधता रहेको विराटनगर शहर विसं १९७१ मा जिल्लाको पूर्वी तथा दक्षिणी क्षेत्र रंगेलीबाट सदरमुकाम सरेर आएको लगभग १०० वर्ष भइसकेको र अहिले मुलुककै दोस्रो विकसित शहरका रुपमा चिनिएको छ । हाल ७७ वर्ग किलोमिटरमा फैलिएको यो महानगरपालिकामा दुई लाख ८० हजार जनसंख्यामा रहेकामा महिला एक लाख ३८ हजार ८५…

Read More