झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ११ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च मूल्यमा स्थिर छ। त्यसैगरी अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य आज बढेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ६३ पैसा छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। त्यसैगरी आज युरो एकको खरिदर एक सय ४१ रुपैया ६४ र बिक्रीदर एक सय ४२…

Read More

झापा, ११ पुस । जाजरकोट केन्द्रबिन्दु भएर आज बिहानै भूकम्प गएको छ। जाजरकोटको नायकवाडा आसपास केन्द्र बनाएर बिहान ६ बजेर ३३ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

Read More

इलाम, ११ पुस । जिल्लाका लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति संरक्षणमा जुटेका छन् । ‘याक्थुङ युवा मञ्च’को अगुवाइमा जिल्लाका लिम्बू युवा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणमा जुटेका हुन् । पछिल्लो समय आफ्नो मौलिक संस्कृति लोप हुने अवस्था सृजना भएको भन्दै लिम्बू समुदायका युवापुस्ता कला, संस्कृति संरक्षणमा सक्रिय भएका हुन् । याक्थुङ युवा मञ्चले एक सय जना लिम्बू युवालाई आफ्नो समुदायको मौलिक च्याब्रुङ नाच ९केःलाङ० सिकाइरहेको छ । लिम्बू जातिको कला, संस्कृति र परम्पराको संरक्षण संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण गर्ने उद्देश्यले सदरमुकाममा १५ दिने च्याब्रुङ नाच प्रशिक्षण पनि सञ्चालन गरेको छ । लिम्बू समुदायको कला,…

Read More

झापा, ११ पुस । हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भेगमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै मुलुकका अधिकांश भेगमा मौसम सफा रहने छ । विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशका उच्च पहाडी तथा हिमाली…

Read More

चन्द्र बस्नेतकनकाई, ११ पुस । आफुबाट धामीझाँक्रीप्रतिको विश्वास कहिल्यै नघट्ने शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्प्रा (रोषन) ले बताउनुभएको छ। तन्त्र तथा धामीझाँक्री अध्ययन प्रतिस्ठान कोशी प्रदेश कार्य समिति तथा भगवती माता महारानी मन्दिर समितिद्वारा संयुक्त आयोजित सामुहिक धामीझाँक्री गुरुपुजा तथा चिल्लागढको चिनारी एवम् माता महारानी तुलसादेवी कार्कीको जीवनी र उपचार पद्दति नामक पुस्तक लोकार्पण कार्यक्रमको अवसरमा धार्मिक तथा पर्यटकीयस्थल शिवसताक्षी नगरपालिका ९ स्थित चिल्लागढमाआयोजित कार्यक्रमलाई बुधबार बिहान प्रमुख आतिथिको आशनबाट सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो। नगर प्रमुख थोप्प्राले धार्मिक तथा पर्यटकिय क्षेत्रको संरक्षण प्रवधन प्रचारप्रसार एवम् धामीझाँक्रीहरुको समेत संरक्षणमा स्थानीय सरकार लागिपर्ने प्रतिवद्वता जनाउनुभयो। उहाँले आफ्नो परिवारमा पिता पनि…

Read More

भोजपुर,  १० पुस । सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग भोजपुरसहित तीन वटा जिल्लाका स्थानीय तह जुटेका छन् । ‘मुन्दुम भ्रमण वर्ष सन् २०२५’ घोषणा गरेर यो पदमार्गको विकास तथा विस्तारमा स्थानीय तह जुटेका हुन् । भ्रमण वर्षमा पदमार्गमा आन्तरिक र बाह्य गरी एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । भ्रमण वर्षलाई सफल बनाउनको लागि यो पदमार्गले समेटेका भोजपुर, खोटाङ र सोलुखुम्बुका स्थानीय तह आवश्यक गृहकार्यमा जुटेका छन् । पूर्वी क्षेत्रको एक मात्र सहज र सरल पदमार्गको रुपमा लिइने यो पदमार्गको विकासमा तीन वटा जिल्लाका स्थानीय तह एकजुट बनेर अघि बढेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज…

Read More

पाँचथर, १० पुस । फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा काठमाडौँको चर्च व्वाइज युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पाँचथरको फिदिममा सञ्चालन भइरहेको ११औँ संस्करण अन्तरगत बुधबार फिदिम माविको खेल मैदानमा भएको तेस्रो क्वाटरफाइनल खेलमा विराटनगर सिटी फुटबल क्लबलाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै चर्च व्याइज सेमिफाइनलमा पुगेको हो । बिहीबार हुने खेलमा एनआरटी क्लब काठमाडौँ र सहलेस युवा क्लब सिराहा बीच प्रतिस्पर्धा हुनेछ । फिदिम स्पोर्टिङ क्लबको आयोजनामा आगामी पुस १५ गतेसम्म हुने प्रतियोगिताको विजेताले नगद १० लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले ५ लाख ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । यो पुरस्कार राशी…

Read More

झापा, १० पुस । मेची–महाकाली सरसफाई अभियानका अभियन्ता, सडकवासी सहयोगापेक्षीको उद्धारकर्ता, असहायको सहयोगी र अपाङ्गता भएका बिरामीका लागि स्रोतसाधन जुटाएर सित्तैमा ह्वीलचेयर दिने मनकारी व्यक्ति हुन् बिष्णु आचार्य । समाज परिवर्तन र गरिब तथा पीडितको अधिकारका लागि लड्न समर्पित उनले रक्तदानमा सहजीकरण, सडकमा असाहय बनेका मानिसको उद्धार, अपाङ्गता भएका व्यक्तिलाई खाद्यान्न उपलब्ध गराउने काममा समेत सधैं अगाडि छन् । उनै आचार्यले बुधवार पनि समाजोपयोगी काम गरेका छन् । विपद्मा परेका व्यवसायीको हितका लागि बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’मा आर्थिक सहयोग पु¥याएर उनले समाजोपयोगी काम गरेका हुन् । एक करोड रुपैयाँको ‘व्यवसायी राहत कोष’स्थापना गर्दै त्यसको व्याजबाट…

Read More

झापा, १० पुस । जाडोयाममा कन्डमको खपत बढ्ने गरेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा नेपालमा १ एक करोड ५८ लाख पिसभन्दा बढी कन्डम आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार सो वापत १० करोड ५४ लाख ९२ हजार रुपैयाँ खर्च भएको छ । यस्तै सो कन्डम आयात गरेर ३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्षभरमा ३ करोड ९२ लाख ३२ हजार ८५० वटा कन्डम आयात भएको थियो । सो कन्डम आयात गर्दा २४ करोड ६९ लाख ८७ हजार रुपैयाँ खर्च भएको थियो र सरकारले ५५ हजार राजस्व सङ्कलन गरेको थियो…

Read More

झापा, १० पुस । झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ९ गते साँझ झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट लागु औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले मे ७ प ४३८८ नम्बरको मोटरसाईकलमा सवार दमक–४ का २२ वर्षीय गोपाल श्रेष्ठलाई २ ग्राम १७० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित र मे ३ प ९५३७ नं. को मोटरसाइकल चालक शिवसताक्षी–७का २९ वर्षीय भुवन मिश्र र पछाडी सवार ३६ वर्षिय सोमनाथ पौडेललाई ५ ग्राम लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी लागु औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले चेक जाँचको क्रममा सुनसरी धरान–१५का ३७ बर्षीय अर्जुन राईलाई १…

Read More