झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

शिवसताक्षी, १२ पुस । झापाको शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरणको काम नगरका ५ वडाको सम्पन्न भएको छ । गएको पौष ७ गतेबाट सुरु भएको परिचय पत्र वितरण शिविर वडा नं. १ देखि ५ वडा सम्ममा ६६२ जना अपाङ्गता भएका व्यक्तिहरुले स्वास्थ्य परीक्षण गराएका छन् । जसमा १७५ जनालाई नयाँ कार्ड वितरण गरिएको छ । जसमा ६ जनालाई रातो र ५२ जनालाई निलो, ७६ जनालाई पहेंलो र ४३ जनाई सेतो कार्ड वितरण गरिएको शिवसताक्षी नगरपालिकाका सहकारी शाखा प्रमुख तथा परिचय पत्र वितरणका संयोजक बद्री दाहालले जानकारी दिए । अपाङ्गता परिचय पत्र वितरणमा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयबाट…

Read More

झापा, १२ पुस । कचनकवल गाउँपालिका–४ फर्कागाछीबाट ठगीको आरोपमा दुई जना पक्राउ परेका छन् । स्थानीय महिला र वृद्धवृद्धालाई ललाईफकाई, डरत्रास देखाई धम्की दिने तथा नगद र जिन्सी सामान लिएर ठगी गर्दै गरेको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय केचनाको टोली, प्रहरी नायब निरीक्षक राजनकुमार प्रधानको नेतृत्वमा घटनास्थलमा पुगेपछि उनीहरुलाई नियन्त्रणमा लिएको हो । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ। पक्राउ परेका व्यक्तिहरु बिहारको किशनगञ्ज चुल्ली गाउँका २६ वर्षीय महमद राजा र सोही जिल्लाका डिमाहाट पोस्ट निवासी २५ वर्षीय बल्पी नेट रहेको खुलेको छ। उनीहरु द्यच् घठब्भ्ठछछद्द नम्बरको भारतीय मोटरसाइकलमा कचनकवल पुगेको…

Read More

झापा, १२ पुस । पूर्वी नेपाल‌को झापाली साङ्गेतिक भूमिमा रहेर सन्चार क्षेत्रमा आबद्ध भई गायन क्षेत्रमा पनि पाइला अगाडी वढाउदै आएका गायक तथा सङ्गीतकार निरज पोखरेलले नया गीति कोशेली “नजाउ मलाइ एक्लै छोडी ..।” बोलको मारुनी भाका लिएर आएका छन् । पछिल्लो समय साहित्य क्षेत्रमा सक्रिय रहनु हुने दर्जनौ गीतका स्रस्टा भद्रपुर निवासी कवि गीतकार सत्यनारायण तायल ज्यु को शब्दमा युवा गायक तथा सङ्गीतकार निरज पोखरेल स्वयमले गीतमा संगित दिएका छन भने सो गीतमा गायिका मेलिना राईले साथ दिएकी छिन । काठमाडौँ स्थित ए लेवल स्टुडियोमा रेकर्डिङ भएको गीतमा झापाली सङ्गीतकार विकास चौधरीले गीतलाई एरेन्ज गरेका छन् । २०६० सालमा…

Read More

विराटनगर, १२ पुस । मोरङको बिरानटनगर महानगरपालिका–१६ स्थित दुर्गा मन्दिर परिसरमा सामुदायिक प्रहरी सेवा केन्द्र रानीको आयोजनामा न्यानो कपडा (कम्बल) वितरण गरिएको छ । पुस १२ गते समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत भएको उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्य तथा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेको विशिष्ट आतिथ्यमा कम्बल वितरण गरिएको हो । इलाका प्रहरी कार्यालय रानीको सहकार्यमा सञ्चालन भएको उक्त कार्यक्रममा विराटनगर महानगरपालिको १२, १३, १४, १५, १६ र १७ नम्बर वडामा वसोवास गर्ने अल्पसंख्यक, जेष्ठ नागरिक, फरक क्षमता भएका र एकल महिला गरी…

Read More

झापा, १२ पुस । पूर्वमा पहिचानवादी मुद्दा उठाइरहेका चार वटा पार्टीहरुले सक्षम राष्ट्रिय राजनीतिक शक्ति निर्माण गर्नको लागि संयुक्त पहिचानवादी मोर्चाको घोषणा गरेका छन् । प्रा.डा. महेन्द्र लावतीले नेतृत्व गरेको संघीय संयोजक पहिचानवादी मोर्चा, केपि पालुङ्वाले नेतृत्व गरेको नेपाल जनमुक्ति पार्टी, उकेन्द्रसिंह थेगिमले नेतृत्व गरेको प्रदेश नं.१ पुनः नामङ्कन अभियान समिति र ज्ञानबहादुर गुरुङले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टी, प्रदेश नं.१ समितिले मोर्चाको घोषणा गरेका हुन् । एकल जातिय राज्य, भ्रष्टाचार, असमानता, सबैखाले विभेद र अन्याय विरुद्ध लड्दै देश जिम्मा लिन सक्षम राष्ट्रिय राजनीतिक शक्ति निर्माण गर्नको लागि संयुक्त पहिचानवादी मोर्चाको घोषणा गरेको युवा नेता एलवी पालुङ्वाले जानकारी दिए ।…

