काठमाडौं । ३८ क्वीन्टल सुन तस्करीका अभियुक्तहरुले अर्को मुद्दा पनि खेप्नु पर्ने भएको छ । प्रहरी अधिकारीलाई भ्रष्टाचार र अरुलाई सम्पत्ति शुद्धीकरण मुद्दा चलाउन लागिएको हो । सम्पत्ति शुद्धीकरण विभागले मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ र उनका सालो नाता पर्ने डा. डेबिटर भनिने छिरिङ वाङ्गेल घलेलाई सोमबार बिहान काठमाडौं ल्याइसकेको छ । ‘अनुसन्धानका लागि काठमाडौं ल्याएका हौं’, सम्पत्ति शुद्धिकरण विभागका गजेन्द्र ठाकुरले अनलाइनखबरसँग भने, ‘अन्यलाई अभियुक्तलाई पनि क्रमशः ल्याउँछौं ।’ उनीहरुलाई हाल केन्द्रीय कारागारमा राखिएको छ । सम्पत्ति शुद्धीकरण विभागले काठमाडौं ल्याएको बेला सुन तस्करीबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले पनि थप अनुसन्धानका लागि उनीहरुसँग…
Read More