Read More

झापा, १२ पुस । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी–२०८१ हुने भएको छ । यो दोश्रो पटकको प्रदर्शनी हुन लागेको हो । कार्यक्रमको सम्पुर्ण तयारी सुरु भएको छ । पुस्तक प्रर्दशनीमा कोशी प्रदेशका व्यवसायी पनि सहभागि हुने भएका छन् । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका कोशी प्रदेश अध्यक्ष जीवन नेपालका अनुसार पुस्तक प्रर्दशनीमा कोशीका पुस्तक व्यवसायी, पाठक, लेखक, पत्रकार, शिक्षक, विद्यार्थी लगायतकाको सहभागिता हुने छ । नेपालका अनुसार झापा, मोरङ, सुनसरी, पाँचथर, धनकुटा लगायतका जिल्लाबाट कम्तिमा १ सय व्यवसायीले प्रर्दशनीको अवलोकन गर्ने छन्…

Read More

बनियानी, १२ पुस । झापाको कचनकवल गाउँपालिकामा स्काई पोख्रेल प्रमुख प्रशासकीय अधिकृतको रुपमा शुक्रबार हाजिर भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनअनुसार पोख्रेलले यहाँको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका हुन्। पोख्रेल यसअघि पाँचथरको याङवरक गाउँपालिकामा कार्यरत थिए । उनलाई कचनकवलमा स्थानान्तरण गरिएको हो । कचनकवलमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुण्यप्रसाद पौडेलको सरुवापछि योजना अधिकृत केशव मैनालीलाई निमित्तको जिम्मेवारी दिइएको थियो। प्रमुख प्रशासकीय अधिकृतको अभावमा गाउँपालिकाको सेवा प्रभावित भएको थियो। पोख्रेलले पाँचथर याङवरक गाउँपालिकाको गाउँसभा सम्पन्न गरेपछि पौष १२ गते कचनकवलमा आफ्नो जिम्मेवारी सम्हाल्न आएको पोख्रेलले बताए । उनका अनुसार अब कचनकवल गाउँपालिकाको प्रशासनिक काम नियमित रुपमा अघि…

Read More

सन्तोष शर्माझापा, १२ पुस । झापाको हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक कालोपत्रे गरेको छ । स्थानीय तह पुनर्संरचना भएपछि हल्दिबारी गाउँपालिकाले यहाँको मुख्य सडकहरुमध्ये ३३ किलोमिटर सडक कालोपत्रे सम्पन्न गरेको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले जानकारी दिनुभयो । “मुख्य सडकको ८५ प्रतिशत सडक कालोपत्रे गरिसकिएको छ” उहाँले भन्नुभयो, “सीमित साधन स्रोतका कारण भनेजति गर्न सकिए पनि काम भइरहेको छ ।” गाउँपालिकाको आन्तरिक स्रोत वार्षिक करिब रू एक करोड ५० लाख रहेको बताउँदै उहाँले संघ र प्रदेशबाट समेत कम बजेट प्राप्त हुँदा नागरिकको माग अनुसार काम गर्न नसकिएको बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले चालू आर्थिक वर्षमा…

Read More

झापा, १२ पुस । कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्ममा प्रदेशभर तीन हजार चार सय ९८ वटा सवारी दुर्घटना भएका इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका र त्यसपछि क्रमशः टेम्पो, जिप र कार दुर्घटना भएका उक्त कार्यालयका सूचना अधिकारी रामेश्वर ट्वाटीले बताउनुभयो । “पूर्वपश्चिम राजमार्गमा एसियन हाइवेको स्तरोन्नति कार्य भइरहेको अवस्थामा जेब्रा क्रसिङ र सवारी सङ्केतको अभावमा बढी मोटरसाइकल दुर्घटना भएको देखिन्छ”, उहाँले दुर्घटनाको कारण बताउँदै भन्नुभयो, “तीव्र गतिमा लापर्वाहीपूर्वक मोटरसाइकल चलाउँदा मानव क्षति…

Read More

झापा, ११ पुस । नेपाल तमु विद्यार्थी छोंज धिं जिल्ला कार्य समिति झापाको आयोजनामा एकदिने प्रथम स्युँरा सांस्कृतिक कार्यक्रमको आरम्भ गरिएको छ । विशेषगरी, पुष १५ मा मनाइने गुरुङ जातिको तमु ल्होसारको पूर्वसन्ध्यामा शुभकामना आदान–प्रदानसँगै आफ्नो मौलिक संस्कृतिको प्रबद्र्धन गर्दै तिहारमा खेलिने देउसी–भैलो कार्यक्रम जस्तै खेलेने परम्परा रहेको तमु विद्यार्थी छोंज धिं जिल्ला कार्य समितिकी महासचिव ममता तमुस्योले बताइन् । तमु ल्होसारले मुप्री ल्हो (गरुड वर्ग) लाई बिदाई गदै नयाँ वर्ष सप्री ल्हो (सर्प वर्ग) को आगमनको अवसरमा शुभकामना आदान प्रदान गरि तमु समुदायमा पूर्व जानकारी गर्दै ल्होसार भित्रिँदै छ भन्ने संकेत दिइने यो साँस्कृतिक परम्परा रहेको उनी बताउँछिन् ।…

Read More